Saturday, November 26, 2011

स्टिभ जब्स र नेपाली मिडिया

स्टिभ जब्स असाध्यै राम्रा मान्छे हुन। उनले प्रविधिको विकासमा दिएको योगदानको तुलना जो कोहि सँग हुन सक्दैन। त्यसैले म पनि उनको जर्वजस्त फ्यान हुँ। उनी जिवितै छँदा नेपाली मिडियामा खासै छाएनन्। एक दुई सूचना र प्रविधिका लेखहरु बाहेक जब्सको कतै चर्चा भएन। कतिपयलाई त एप्पलको संस्थापक जब्स पनि हुन भन्ने सम्म पनि थाहा थिएन होला।
तर जब स्टिभ जब्सको मृत्यु भयो त्यसपछि भने उनको बारेमा नेपाली मिडयाले चाहिने भन्दा बढी हल्ला गर्‍यो। जब्स यस्ता, उस्ता आदी इत्यादि लेख्यो। मानौ अव यो संसारमा प्रविधिको विकास नै रोकिने छ। यहि शैलीमा नेपाली मिडिया अहिले पनि जब्सका बारेमा समाचार लेखिरहेका छन्। मिडियामा जब्सको बारेमा लेख रचनाको बाढी नै आयो।

उनी बाचेको समयमा नेपाली मिडिया सायद सुतिरहेका थिए। त्यसैले उनका बारेमा त्यति धेरै जानकारी नै आएन। जब उनी मरे तव नेपाली मिडिया उनको योगदानको माहाभारत पढेर थाकेका छैनन्। बाचुन्जेल देखेके नदेख्यै गर्ने अनि मरे पछि सम्पूर्ण शब्द भण्डार रित्तयाएर वाहा बाहि गर्ने यो परम्परालाई नेपाली मिडियाले आफनो ट्रेन्ड नै बनएको छ। यसले मिडियाको लोकप्रियता बढाउँछ मि घटाउँछ यो सोच्ने काम भने तपाईहरुलाई नै छाडे ।

No comments:

Post a Comment