Monday, August 6, 2012

युवासंघको गाइजात्रा

विहानै विद्यालय जाने नानीहरु आज दाईहरुले जात्रा देखाए पछि
११ बजे विद्यालय जाने तयारी गर्दै रानीपाखरी अगाडी
राजनीतिक दल जनता प्रति उतरदायि हुन्छन् । नेताहरु जनता प्रति वफादार हुन्छन् तब न मूलुकले प्रगति गर्छ । तर जुन देशका राजनीतिक दल र नेताहरुले नैतिकता पोलेर खाइसकेका छन् । त्यस्ता नेताहरुबाट जनता सींगो मूलुकले के अपेक्षा गर्ने । केहि दिन अघि गाइजात्रा महोत्सव मनाएको राजधानी अहिले हास्यकलाकारको सप्ताहव्यापि जात्रा हेरेर हाँसिरहेका छन् । फेरी एमालेको युवा संघले अर्को  जात्रा शुरु गरेको छ आइतवार देखि । तर यो गाइजात्राले राजधानीवासिलाई हसाएन बरु रुवाएको छ ।
विहान ६ देखि १० बजेसम्मको सावारी साधन बन्द गर्ने कार्यक्रमले विद्यालयमा पठनपाठन संचालन गर्न समस्या परेको छ । जसलेगर्दा यी बालबालिकाले विद्यालय जान पाएनन ।

११ बजे विद्यालय गएर के पढने ? सरकारलाई दबाबदिने नाममा यसरी हजारौ कलिला बालबालिकाको भवष्यमाथि खेलबाड गर्ने अधिकार युवासंघलाई कस्ले दियो ?एमाले जस्तो जिम्वेवार पार्टीको भातृसंगठनको यो गाइजात्रा अझै दुई दिन चल्ने छ । तर यसका बारेमा कस्लाई चिन्ता ? नेताका छोरा छोरी त विद्यालयमा पढने छैनन होला उनीहरुलाई केको चिन्ता ?
आजसम्म त राजधानीमा मात्रै चलेको यो जात्रा भोलि देखि २ दिनसम्म देशभरी चल्ने रे । तिम्रो गाइजात्रा मैले हेर्न सकिन यी कलिला नानीहरुको भविष्यमाथि खेलवाड गर्ने तिमी जस्ता युवा नेताबाट यो देशले के अपेक्षा  गर्ने ?

No comments:

Post a Comment