Friday, November 25, 2011

फेसबुकमा राप्रपा नेपाल





आफना गतिविधिको जानकारी दिन अव नेपालका राजनीतिक दलले समेत सामाजिक संजाल फेसबुकको प्रयोग गर्न थालेका छन् । यो काममा राप्रपा नेपाल सबैभन्दा पहिलो बनेको छ । यसले फेसबुकमा आफनो पेज बनाएको छ । www.facebook.com/rppnepal  का नाममा बनाइएको उक्त पेजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अर्का नेता पद्मशुन्दर लावतिको तस्विर राखिएको छ ।

यो ब्लग तयार गर्दाको समय मंसिर ९ गते बेलुका ८ बजेर ४५ मिनेटसम्म एकहजार बत्तिस जनाले यो पेजलाई लाईक गरेका छन् । यो समयसम्म एकसय चार जनाले यो पेजको बारेमा कुरा गरेका छन् । राप्रपा नेपालले गरेका विभिन्न गतिविधिलाई तस्विर सहित यो पेजमा राखिए छ । 
यसबाहेक राप्रपा म्याग्दीको नाममा समेत एउटा छुट्टै पेज फेसबुकमा देख्न सकिन्छ । यसमा कमल थापा पनि साथी छन । प्रोफायलमा उनकै तस्विर राखिएको छ । जसमा लेखिएको छ -Those who believe in democracy and its norms and values can join with us as friends.............It's the time of being united...........all the rightists group.........




मुलुकका प्रमुख दलहरुको वेभसाइट अपडेट नभएको थुप्रै समय वितिसकेको समयमा राप्रपा नेपालले सामाजिक संजालको माध्यामबाट आफना गतिविधि सार्वजनिक गर्नुलाई सकरात्मक नै मान्नु पर्छ । लिविया र इजिप्टमा सरकार विरोधी आन्दोलनमा फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालको प्रयोगले सहयोग गरको समाचारबाट राप्रपा नेपाल पनि प्रभावित भएको हुनु पर्छ । दलहरुले ँसंविधान सभाको म्याद थपको तयारी शुरु गरेपछि यसको विरुद्ध राप्रपा नेपालले घोषणा गरेको आन्दोलनका बारेमा जानकारी दिन राखिएको पर्चामा समेत यसले आफनो फेसबुक पेजको ठेगाना राखेको छ । 

No comments:

Post a Comment