Sunday, January 1, 2012

पत्रिकाको बढ्यो मूल्य, घट्यो विक्रि

पत्रिका प्रकाशन गर्दा हुने खर्च यसको विक्रिबाट हुने आम्दानीले चल्दैन, यो विश्वव्यापि मान्यता हो। यसका लागि विज्ञापन नै पहिलो शर्त मानिन्छ। अहिले जुन जुन पत्रिकाले मूल्य बढाएका छन्, यीनै पत्रिकाले सबैभन्दा बढी विज्ञापन प्रकाशन गर्ने गर्छन। यति हुँदा हुँदै पनि तीनै पत्रिकाको मूल्य शतप्रतिशतले बढेको छ। 
मुलुकका चलेका दैनिक पत्रिका कान्तिपुर, नागरिक र अन्नपूर्णले कार्टेलिङ्ग गरी पत्रिकाको मूल्य शतप्रतिशत बृद्धि गरे। ५ रुपैयाँमा पाइने पत्रिको मूल्य बढेर १० रुपैयाँ पुग्यो। दैनिक उपभोग्य बस्तुको शतप्रतिशत मूल्य बृद्धि हुँदा ठूला ठूला शिर्षक राखेर समाचार दिने तिनै संचार माध्याम आफै पत्रिकाको शत प्रतिशत मूल्यबृद्धि गर्न हिच्किचाएनन्। त्यो पनि कार्टेलिङ्ग  गरेर। पत्रिकामा भएको शतप्रतिशत मूल्य बृद्धिबाट आम पाठक प्रभावित भएका छन्। मूल्य बृद्धि भएका पत्रिकाको १३ देखि १५ हजारको हाराहारीमा विक्रि घटेको अनुमान गरिएको छ। प्राध्यापक पी. खरलेले यो संख्या अझ बढी हुन सक्ने बताए।
संविधानले नागरिकलाई सूचनाको हकको ग्यारेन्टी गरेको छ। अनि मूल्य बढाउने यी ठूला ब्रोडसिट दैनिकले पनि नागरिकको  सूचनाको हकका पक्षमा आफुलाई सबैभन्दा अगाडी भएको दावी गर्दै आएका हुन।

पत्रिकाको मूल्य बृद्धिले गर्दा एउटा आम पाठकले पत्रिका किनेर पढ्न सक्ने अवस्था छैन। यतिवेला दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ। वेरोजगारी व्याप्त छ। राजनीतिक अस्थिरताले जनता दिक्क भएका छन्। आम नागरिकमा एक किसिमको फ्रस्टेशन व्याप्त छ। यस्तो वेलामा आम नागरिकको आशा संचार माध्याममा नै अडेको छ। त्यसैले आवाज विहिनहरुको आवाज बन्नु पर्ने समयमा तिनै संचार माध्यामले शत प्रतिशत मूल्य बढाए।
मूल्य बृद्धि पछि पनि यीनीहरुको समाचार दिने शैली उस्तै छ। तीनै पृष्ठ संख्या, तीनै लेखक अनि त्यहि साज सज्जा। नेपालीमा एउटा चलन चल्तिको भनाई छ, पुरानो बोतलमा नयाँ रक्सि तर यो त पुरानो बोतलमा नयाँ रक्सि हाल्ने काम पनि भएन। बोतल पनि पुरानै रक्सि पनि पुरानै तर मूल्यमात्रै बढी भो।
पत्रिका प्रकाशन गर्दा हुने खर्च यसको विक्रिबाट हुने आम्दानीले चल्दैन, यो विश्वव्यापि मान्यता हो। यसका लागि विज्ञापन नै पहिलो शर्त मानिन्छ। अहिले जुन जुन पत्रिकाले मूल्य बढाएका छन्, यीनै पत्रिकाले सबैभन्दा बढी विज्ञापन प्रकाशन गर्ने गर्छन। यति हुँदा हुँदै पनि तीनै पत्रिकाको मूल्य शतप्रतिशतले बढेको छ।
यी पत्रिकामा मूल्य बृद्धिको असर भने परिसकेको छ। एकाएक यीनीहरुको विक्रि घटेको छ। तर पुरानै सर्कुलेसन देखाएर विज्ञापन लिने काम भइरहेको छ। केहि नेपाली संचार गृह विज्ञापन प्रकाशनबाट मात्रै नभएर पत्रिकाको विक्रिबाट पनि पैसा कमाउन सकिन्छ भन्ने नयाँ मान्यता स्थापित गर्न लागिपरेका छन्। जुन सरासर गलत हो। कान्तिपुरले त सूचना तपाईको अधिकार भन्ने नारा नै बनाएको छ। गरीवी, वेरोजगारी अनि चरम आर्थिक समस्या झेलिरहेका सर्वसाधरणले किनेर पढ्नै नसक्ने गरि पत्रिकाको मूल्य बढाएर के गरी हुन्छ सूचनामा हाम्रो अधिकार?  

No comments:

Post a Comment