Tuesday, January 24, 2012

ठूलालाई मस्ति जनतालाई सास्ति

राष्ट्रपतिको सबारी एस्तो हुन्छ ?

?
"ठूलाबडा मान्छेको आसपास बस्दा राहात हैन आहात हुन बाध्य मेरो कामना छ सत्रुले पनि ठूलाबडा मान्छेको आसपास बस्नु नपरोस।"
रछिमेकमा ठूलाबडा मान्छे बस्दा आफ्नो पनि सान सौकातै अर्कै हुन्थ्यो । त्यसैले उ बेला बुढा पाकाले ठूलाबडाको छत्रछायामा बस्नु भनेर आषिस दिन्थे । घडीको सुई निरन्तर घुमिरहेको छ सुइको घुमाइसँगै थुपै्र परिवर्तनहरु भइरहेका छन । सायद परिवर्तनको यो लहरबाट अहिले यो आषिस पनि प्रभावित बनेको छ । हुन त यो नेपालीहरुका लागि प्रजातन्त्रिक युग होइन । यो त लोकतन्त्र हो रे । सायद यहि लोकतन्त्रले ठूलाबडाको छत्रछायामा बस्नु भन्ने आषिसलाई पनि प्रभावित पारेको हो । जसबाट प्रभावित हुने मध्येमा साक्षत म पनि एक हुँ।

मेरो अफिस बालुवाटारमा छ । प्रधानमन्त्रीको उत्तरी गेट नजिक । मेरो अपिसबाट उत्तरी क्षेत्रमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको निवास र कार्यालय पर्छ । यो केहि मिनेटको दूरीमा छ । यस हिसावले उत्तर तिर राष्ट्रपति र दक्षिण तिर प्रधानमन्त्रीको सुरक्षा घेरामा मेरो अपिस बस्या छ भनौ ।
मुलुकका ठूला मान्छेको छेउछाउमा बसेर मैले छाति फुकाएर हिड्न सक्दिन । अफिसको कामको सिलसिलामा दौडिरहनु पर्छ । कहिले प्रधानमन्त्री अनि कहिले महामहिम राष्ट्रिपतिको भ्रमणले सडक जाममा निकै सास्ति खेपिरहनु पर्छ । मेरो अफिस रहेको ठाउँ शान्त छ फराकिलो छ र काम गर्ने वातावरण छ । त्यसैले यो ठाउँ छाड्न मन छैन । तर सवारी सास्ति खपिनसक्नुको छ । तैपनि चित्त बुझाएर बसिरहेको थिए ।
फेरी मेरो अफिसको पश्चिम क्षेत्रमा राष्ट्रपति जत्तिकै शक्तिशालि ठान्ने कमरेड प्रचण्ड जी बस्न आइपुगे । फेरी पश्चिम क्षेत्रमा पनि सवारी जामको सास्ति शुरु भयो । हिजो मात्रै प्रचण्डको सवारीले पन्ध्र मिनेट जति जाममा परियो । अव चै अफिसको ठाउँ सार्ने कि भनेर सोच्ने बेला भयो । ठूलाबडा मान्छेको आसपास बस्दा राहात हैन आहात हुन बाध्य मेरो कामना छ सत्रुले पनि ठूलाबडा मान्छेको आसपास बस्नु नपरोस।

No comments:

Post a Comment