Monday, August 20, 2012

नाममा के छैन ?

यो संसारमा नाम विनाको केहि छ मलाई त सम्झना छैन ।               तपाईलाई थाहा छ ?
नामको कुरा गर्दा विगत एक महिना देखि म कृषि क्षेत्रलाई जनाउने एउटा राम्रो नामको खोजीमा छु । मनमा आएका जति नाम टिपोट गरियो साथीहरुबाट सल्लाह लिइयो । सामाजिक संजालमा नाम सुल्झाउन साथीहरुलाई अनुरोध गरियो । केहि साथीहरुले सुझाव पनि दिएका हुन तर ती कुनै नाम खोजेको जस्तो भएनन् । केहि नाम मन परेका थिए तर पनि चाहेको कामका लागि त्यो नाम राख्न मिलेन । 

राम्रो शब्दको छनौट अर्थपूर्ण र केहि पृथक सायद धेरैले नाम खोज्दा यस्तै कुरालाई ध्यान दिन्छन् । सायद मैले पनि यहि कुरालाई ध्यान दिन्छु । तर अहिले अलि र्झरो  र परम्परागत शब्दको खोजी गर्दैछु म । एक महिना वित्यो तर अहिलेसम्म त्यो नाम जुरेको छैन ।
मलाई लाग्छ नाममा के छैन सम्पूर्ण कुरा छ । मलाई सबैले चिन्ने मेरो नामले हो । मानिस मात्रै होइन सजिव र निर्जिव सबैको आआफ्नै नाम छ । त्यसैले सबैको आफनै परिचय छ । नत्र मान्छे भन्दा जसरी समग्रमा चिनिन्छ । नामले मान्छेलाई त्यो समग्रताबाट वैयक्तिक बनाउछ । सायद त्यसैले होला सबैले सबैले नामलाई यत्तिको महत्व दिएका । यो संसारमा नाम विनाको केहि छ मलाई त सम्झना छैन । तपाईलाई थाहा छ ?

No comments:

Post a Comment