Sunday, July 1, 2012

जनता यस्तो चाहान्छन नेता ज्यू [Leader]

तेह्रथुमका 'सोम खनाल' ले एमालेका नेता तथा जनजातीका नेता " बिजय सुब्बा " लाई अनलाइन खबरमा लेख्नुभएको पत्र

बिजय सुब्बा ज्यू,

नमस्कार । तपाईले मलाई नचिन्नु स्वाभाबिक छ,तर म तपाईलाई चिन्दछु किनकि तपाईलाई तेह्रथुमबाट चूनाव जिताउन भोट दिने मात्र हैन अहोरात्र खटेर भोट माग्दै गाउ गाउ डुल्ने अभागि “शासक” बाहुन हु म । मैले जुनबेला तपाईलाई कुनै जात या थर नसम्झी भोट खसाल्दै थिएं, ठिक त्यहि बेला मेरा जातका मात्र हैन मेरै नाता भित्रका डोलेश्वर गौतमको जमानत जफत हुदै थियो । तर मैले त्यसको किमार्थ चिन्ता गरिन किनकि तपाई र मेरो बर्गिय नाता जातिय नाता भन्दा कता हो कता नजिक थियो । तपाईले जित्दा मैले आफै जिते जसरी खुशी मनाएको थिए । हुन त तेह्रथुमका जनताले आज सम्म कुनै पनि गैर लिम्बु सभासदको मुख देख्न पाएका छैनन् तथापि त्यहाका बाहुनहरूलाई कुनै पछुतो थिएन र छैन पनि । मैले तपाईकाबारेमा जाने बुझेको कुरा गलत हैन भने तपाई पनि उही म्याङलुङ्गे तुम्बाहम्फे कुलको पुत्र हुनुहुन्छ जसका जिल्लाका धेरै गाउहरूमा अध्यापी कयौ धन्सारहरू छन्  

जहा गरीब किसानहरू मंसीरको पहिलो फसल दाखिल नगराई न्वागी सम्म खादैनन् । तपाई मैले कुरा बुझ्ने हुदा अर्थात २०४६ सालपछिको तेह्रथुमको शासक जस्तै हुनुहुन्छ, तर अहिले गाउ गाउका सोझा गरीब छेत्री बाहुन र दलित हरूमा शासक को अनुहार खोज्दै हिड्नुभाछ रे भन्ने सुन्दा छक्क परेको छु । तपाई भन्दा अघि बिष्णुकुमार तुम्बाहाम्फे र तुलसी सुब्बाहरूको शासन थियो तेह्रथुममा भने यता मेरो गाऊमा ललित बहादुर सोदेम्बा “राजा” जस्तै थिए । तपाई हामीलाई लिम्बुवान छेत्रमा अतिक्रमण गरेर बस्न
आएका परजीबी भन्ठान्नु हुदोहो, तर इतिहासले त्यस्तो बताउदैन । हाम्रा जिजुबाजेलाई पृथ्वीनारायण शाहले जबरजस्ती पाल्पा राज्यबाट घोक्र्याएर तत्कालिन किरात को अनकन्टार जंगलमा बस्न हुकुम दिए । बाध्य भएर हाम्रा पुर्खाहरु जंगलमा खेत बारी बिराएर गाउ स्थापना गरेर स्थानिय लिम्बुहरूलाई सुब्बा मानी ईज्जत दिएर बसे जुन अहिले सम्म दिएकै छन् ।

तपाईलाई याद होला पन्चायतकालमा परशुराम खापुङलाई कसरी सारा छेत्री बाहुन सहितका मतदाताले छानेर जनपछिय माननिय बनाएका थिए । तर पछि उनी मन्त्री हुन पुगे र जनता बाट फुत्किएर सामन्ती राजाका पाउमा पसारो परे । त्यस पछि तपाईलाई काधमा बोक्ने हामी नै हौं । अहिले तपाई पनि तेह्रथुमेहरूको भावनामा लात मारेर प्रचन्डको फरक किसिमको सामन्ति चंगुलमा समर्पित हुदै हुनुहुन्छ । यसरी हेर्दा तेह्रथुमे लिम्बू नेताहरूले जनतालाई सधै धोका मात्र दिए भन्न पनि सकिएला तर हामी त्यसो भन्ने छैनौं । तपाई हेर्दै गर्नु होला त्यहि तेह्रथुमको माटोबाट अर्को स्वाभिमानि लिम्बुको छोरो तेह्रथुमेको भावना बोक्ने नेता भएर निस्कने छ र उसलाई पनि हामी उसै गरि सहर्स भोट दिएर जिताउन मरि मेट्नै छौं जसरी तपाई प्रति मरि मेटेथ्यौ। किनकि तपाईले जे देखिरहनु भएको छ, त्यो सत्य हैन, तपाईको द्रिष्टी दोष हो, भ्रम हो । 

तेह्रथुमका अधिकांस गाउहरुको जस्तै मेरो जन्मस्थानको नाम पनि लिम्बु भाषामा छ तर म सारा संसारले सुन्ने गरी भन्न सक्छु कि यो पृथ्वीमा मेरो लागि सबै भन्दा प्यारो ठाउ त्यहि हो । भन्नुको मतलब हामी तमाम जनजाती संग एकाकार भएर बसेका समुदायलाई तपाईको अल्पज्ञानको सिमानाले छुट्ट भिन्न गर्न सक्ने छैन । तपाई आङकाजी शेर्पाहरू संगै सति जानुस् र अर्को लिम्बु नेतालाई राजनितिको मैदान खोलिदिनुस् । अहिलेलाई यती

-सोम खनाल
तेर्हथुमका 

साभार:  onlinekhabar.com

No comments:

Post a Comment