Thursday, August 19, 2010

जनमतसंग्रह उत्तम विकल्प:पूर्वयुवराज पारस


अहिलेको राजनीतिबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यो मेरोभन्दा पनि नेपाली जनताको कुरा हो । नेपाली जनता अहिलेको राजनीतिप्रति सन्तुष्ट छन् भने म पनि सन्तुष्ट छु । जनता खुसी छन् भने म पनि खुसी छु । राजनीति जनताका लागि गर्ने हो र यसले जनतालाई सन्तुष्ट बनाउनुपर्छ । त्यसैले यो जनतालाई सोध्ने प्रश्न हो ।

देशमा अन्योलको स्थिति छ । चारपटकसम्म प्रधानमन्त्रीको चयन भएको छैन । यसलाई कसरी हेर्नुभएको छ ?
हामी संसदीय प्रणालीमा छौँ । यो प्रणाली आफैंमा नराम्रो होइन । यस प्रणालीमा मतदान र बहुमतको कदर हुन्छ । तर, यतिवेला हामी दुईवटा शासन-प्रणालीको बीचमा छौँ । एकातिर लोकतान्त्रिक शासन-प्रणाली अपनाएको ठूलो छिमेकी देश छ भने अर्कोतिर कम्युनिस्ट शासन-प्रणाली अपनाएको अर्को विशाल छिमेकी देश छ । हामी दुई ढुंगाबीचको तरुलको अवस्थामा छौँ ।
हाम्रो छिमेकमा रहेका यी दुवै देशले नेपालमा आफ्नो स्वार्थ हेर्छन् नै । आप\mनो फाइदाका लागि उनीहरूले खेल्न खोज्छन् । तर, हामीले दुईवटा प्रणालीलाई बीचमा राखेर जानुपर्छ र उनीहरूको स्वार्थभन्दा पनि हाम्रो स्वार्थ खोज्नुपर्छ । दुईवटा प्रणालीलाई बीचमा राखेर अघि बढ्यौँ भने देश अघि बढ्छ । अहिलेको अवस्थामा नेपालमा एकीकृत सरकार आवश्यक छ । यस्तो सरकारले नै दुईवटा प्रणालीलाई बीचमा राखेर अघि बढ्न सक्छ

अन्योलको निकास अब कसरी होला त ?
मैले भनेँ नि, हामीले दुईवटा सिस्टमलाई मिलाएर जानुपर्‍यो । यसो गर्न सकेनौँ भने हाम्रो देश विदेशीहरूको स्वार्थमा प्रयोग हुन सक्छ । उनीहरूले आफ्नो प्रणाली अर्काको देशमा प्रयोग गर्न खोज्छन् । आफ्नो स्वार्थ अर्काको देशमा प्रयोग गर्न खोज्दा यसले देशमा गृहयुद्ध निम्त्याउन सक्छ । त्यो बाटोमा हामी जानैहुँदैन । द्वन्द्वको बाटो हामीले खोज्नुहुँदैन । त्यसकारण यी दुईवटा सिनारियोलाई गम्भीर रूपले नियाल्नुपर्छ । हामीले आफ्नो स्वार्थको रक्षा गर्न गम्भीर गृहकार्य गर्नुपर्छ । कुनै कारणले हामी गृहयुद्धमा गयौँ भने यसमा उनीहरू (छिमेकी) ले नै खेल्छन् । त्यो मौका दिनुहुँदैन । उनीहरूले नेपाललाई प्रयोग गर्न खोजेका छन् । त्यसकारण यो अवस्था हामीले नै रोक्नुपर्छ ।

तपाईंले राजनीतिमा प्रत्यक्ष संलग्न हुने सोचाइ बनाउनुभएको छ कि ?
राजनीतिमा प्रत्यक्ष संलग्न हुने मेरो सोचाइ छैन । तर, राजनीतिमा हरेक नागरिकले चासो राखेकै हुन्छन् । नचाहेर पनि चासो भइहाल्दोरहेछ ।

