Wednesday, January 27, 2010

विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ


दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य लिएपनि पानीको वहावमा कमि आए लोडसेडिङ थप बढ्न सक्ने -अब चै साच्चै नयाँ नेपाल बन्ला जस्तो छ
कान्तिपुर दैनिकका अनुसार नेपाल विद्युत प्राधिकरणले विहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ गर्ने भएको छ । यो सँगै सातामा अब ७७ घण्टा लोडसेडिङ हुनेछ । नदी र जलाशयमा जलस्तर घट्दै गएकाले विद्युत उत्पादनमा कमि आएको भन्दै प्राधिकरणले थप दुई घण्टा लोडसेडिङ बढ्ने जनाएको छ ।

प्राधिकरणले अहिले दैनिक ९ घण्टा लोडसेडिङ गर्दै आएको छ । दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य लिएपनि पानीको वहावमा कमि आए लोडसेडिङ थप बढ्न सक्ने प्राधिकरण भार सम्प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले जानकारी दिए ।

1 comment: