Sunday, May 8, 2011

पत्रकारिता केन्द्रीय विभागमा तालाबन्दी

वैशाख २०- त्रिभुवन विश्वविद्यालय अर्न्तगतको आमसञ्चार तथा पत्रकारिताको केन्द्रीय विभागमा एमए पहिलो वर्षका विद्यार्थीहरुले गरेको तालाबन्दि आज पाँचौ दिन पनि जारी छ ।।
पत्रकारिता विभाग र क्याम्पस प्रशासनले नाजायज शुल्कको बखेडा झिकी परीक्षा फराम भर्न अवरोध गरेको भन्दै नेपाल मानविकी क्याम्पसमा रहेको पत्रकारिता केन्द्रीय विभाग र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको विद्यार्थीहरुले जनाएका छन्।
पैँतालिस दिन भित्र कम्प्युटर, रेकर्डर, क्यामेरा लगायतका सामाग्री ल्याउने सर्तमाप्रति विद्यार्थी पाँच हजार चार सय रुपियाँ शुल्क उठाउने सहमति भए पनि दश महिना बितिसक्दा पनि शैक्षिक सामाग्रीहरु नआएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्।
विद्यार्थीहरुले सहमति कार्यान्वयनमा विद्यार्थी संगठन, विभागीय प्रमुख प्रवलराज पोखरेल र क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेलबीच हिजो र आज भएको वार्ता निश्कर्षविहीन भएपछि तालाबन्दीमा उत्रनुपरेको बताएका छन्। तोकिएको समयमा सामानहरु नआउँदासमेत शुल्क तिर्न बाध्य पार्नु गैरकानुनी, खेदजनक र हास्यास्पद भएको विद्यार्थीहरुको भनाइ छ।
विद्यार्थी प्रतिनिधिमूलक संस्था स्वतन्त्र विद्यार्थी युनियनको समेत सहभागितामा यसअघि शैक्षिक सामाग्री उपलब्ध नभए शुल्क नतिर्ने सहमति भए पनि स्ववियुले कार्यान्वयनमा उदासिनता देखाएको विद्यार्थीहरुको आरोप छ। साथै विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो हितविपरीत शुल्क तिर्न दबाब दिइरहेको आरोप लगाएका छन्।
उनीहरुले आफ्ना मागप्रति क्याम्पस प्रशाशन र पत्रकारिता विभागले आँखा चिम्लिए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
यसैवीच आज त्रिभुवन विश्वविद्यालय अन्र्तगतको आमसन्चार तथा पत्रकारिताको केन्द्रिंय विभागमा लगाइएको ताला खोल्ने बारे सहमती गर्न विभाग र आन्दोलनरत पत्रकारिता एमए पहिलो बर्षका विद्यार्थीहरुबीच भएको वार्ता विनानिश्कर्ष सकिएको छ ।
वार्तामा प्रशासनले शूल्क फिर्ता लिनै नसकिने अडान राखेको थियो भने विद्यार्थीहरुले सामाग्री उपयोग गर्न नपाएको अवस्थामा शूल्क तिराउनु अन्याय हुने भन्दै शूल्क खारेज गरी परीक्षा फाराम भर्न दिन माग गरेका थिए । 

No comments:

Post a Comment