Tuesday, July 31, 2012

यातयात व्यवस्था कार्यालयको सास्ति

मिती २०६९ साउन १५ गते सोमवार

स्थानः यातयात व्यवस्था कार्यालय
समयः मध्यान्ह १२: ३० बजे 


सावरीकर तिर्ने र लाइसेन्सको नविकरण गर्ने वेला भइसकेको थियो । फुस्रद नमिलेर तिर्न जान भ्याएकै होइन । यी दुवै कामका लागि माथि उल्लेखित मितीमा साइत जुर्यो । साथी आर। आर। को पनि लाइसेन्स नविकरण गर्ने बेला भइसकेको रहेछ । दुबैजनाले सल्लाह गरेर यातयात व्यवस्था विभाग हिडियो । यातयात व्यवस्था विभागमा हुने अनियमितता र ढिलासुस्तिका बारेमा केहि जानकार हुँदा हुँदै पनि हामी त्याहाँ मध्यान्ह  १२: ३० बजे मात्रै त्याहाँ पुग्यौ । पार्किङमा मोटरसाइकल रोक्नासाथ दलालले हामीलाई घेरे । ल दाई के काम गर्ने हो मिलाएर गरिदिन्छौं प्रायः सबैदलालहरु यस्तै अफर दिइरहेका थिए । हामी उनीहरुका कुरा सुनेको नसुनै गरि यातयात बेबस्था कार्यालय भित्र छिर्यौ । साँढे एक बजेसम्म मात्रै लाइसेन्सको नविकरण हुने रहेछ । हामीले दलाल नलगाई काम गर्ने निधो गर् यौ । आर. आर. जीलाई फारम बुझाउने लाईनमा राखेर म फारम लिन गए । यसपछि शुरु भयो सास्ति । 
एउटा लाईसेन्स नविकरण फारमको दुई रुपैयाँ पर्दोरहेछ । मैले दुईवटा नविकरण फारम मागे अनि पाँच रुपैयाँ दिए । फारम दिने कर्मचारिले खुल्ला छैन भन्दै एक रुपैयाँ फिर्ता गरेनन् । खुल्ला पैसा नलिइ सरकारी कार्यालय आएर मैले गल्ति गरे त म सोच्दै थिए । अर्का एक व्यक्तिले एउटा फारम मागे र उनले पनि पाँच रुपैयाँ दिए । ती कर्मचारीले उनलाई पनि मलाई दिएकै जवाफ दिए । याहाँको त यो रेडिमेड जवाफ पो रहेछ । अब खुल्ला पैसा खोज्न कता जाने फारम बुझाउने समय ढल्किदै थियो । मैले त्यो एक रुपैया छाडिदिए । नजिकै रहेको अर्काे टहरोमा गएर हुलाक टिकट किने । फारममा मेडिकल जाँच गराउनु पर्ने फारम पनि रहेछ । गेटमा रहेको स्वास्थ्य परिक्षण लेखिएको ठाउँमा गएर फारम दिए । फारम भरेर आउनुस भन्ने जवाफ पाए । करिव एक बजिसकेको छ । दौडदै आर आर जी भएका ठाउँमा पुगे । उनी त फारम बुझाउने ठाउँमै पुगीसकेका रहेछन । लाईन छाडेर फारम भर्न थाल्यौ । छेवैमा २ वटी केटी बसिरहेका थिए । तपाईहरुले भ्याउनुहुन्न । साँढे एक बजे काउन्टर बन्द हुन्छ भन्दै हामीलाई विचलित गराउन खोज्दै थिए । उनीहरु दलाल प्रतिनिधि रहेछन् पछि थाहा भयो ।