तपाईंका ज्वाइँ राजबहादुर सिंह हालै एउटा पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँले यस विषयमा तपाईंसँग केही सल्लाह गर्नुभएको थियो ?
उहाँ पार्टीमा प्रवेश गरेको मलाई केही थाहा थिएन । समाचारमा आएपछि मात्र थाहा पाएको हुँ ।

उहाँ त्यसरी प्रवेश गर्नु हुँदैनथ्यो भन्ने तपाईंलाई लाग्छ ?
त्यो उहाँको कुरा हो । यसमा मैले के भनुँ ?

तपाईं पनि कुनै पार्टीविशेषसित नजिकिनुभएको त छैन ?
अहिले देशमा संक्रमणकालको स्थिति छ । मेरो त्यस्तो कुनै योजना छैन । (मैले) पार्टीमा प्रवेश गर्ने समय आएको छैन । संविधान बनेको छैन । कस्तो संविधान बन्छ त्यो हेर्न बाँकी नै छ । संविधान बनेपछि के गर्ने त्यो त्यसपछिको कुरा हो ।

नेपालमा राजसंस्थाको अन्त्य हुनुमा तपाईं के कारण देख्नुहुन्छ ?
यसमा धेरै कारण छन् । हामीलाई एक्ल्याइयो । नेपालभित्रको समस्या नेपालबाटै समाधान हुनुपथ्र्यो । नेपालको समस्यालाई बाहिरबाट समाधान गर्न खोजियो । नेपाली-नेपाली मिलेर नेपालको समस्या समाधान गर्नुपथ्र्यो भन्ने मेरो भनाइ हो ।

यसमा राजसंस्थाको पनि केही त कमजोरी रह्यो होला नि, होइन र ?
तपाईंले भनेको सही हो । राजसंस्था जानुमा राजसंस्थाका पनि धेरै कमजोरी छन् र यसमा राजसंस्थाका पनि ठूला-ठूला गल्तीहरू छन् । हामी जुन परम्परा र प्रविधिमा चलेका थियौँ, त्यो सीमित व्यक्तिहरूको पहुँचमा मात्र थियो । उनीहरूले हामीलाई घेरेका थिए । हामीलाई जनतामा जान दिइएन र जनताको कुरा सुन्नै पाइएन । जनतालाई पनि हाम्रो पहुँचमा आउन दिइएन । यो एकदमै पुरानो परम्परा थियो । हामी त्यो घेरा तोडेर सोझै जनतामा जान सकेनौँ र जनता पनि हामीसँग आउन सकेनन् । सीमित व्यक्तिहरू हामी र जनताबीच पर्खाल बने । हामीले त्यो घेरा ब्रेक गर्नुपथ्र्यो भन्ने मलाई लागिरहेको छ । त्यो पुरानो परम्परा अब काम लाग्दैन । त्यो त्यतिवेला काम लाग्थ्यो होला । त्यसकारण पुरानो परम्परा र प्रविधि तोड्नुपर्छ ।

उसो भए, अहिलेचाहिँ तपाईं जनतामा जान खोज्नुभएको हो ?
मैले भनेँ नि, जनता र हामीबीचको पुरानो घेरा र प्रविधि अब तोडिनुपर्छ । हामी जनतामा जानुपर्छ ।

के राजसंस्था फेरि र्फकन सक्ने देख्नुहुन्छ त ?
यो जनताको कुरा हो । जनताले चाहे भने जे पनि हुन सक्छ । जनता चाहन्छन् भने राजसंस्था र्फकन सक्छ । यो कुरा मैले वीरगन्जमा पनि भनेको हुँ । मुलुकलाई कस्तो प्रणाली चाहिन्छ त्यसको निर्णय जनताले गर्नुपर्छ ।

