Monday, July 23, 2012

हाइवे हंगामा

जुन रफ्तारमा हिन्दि चलचित्र हेर्छु त्यो रफ्तारमा नेपाली चलचित्र हेर्दिन । त्यसैले मैले भन्नै पर्छ कि म नेपाली चलचित्रको असल दर्शक होइन । हलमा गएर नेपाली फिल्म नहेरेको करिव ६ बर्ष त भयो होला । तर लुट, ब्याच नंम्बर १६ लगायतका कोहि फिल्म घरमै बसेर हेरेको छु । चलचित्र नहेरी त्यसको आलोचना गर्नु गलत हो । त्यसैले नेपाली चलचित्र यस्तो बन्यो उस्तो बन्यो भनेर म आलोचना गर्दिन । 

"म धेरै वर्ष पछि नेपाली फिल्म हलसम्म गएर हेर्दैछु । हाइवेको हल्लाखल्लाले मलाई हलसम्म त तान्यो तर हल्ला अनुसार चलचित्र रहेन छ भने केहि वर्षसम्म फेरी हलमा गएर नेपाली चलचित्र हेरिन्न यो चै टुंगो हो ।" 
यो ब्लग चलचित्र हाइवेको कारण लेख्दैछु । सम्भवत चलचित्रका बारेमा मैले लेखेको यो पहिलो ब्लग हो । हाइवेको चर्चा अहिले चलचित्र बजारमा मात्रै होइन सामाजिक संजालहरुमा पनि ब्यापक रुपमा चलेको छ । हल्ला सकरात्मक होस वा नकरात्मक यसको प्रत्यक्ष असर देखिन्छ नै । केहि साथीहरुले हाइवे हेरे पछि निकै सकरात्मक प्रतिकि्रया दिए । नयाँ धारको चलचित्र बनेछ भने । अनि केहि साथीहरु वित्थै पैसा तिरेर हेरिएछ यस्तो नि फिल्म हुन्छ भन्दै आलोचनामा उत्रिए । 


नागरिक पत्रिकाले हाइवेलाई एउटा राम्रो चलचित्रका रुपमा समिक्षा गर् यो । हाइवे हेरेर मन नपराएका साथीहरुले आरोप लगाए नागरिक त हाइवेको मिडिया पार्टनर हो । त्यसैले यसले सकरात्मक समिक्षा लेख्यो । केहि ब्लग र अनलाईनले हाइवे हल्ला गरे अनुसार नभएको भन्दै बढी हल्ला गरेर फिल्म चलाउने प्रपंच रचेको आरोप लगाए । केहिले हाइवेले प्रचार प्रसारको राम्रो तरिका अपनाएको भन्दै ब्यंग्य पनि गरे ।

यी सबै समिक्षा र सामाजिक संजालमा देखिएका कमेन्ट हेर्दा लाग्छ कि हाइवेका बारेमा कोहि निकै बढाई चढाई गरिरहेका छन अनि कोहि चाहि निकै बायस भएका छन् । एउटा आम दर्शकका नाताले त्यो फिल्मको व्यालेन्स समिक्षा पढ्नै पाइएन । आखिर फिल्म चै बनेको छ कस्तो अब यो कुरा पत्तालगाउनकै लागि पनि एक पटक हाइवे हेर्न हलसम्म त पुग्नै पर्ने भयो । म धेरै वर्ष पछि नेपाली फिल्म हलसम्म गएर हेर्दैछु । हाइवेको हल्लाखल्लाले मलाई हलसम्म त तान्यो तर हल्ला अनुसार चलचित्र रहेन छ भने केहि वर्षसम्म फेरी हलमा गएर नेपाली चलचित्र हेरिन्न यो चै टुंगो हो । 

1 comment:

  1. I think you should write a top-down, neutral review.
    :)

    ReplyDelete