Wednesday, July 25, 2012

देशलाई फेरी जंगबहादुर चाहियो [Nepal]

नेपाली कांग्रेसका नेता  तथा पूर्व प्रधानमन्त्री  
शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित महल 

प्रधानमन्त्रीको सपथ लिइसकेपछि मिडियामा बोल्दै गर्दा डा। बाबुराम भट्टराईले भ्रष्टचारमा शुन्य सहनसिलता र मितब्ययी मन्त्रि परिषद बनाउने अभिब्यक्ति दिए । विगतका सरकार प्रमुखहरुका रबैयाबाट दिक्क भएका नेपाली जनताले डा। भट्टराईबाट निकै अपेक्षा गरेका कारण उनको यो अभिब्यक्तिको सर्बत्र स्वागत भयो । लगत्तै उनले विगतका सरकार प्रमुखहरुका विलासी गाडी चढ्ने परम्परा तोड्दै मेड इन नेपाल मुस्ताङ म्याक्स चढे । यसले उनको तारिफ झनै बढ्यो । यो उनी प्रधानमन्त्री भएपछिका प्रारम्भिक परिघटना थिए । 
"गरिब राज्यको अर्थतन्त्रले धान्न नसक्ने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका पूर्वपदाधिकारीलाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आवास र सचिवालय सुविधा प्रदान गर्नु मुलुकको हितमा छैन त्यसलाई खारेज गर्न माग गर्दै आन्दोलन  गरौ"

माओवादी नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल
 दाहालको लाजिम्पाटस्थित महल
  
तर पछिल्लो समयमा उनी नेतृत्वकै सरकारले एक पछि अर्को गर्दै लगातार गलत नजिर बसाउने तयारी गरेको छ । जसको पछिल्लो उदाहरण विशिष्ट व्यक्तिहरुलाई आजीवन सुविधा दिने निर्णय थियो । नेपालमा कृष्ण प्रसाद भट्टराई भन्दा बाहेक जति जना व्यक्तिहरु प्रधानमन्त्रीको कुर्सीमा  विराजमान भए । उनीहरुले त्यहि कुसर्िमै बसेकै समयमा सातपुस्तालाई पुग्ने मनग्गे सम्पती कमाइसकेका छन् । गृहमन्त्री बनेकाहरुले पनि राज्यको ढुकुटी लुटेकै छन् । केहि गृहमन्त्रीहरु अहिले अख्तियारमा धाइरहेका छन् । १२ वर्षसम्म जनयुद्ध गरेर मुलुकको सासन सत्ताको बागडोर सम्हाल्न पुगेको माओवादी सरकारबाट जनताले 

एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार
 नेपालको कोटेश्वरस्थित निवास
  
यस्तो अपक्षा गरेका थिएनन् । विगतका सरकारले पनि संसद सुविधा लगायतका थुप्रै विवादास्पद निर्णयहरु गरेका थिए । पुरुष संसदले सुत्केरी भत्ता पनि पढ्काएकै हुन । बाबुराम सरकारले फेरि एक पटक यस्तै अलोकपि्रय निर्णय गरेको छ । हेर्नुस नेपालका पूर्व प्रधानमन्त्रीहरुका निवास । के यी घरमा बस्नेहरुलाई अर्काे बंगला आवश्यक छ पूर्व प्रधानमन्त्री देखि विशिष्ठ व्यक्तिहरु अहिले लाखौ मूल्यका गाडीमा सयर गरिरहनु भएकै छ । फेरी उहाँहरुलाई गाडी किन चाहियो ? औसत नेपालीले सपनामा पनि नदेख्ने सुविधा त उहाँहरुले अहिले नै भोगिरहनु भएको छ । अब मुलुकको ढुकुटीबाट अझै कति कुम्ल्याउने नेता ज्यू ?

हिजो मात्रै उपचार नपाएर मोरङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । पत्रिकामा दिनहु उपचारका लागि सहयोग माग्दै जनता अपिल गरिरहेका छन् । खेति गर्न मल नपाएर किसानहरु हैरान छन् । प्रकोप पिडितले उचित राहत पाएका छैनन् । खाद्यन्न अभावले हजारौ नेपालीहरु एक पेट खाएर बाँच्न बाध्य छन् । हजारौ बालबालिका आधारभूत शिक्षा स्वास्थ्य लगायतका सुविधा उपभोग गर्नबाट बंचित छन् । जनताले जसबाट राहातका अपेक्षा गरिरहेका छन् तीनै नेता अनि सरकार प्रमुखहरुको रबैया यस्तो छ । अब जनताले कोबाट कस्तो अपेक्षा गर्ने ? आन्दोलनबाट एउटा राजा त फालियो तर अहिले सुसुप्त अवस्थामा रहेका सयौ रजौटाहरु सल्बलाउन थाले । सायद अब फेरी मुलुकले नयाँ जंगवहादुरको खाँचो देखेको छ । 
यो ब्लग लेखिरहदाँ मैले कर्ण शाक्यको यो गितका दुई हरफ सम्झिए 



ठूला ठूला महल हैन 
सिप सिकाउने झुपडि देउ
हिंसा माग्ने मैदान होइन 
धान उर्माने खेत देउ......

1 comment:

  1. जंग बहादुर त दिउला, त्येस पछि के ?
    ताप्केबाट निस्केर भुंग्रोमा ?

    ReplyDelete