जनता के चाहन्छन् भनेर कसरी थाहा पाउने ? जस्तो कि राप्रपा नेपालले राजसंस्थाको विषयमा निर्णय गर्न जनमतसंग्रहमा जानुपर्छ भनिरहेको छ, यसमा के भन्नुहुन्छ ?
त्यो पनि एउटा व्यावहारिक विकल्प हुन सक्छ । जनताको निर्णय बुभ\mन विभिन्न विकल्प छन् । सबैभन्दा व्यावहारिक र उपयुक्त विकल्प जनमतसंग्रह हुन सक्छ । तर सर्वोच्च निर्णय जनताको हातमा छ ।

अचेल दिन कसरी बिताइरहनुभएको छ ?
यस्तै चलिरहेको छ । पत्रपत्रिका पढ्छु । साथीभाइहरूसँग कुराकानी र भेटघाट भइरहन्छ । अहिले मलाई देशको बारेमा चिन्ता छ । देश अघि बढोस् भन्ने मेरो चाहना हो ।

अब सिंगापुर कहिले जानुहुन्छ ?
तत्काल सिंगापुर जाने कार्यक्रम छैन । एक-दुई हप्ता यहीँ बस्छु ।

तपाईंको दाम्पत्यजीवन कस्तो चल्दै छ ? श्रीमान्-श्रीमतीबीच राम्रो सम्बन्ध छैन भन्ने चर्चा मिडियामा चलिरहन्छ नि ?
होइन, एकदम राम्रो सम्बन्ध छ । तपाईं फेरि आउनुहोस् हामी दुईजना सँगै बसेर तपाईंलाई अन्तर्वार्ता दिउँला नि । आज (आइतबार) बन्दको दिन भएर केटाकेटी पनि पढ्न गएका छैनन् । अहिले हामी सबै सँगै छौँ । एकदम खुसी छौं ।

पूर्वराजा तपाईंसँग सन्तुष्ट हुनुहुन्छ भन्ने पनि समाचार वेलावेलामा आउने गर्छन्, सत्य के हो ?
स्तो हुँदै होइन । बुबासँग दिनमा दुई-तीनपटक भेट हुन्छ । आज मात्रै तीनपटक भेट भइसक्यो । मसँग उहाँ एकदम खुसी हुनुहुन्छ । मिडियामा हाम्रो सोझै पहुँच हुँदैन । दोस्रो व्यक्ति या तेस्रो व्यक्तिबाट हाम्रो विषयमा समाचार जाने गर्छ । उनीहरूले पनि आप\mनो स्वार्थ हेरिहाल्छन् । पहिलो व्यक्तिबाट दोस्रोमा जाँदा र दोस्रोबाट तेस्रोमा जाँदा धेरै कुरा फिल्टर हुँदै जान्छन् र पत्रपत्रिकामा यस्ता समाचार आउँछन् । त्यसकारण मिडिया र हामीबीचको पर्खाल पनि अन्त्य होस् भन्ने मेरो चाहना छ ।

अहिले तपाईंको स्वास्थ्यस्थितिचाहिँ कस्तो छ नि ?
स्वास्थ्यस्थिति एकदम राम्रो छ । समस्या केही छैन ।

चुरोट र बियर कत्तिको पिउनुहुन्छ ?

चुरोट त पिउँछु तर बियर पिउँदिनँ भने पनि हुन्छ । कहिलेकाहीँ त्यस्तै नखाइनहुने स्थिति भयो भने अलिकति खान्छु । तर, मैले छोडिनै सकेँ भन्दा हुन्छ ।

आगामी योजनाहरू के छन् ?
खासै त्यस्तो केही छैन । एक-दुई हप्ता यतै बस्छु । मलाई के लाग्छ भने अब हामीले भावी पुस्ताका लागि केही न केही काम गर्नुपर्छ । समय थोरै छ तर अझै बिगि्रसकेको छैन । अब हामी देशका निम्ति लाग्नुपर्छ भन्ने मलाई लाग्छ । अब हामी पार्टीभन्दा माथि उठ्नुपर्‍यो । एउटा नेपाली र अर्को नेपाली सँगै भएर काम गर्नुपर्‍यो र त्यो काम नेपालका लागि गर्नुपर्‍यो ।

नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालको भविष्य उज्ज्वल छ । तर देशलाई हाँक्ने सक्षम व्यक्ति हुनुपर्‍यो । नेपाल हाँक्ने एकजना मान्छे चाहियो । जसले राम्ररी हाँक्न सकोस् । सिंगापुरले ४५ वर्षमै धेरै विकास गर्‍यो, त्यो पनि एकजना व्यक्तिको भरमा । त्यस्तै व्यक्ति नेपालमा भए छोटो समयमै देशलाई अघि बढाउन सक्छ ।

सक्षम नेता चाहियो भन्न खोज्नुभएको हो ?
नेताभन्दा पनि देश हाँक्ने सक्षम व्यक्ति चाहियो भनेको हुँ ।

देशमा अब बन्ने संविधान कस्तो होस् भन्ने चाहनुहुन्छ ?
संविधान निर्माण हुनुपर्ने समय अब दस महिना मात्र बाँकी छ । यो दस महिनाभित्र बन्ने संविधान नेपालीको हुनुपर्‍यो र नेपालीले स्वीकार गर्ने हुनुपर्‍यो । जनतामा अनमचयन र खुसी आओस् भन्ने हाम्रो चाहना हो ।

10 comments:

  1. पारस शाहको यो अर्न्तवाता पढ्दा ज्यादै खुसी लाग्यो । अन्योलको वातावरणमा हिडिरहेको यो देशको अवस्थालाई हर्ेदा देशमा एउटा असल नायक को खाँचो छ । नेपालका सोझा जनतालाई झुक्याउने ६०१ अपराधि भन्दा राजसस्था नै ठिक छ । हो साचिकै प्रजातान्त्रिक मुलुकमा जनमत संग्रह गर्‍यो भने उचित होला ।

    ReplyDelete
  2. हरेक नेपाली रगतमा आफ्नोपन हुनुपर्छ,
    त्यों आफ्नोपन प्रत्येक नेपाली मुटुभित्र
    नेपाल र नेपालीका निम्ति हरपल
    हरक्षण धड्किनुपर्छ |
    जय मातृभूमि नेपाल |

    ReplyDelete
  3. Paras should not still try to lead the country but if he is so positive and balanced he can again be the revered king of Nepal but jsut a cultural one. People will evaluate and criticize political leaders but not Paras, he looks really tackful in this matter. If he starts criticizing them he himslef will come to contension. I favor monarchy for watching but neer for reigning us. Thanks

    ReplyDelete
  4. dherai ramro antarbarta diye6n yubaraj parash le timi awaj uthau parash janata timro pakchyama badhi 6n. nepali itihash ra nepali janata ko valai kalagi nepalma raj tantra hunun awsyak6..........

    ReplyDelete
  5. पूर्वयुवराज कालो पाइन्ट र कालो टिसर्टमा थिए ।

    khai paint ta seto po dekhe maile ta..hehe

    ReplyDelete
  6. very good interview.thanks paras.ahileka neta bhanauda le desh lai kehi ramro garne lakshan daekhiyana.rajtantra sudhriyara aunu paryo hami samarthan gar6au.purano saili chhodnu par6

    ReplyDelete
  7. ani desh ramro banauna rajshastha nai kina aaunu paryo ra. aaferi kina raja hune aash garnu hunchha, paras. janata le chayo bhane rajsastha aauchha nabhannus. aaba hamilai raja bhannu chaina bhannus hai. sakinchha bhane ramro neta bhannus, leader bhannus, business man bhanera desh ko ramro garnus.......

    ReplyDelete
  8. MERO BICHAR MA NAYA PATRIKA KA PATRAKAR BHUBAN SHARMA LE PURBA YUVARAJ PARASH SHAH SANGA JUN INTERVIEW LINU BHAYO YEKDAM SARAHANIYA CHHA. BHUBAN SHARMA LAI DERAI DHERAI DHANYABAD CHHA. PURBA YUVARAJ PARASH SHAH LE DINU BHAYEKO INTERVIEW DHERAI RAMRO CHHA. RAJ SANSTHA AFAI MA NARAMRO HOINA. 1/2 JANA CHOR FATTA LE GARDA YESTO HUNA GAYEKO HO. RAJ SANSTA LE DESH KO AHIT HUNE KAM TA KEHI PANI GAREKO CHHAINA. AHILE KO KUNAI PANI NETA HARU LAI HERNUS DESH BHAKTA BHANNE KUNAI MA CHHAINA.KHALI KURCHI KO LAGI LADI RAHEKO CHHA. KASARI HUNCHHA 7 AU PUSTA SAMMA LAI PUGNE GARI PAISA KAMAUNE MA DHYAN CHHA. DESH BANAUNE, JANTA LAI SWASTHYA, SICHHYA RA ROJGARI KASARI DINE RA MAHANGI KASARI CONTROL GARNE BHANNE MA YI NETA HARU KASAIKO DHYAN GAYEKO CHHAINA. AHILE YI NETA HARU LE GARDA DHANI RA GARIB KO KHADAL YETI FARAKILO BANAIDIYO, DURPIN LAGAYERA HERE PANI NADEKHINI BHAYEKO CHHA. BHARAT LE NEPAL KO TARAI KO LAGBHAG SABAI JILLA MA PARNE SIMANA MICHDAI AAIRAHEKO CHHA. SIMA MA BASNE NEPALI LAI BHARAT LE UTHIBAS BANAYEKO GHADI MA NETA DEKHI JANTA SABAI YEK BHAERA MUKABILA GARNE ABASTHA AAYEKO CHHA. TARA NETA HARU BHARAT KO CHAKADI GARNA MA NAI THIKKA CHHA.KUNAI PANI NETA MA DESH BHAKTA BHANNE KEHI CHHAINA. HAMRO GARIBI PAHILA RAJSANSTHA HUDA JASTO THIYO AHILE PANI USTAI CHHA. KUNAI FARAK CHHAINA. RAJSANSTHA HUDA TA SHANTI THIYO, CHORI, DAKAITI YEKDAM KAM THIYO. AHILE TA KHULAMKHULA CHORI, DAKAITI, BHARASTCHARI BADEKO CHHA.RATI 8 BAJE UTA BATO MA HIDNA SAKIDAINA. BHARASTACHARI NETA HARU LE AHILE SAMMA SARKAR BANAUNA SAKEKO CHHAINA.SABAI PAISA MA BIKEKO CHHA. YESTA NETA LAI THIK BANAUNA HAMI SABAI JANTA YEK HUNE ABASTHA AAYEKO CHHA.

    ReplyDelete
  9. पारश जी को कुराहरु राम्रो लाग्ओ ! देश हाक्नी राम्रो मान्छे हुनुपर्छ , कताई हाम्रो नेपाल पनि सिंगपुर जस्तो हुन्छ्की ?
    खोई के बंलार ! सबै नेता हरू कुर्ची को लगी मात्र मरिहत्ये गरेको मात्र सुनिन्छ ,

    काजी गोदार
    हल दोहा कातर

    ReplyDelete
  10. yo interwiew sunda paras katai pahilako bhanda sudhriyako po ho ki bhan bhayo.hunalai yo unko rananitik kutniti pani huna sakchha.herau abako unko plan ke hunchha.patrakar mitra le darbar hatya kandako barema aru thap kura sodhnu bhayako chha ki bhani padheko tyo chanhi payiyana.

    ReplyDelete