हामी आफैले फारम भर् यौ । अब स्वास्थ्य जाँच गराउने ठाउँमा पैसो तिर्ने पालो । फारम लिएर म काउन्टरमा पुगे त्याहाँ बस्ने भाइले दुईवटा फारमको २० रुपैयाँ मागे । मैले उनलाई भने भाई यहँु त स्व्ाास्थ्य परिक्षण रु।८ रुपैया ९० पैसा भनेर लेखेको छ त उनले फारम वितरण गर्नेकै शैलीमा जवाफ दिए । खुल्ला पैसा छैन । अब ती भाईलाई तीन १७ रुपैयु ८० पैसाको खुल्ला खोज्न म कता जाने यहाँ पनि २ रुपैया २० पैसा छाडेर म स्वास्थ्य जाँच गराउन गए । हतारले गर्दा आर।आर। जी र मेरो स्वास्थ्य परिक्षण फारम साटिएछ । त्याहाँ रहेका स्वास्थ्यकर्मीले िसंगो फारम भर्नु पर्ने रहेछ । मैले चै आफैले त्यो फारम भरिदिएछु । आर। आर।जीले त्यो फारम भरेका थिएनन् । ती स्वास्थ्य कर्मी गफमा ब्यस्त थिए । एउटा एल्बम पल्टाएर तीन वटा अंक पढ्न लगाए । त्यो फारम तीनले पढेनन् धर्का तानिदिए र हस्ताक्षर गरे । छेवैमा वसेका एक युवकले छाप लगाए । सकियो जानुस । ढोकाबाट भित्र पस्न पाएको छैन मेरो आँखा देखि मानसिक र अन्य रोगको जाँच समेत सकिएछ । 
सवारी चालक सवारी चलाउन सक्षम छ कि छैन भनेर केहि जाँच नै नगरी यसरी निरोगिताको प्रमाण दिइदो रहेछ । आर। आर जी र म दुबै छक्क पर् यौ । समय ढल्दै थियो हामी रुजु गराउन तीन तल्ला माथि लाग्यौ । अहिले दिन दिनै वढिरहेका सवारी दूर्घटनाको पछाडी यो पनि एउटा कारण हुन सक्छ । यो सोच्दै तीनतल्ला माथि पुगेर फाइल रुजु गरियो । साँढे एक बज्न १० मिनेट मात्रै बाँकि थियो । हामी लाइनमा बस्न आइ पुग्यौ । साँढे एक बज्न केहि मिनेट बाँकि रहँदै हामी दुवै जनाले लाइसेन्स नविकरणका लागि फारम बुझायौ । सरकारी कार्यालयमा आफनो कामका शिलशिलामा करिव एक घण्टाको समय विताउँदा मेरो सिंगो दिन पुरै तनावमा विताएको अनुभव गरे । विना स्वास्थ्य परिक्षण यहाँबाट लाइेसेन्स लिएकाहरुले दूर्घटनामा पारेनन भने एक वर्ष पछि फेरी आउँला भन्दै म राजश्व बुझाउन हिडे । 
यातयात व्यवस्था विभागमा दिनमा कति जना सर्वसाधरण सेवाका लागि पुग्छन् त्यसको आधिकारिक तथ्यांक मैले पाइन । तर मेरो अनुमानमा दिनमा कम्तिमा पनि एकहजार भन्दा बढी मानिस याहाँ पुग्छन् । उनीहरु पनि म जस्तै रुपैयाँ र पैसा खुल्ला नभएर ठगिइ रहेका छन् । कार्यालयले अनियमितता गर्नकै लागि यस किसिमको व्यवस्था गरेको हो भन्ने मेरो ठम्याइ छ । मैले तिरेको पैसा राज्यको कोषमा होइन कर्मचारीको खल्तिमा गइरहेको छ । मसँग खुल्ला भएन तर कार्यालयले त्यसको व्यवस्था मिलाउनु पर्ने हो कि होइन ? अहिलेको समयमा एक रुपैयाँ खासै ठूलो होइन । तर यो कार्यालयमा म जस्ता सयौ मानिसहरुले फारम किन्दा र स्वास्थ्य जाँच गराउँदा रुपैयाँ र पैसा फिर्ता पाउँदैनन । त्यो सबै रुपैया र पैसा एकै ठाउँमा राख्दा केहि हजार पक्कै हुन्छ । उच्च पदस्थ कर्मचारीहरुकै आखै सामुन्ने यस्तो अनियमितता भइरहदा पनि देखेको नदेख्यै गरिरहेका छन् यस तर्फ ध्यान दिने कस्ले ?

1 comment: