Friday, January 15, 2010

जनयुद्धको उदगम थलोमा पुग्दा


जहिले पनि फिल्ड जाने दिन हतार हतारमै हुन्छौ हामी कहिले डिभी क्यासेट आइपुग्दैन अनि कहिले खर्चको ब्यवस्थापन भइसकेको हुदैन फिल्डको सबै कार्यक्रम तयार गर्ने देखि अफिस ब्यवस्थापनले गर्नु पर्ने सबै काम पनि आफैले गर्नु पर्छ त्यसैले कुनै फिल्ड जाने कार्यक्रम भने यस्ता सम्भावित चूनौतिका लागि पहिला नै मानसिक रुपमा तयार भइसकेको हुन्थे यसपटक रुकुम जिल्ला जानु रुकुम मेरो लागि नितान्तै नयाँ जिल्ला हो  
 माओवादी जनयुद्धको उद्गम थलो भएकोले मिडियामा धेरै चर्चामा आएको यो जिल्ला जान निकै उत्सुक छु सँगै क्यामरापस्रन डोलेन्द्र कटुवाल यो फिल्ड जाँदैछन तर यस पटकको यात्राले पनि विगतकै यात्राकै निरन्तरता पायो हतार हतारमै यो यात्रा शुरु भयो हामीले हतारको यात्राका क्रममा पटक बस छुटाएका छौ एक पटक कलंकिसम्म पुगेर बस भेट्टायौ अर्का पटक काठमाण्डौबाट छुटेको हाम्रो बसलाई कन्चनपुरको महेन्द्रनगर पुगेर मात्रै भेट्यौ
धन्न यो पटक भने हामीले बस छुटाएनौ रुकुम सदरमुकामसम्म सडक यातायताले छोएको भएपनि बर्षादको समय भएकोले यातयातका साधन चलेका थिएनन ठाउँ ठाउँमा पहिरो गएको तपाईहरु माथिबाटै आउनुस रुकुममा फोन गर्दा त्याहाका साथीहरुले यस्तै सुझाव दिएका थिए माथिबाट रुकुम जान नेपालगाज पुग्नै पथ्र्याे त्यसैले हाम्रो मिसन रुकुम भएपनि हामीले नेपालगाजको लागि बसको यात्रा तय गर्नु पथ्र्याे नयाँ बसपार्कबाट पुरानो बस चढेर हाम्रो नेपालगाज यात्रा शुरु भयो पश्चिमतिरको दूरी निकै टाढा त्यसैले दिउसो १२ बजे पछि रात्रिबस चल्छन नेपालगाज फगेर प्लेनको टिकटको लागि फेरी ठूलो संघर्ष गर्नु पर्ने थियो हामीले १२।३० बजेको रात्रि बस रोज्यौ  
पट्यारलाग्दो यात्रा त्यसमाथि पुरानो गाडी अफ्ठयारो सिट यात्राको रमाइलो भन्दा पनि थकान पिडा बढी हुन्थ्यो यी सम्भावित कष्टलाई झेल्न मेरा सहकर्मी तयार थियौ कतै बन्द भएन भने भोलि विहान बजेसम्म नेपालगाज झरिन्छ बसका खलासि केहि यात्रुलाई यात्राको समय बारे जानकारी गराउदै थिए बस विस्तारै नेपाल खाल्टोबाट थानकोट हुँदै नाकढुंगाको ओरालो लाग्यो दिउँसोको समय भएकोले राजमार्गमा खासै सवारीको चाप थिएन गाडीको चाप कम देख्दा मनमा चिसो पनि पस्थ्यो कतै बन्दले गर्दा गाढीको चाप कम भएको होइन यस्तै शंका उपशंकालाई चिर्दै हाम्रो यात्रा मुग्लिन नारायणघाट हुदै नवलपरासि तिर बढ्यो नारायणघाटमा धन्न बन्द रहेन भन्दै मख्ख परेका हामी नवलपरासिको चोरमारामा पुगेर बन्दमा फसिहाल्यौ अघिल्लो दिन गाडीको ठक्करबाट तामाङ थरका एक ब्यक्ति मारिएका रहेछन् उनको परिवारलाई क्षतिपूर्तिको माग गर्दै बर्दघाटमा बन्द गरिएको रहेछ ……

No comments:

Post a Comment