Wednesday, May 25, 2011

आन्दोलनको मौसम

स्थानीय सरकारका संघ र महासंघको आन्दोलन

 बानेश्वर क्षेत्रमा नियमित आन्दोलन त चलिरहेकै थिए । सडकमा लोक गित गाउने र नाच्नेहरु थिए । सवारी साधन जाममा टि टि हर्न बजाउँदै थिए । राजधानी संगितमय बनिरहेको थियो ।





जब दिन छिप्पिदै जान्छ झण्डा तुल र व्यानार बोकेका मानिसहरु सडकमा देखिन्छन । चर्काे नारा लाग्छ नाच गानको रमाइलोले सडक पुरै छोपिन्छ । सडकमा कुद्ने सवारी जाममा पर्छन अनि राजधानीका अधिकांश सडकहरुमा सवारी व्यवस्था अस्त व्यस्त बन्छ । विगत एक साता देखि राजधानि काठमाण्डुको दैनिकी यस्तै छ । जसले आम नागरिकको दैनिकी निकै पिरोल्न थालेको छ । तर पनि यसको सुनवाई कतैबाट हुदैन र हुनेछैन । यो पक्का हो ।
राप्रपा नेपालका कार्यकर्ता पार्टीको झण्डा बोकेर उभिदै

अहिले यो आन्दोलनको उत्पादक संविधान सभा बनेको छ । समयमै संविधान बनेन राजनीतिक दलहरु सत्तको हानाथापमै रुमल्लिए । सभासद्हरु कोहि पासपोर्ट बेच्न थाले कोहि यौनकाण्ड मच्चाउनै व्यस्त रहे अनि कोहि मदिरामा लठ्ठिएर दिउसै तमासा देखाउन थाले । कोहि कुसर्ि फुटाउने अनि कपडा च्यात्दै आफना नाजायज माग पुरा गराउन उद्य्त देखिए । यस्तै यस्तै थुप्रै माहाभारतका नियमित श्रृखंला दिए यो तीन बर्षमा हाम्रा सम्माननीय सभासद्हरुले । 
एक अशक्त व्यक्ति आन्दोलनमा सहभागि हुँदै
शिव सेना नेपालको आन्दोलन
भोकै बसेर भए पनि कर्णाली जनताले संविधान बनाउन राम्रै तलव भत्ताको व्यवस्था गरेकै थिए । अनि सुस्तामा राता रात भारतीय बन्न पुगेका नेपालीहरुले पनि संविधान बने आफ्ना समस्या समाधान होलान भनेर चुप चाप सहेकै थिए । तर ती सब बेकार थिए । तीन तीन बर्षमा पनि संविधान बनेन । अव फेरी म्याद थप्ने रे । अनि जनता सडकमा नउत्रिए के गर्ने तर जनता सडकमा उत्रिदा जनतालाई नै मार परिरहेको छ ।
आन्दोलनको तस्वीर लिदै पर्यटक 

हाम्रा सभासदहरुलाई संविधान बनाउनसँग त कुनै मतलव छैन र थिएन । संविधान सभामा उनीहरुको उपस्थितीले त्यो कुरा स्पष्टै देखाँउथ्यो । त्यसैले अव संविधान निर्माणका लागि भत्ता खुवाउने गरि समय थपिनु कुनै पनि हालतमा सहि हैन । त्यसो गर्नू हुन्न जनताको चाहाना यस्तै छ । तर पनि संविधान बनाउने म्याद सकिनै लाग्दा दवावका स्वरहरु सडकमा पोखिन थालेका छन् । परिणामस्वरुप राजधानी फेरी आन्दोलनमय बनेको छ ।
सरकारले संविधान सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरको छ । तर पनि नयाँ बानेश्वर क्षेत्रमा अहिले दिनहूँ आन्दोलन गर्ने धर्ना दिने र दवाव दिनेहरुको संख्या बढीरहेको छ ।

आ आफनै माग र आ आफनै मुद्धा लिएर आन्दोलन गर्नेहरुको संख्या बढ्दै जाँदा अहिले सडकमा आन्दोलन गर्नका लागि पनि पालो पर्खनु पर्ने अवस्था आएको छ । आज एकै दिन जेठ ११ गते करिव करिव उस्तै समयमा राजधानीमा राप्रपा नेपाल शिव सेना नेपाल स्थानीय सरकारका संघ र महासंघहरुको आन्दोलन सडकमा निस्किए । बानेश्वर क्षेत्रमा नियमित आन्दोलन त चलिरहेकै थिए । सडकमा लोक गित गाउने र नाच्नेहरु थिए । सवारी साधन जाममा टि टि हर्न बजाउँदै थिए । राजधानी संगितमय बनिरहेको थियो । बाँच्नु मात्रै पर्छ यो संसारमा यस्ता धेरै कुरा देखिन्छन भन्थे हो रैछ ।

2 comments:

  1. AnonymousMay 25, 2011

    सडकमा लोक गित गाउने र नाच्नेहरु थिए । सवारी साधन जाममा टि टि हर्न बजाउँदै थिए । राजधानी संगितमय बनिरहेको थियो । bro writing ta sup pop 6 yar

    ReplyDelete
  2. AnonymousJune 04, 2011

    bro story dami 6 . keep it up

    ReplyDelete