Monday, January 16, 2012

देश हेरेको हेरै छ


हातमा शैक्षिक योग्यताका डिगि्र छन् तर काम छैन । शैक्षिक बेरोजगारहरुको संख्या दिनानुदिन बढ्दो छ । योजनाहरु थुप्रै छन् त्यसलाई व्यबाहारमा उर्तान पैसो छैन । बैंकबाट ऋण लिन धितो राख्ने जमानी छैन । प्रुष्टेशन व्याप्त छ ।
बैंक तथा वित्तिय संस्थ्मा नगद तरलता बढी भो सुरक्षित लगानीको क्षेत्र छैन । घरजग्गामा गरेको लगानी उठ्ने अवस्था छैन ।
यात्राका लागि सवारी साधन छ तर चलाउनलाई तेल छैन । पैसा तिररे तेलहाल्न पनि सोस्र फोस्र लगाउनु पर्छ । त्यहि िसंहदरवार अगाडी ६ घण्टा लाईन बस्दा पनि तेल हाल्न पाइन्न ।

उद्योग धन्दालाई चलाउनन विजुली छैन । विजुली हुँदा मजदुरको आन्दोलनले उद्योग चल्दैन । बैंकको ऋण तिर्न नसकेर उद्योग बन्द गर्नू पर्ने अवस्था छ ।
ठूला नेतालाई प्रधानमन्त्री सानालाई मन्त्री बन्न नपाएकोमा चिन्ता छ । सबैजसो नेताहरुलाई संविधान सभाको म्याद थप नभए जागिर जाने डर छ । जनता र मुलुकको हितका बारेमा सोच्ने फुस्रद छैन । केहि गर्लान कि भन्नेले देखाइसके अव कसैबाट केहि अपेक्षा छैन ।
आम नागरिकलाई घर चलाउने खर्च छैन तर बेकामे नेता पाल्न कर तिर्नु पर्ने बाध्यता छ । नेताले उचालेकै भरमा प्रतिफल जस्तो आओस आन्दोलनको आँधिवेहरी सिर्जना गर्नु पर्ने जागिर छ ।
कस्ले बनाउने को बाट अपेक्षा गर्ने देश हेरेको हेरै छ ।

No comments:

Post a Comment