Thursday, July 12, 2012

छेपारे प्रवृत्ति उन्मुख नेपाली मिडिया [ Media Trend in Nepal]

हिजो तीनै बाबुरामको जयजयकार गरिरहेका संचार माध्याम आज फेरी तीनै बाबुरामको उछित्तो काडिरहेका छन् । र दिनहुँ उनको सरकार इतिहासकै अलोकपि्रय सरकार भन्ने आशायका समाचार समागि्र पस्किरहेका छन् । यो त छेपारे प्रवृति भएन र ?  
नेपालमा विगत एक दशकमा आम संचार र पत्रकारिता क्षेत्रले सोच्दै नसोचेको गति लिएको छ । एउटा संचारकर्मीका नाताले यसबाट म पनि खुसि छु । संख्यात्मक रुपमा मूलधारे संचार माध्यामको यो विकास राम्रो थियो । तर गुणात्मक रुपमा यो विकासले खासै अर्थ राखेन । त्यसैले होला अहिले संचार माध्यामहरुमा आम नागरिकको आस्था र विश्वास दिन प्रतिदिन खस्किदै गइरहेको छ ।
हुन पनि पछिल्लो समयमा नेपाली संचार माध्यामले यस्ता थुप्रै हत्कण्डा देखाए जुन संचार माध्यामको इथिक्सको वर्खिलाप थियो । अनि केहि घटनालाई यति धेरै बढाइ चढाँइ गरे । नेपालीमा एउटा उखान छ नि हेर्नेलाई देख्नेलाई लाज भन्ने । नेपाली मिडियामा यस्ता प्रवृत्तिहरु धेरै पटक दोहोरिय अनि तेहेरिए । यस्ता प्रवृतिको म खुलेरै आलोचना गरिरहन्छु । त्यसैले केहि साथीहरु मलाई पत्रकार भएर पत्रकारकै विरोध गरिरहन्छस भनेर गालि पनि गर्छन । प्रसंग बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भएपछि नेपाली संचार माध्यामले गरेको उनको बखानको हो । 
कान्तिपुर, नागरिक लगायतका पत्रिकाले समेत झण्डै झण्डै विशेषांक शैलीमा निरन्तर उनको प्रशंसा गरिरहे । ती समाचार देख्दा लाग्थ्यो । अब कमरेड बाबुरामले जादुको तिलस्मि छडिबाट रातारात देशको मुहार फेरिने भो । त्यो समयमा पनि मैले ब्लग मार्फत मिडियाको यो प्रवृत्तिको विरोध गरेको थिए । 
हिजो तीनै बाबुरामको जयजयकार गरिरहेका संचार माध्याम आज फेरी तीनै बाबुरामको उछित्तो काडिरहेका छन् । र दिनहुँ उनको सरकार इतिहासकै अलोकप्रिय सरकार भन्ने आशायका समाचार  सामग्री पस्किरहेका छन् । यो त छेपारे प्रवृति भएन र ?  छेपारोले परिस्थीती अनुसार रंग बदल्छ रे ! सायद नेपाली मिडियाहरु पनि यहि छेपारे प्रवृत्ति तर्फ उन्मुख भएका हुन ।  

मिडियाको सामाजिक दायित्व हुन्छ र जनउत्तरदायि हुनै पर्छ । त्यसैले त मिडियालाई धेरैले सम्मान गर्छन । कुनै पनि घटना अनि परिघटनाका लागि नागरिकहरु मिडियामा आश्रित रहन्छन । तर यस्तै पाराले मिडियाको उत्तरदायित्व पूरा होला त ? मिडिया संचालक र मिडियाकर्मी सबैले एक पटक छातिमा हात राखेर सोच्ने कि ?

No comments:

Post a Comment