Tuesday, October 16, 2012

अविवाहितका लागि समेत ससुराली घर !

ससुराली भनेर तपाईले खानेकुरा भने नि: सुल्क खान पाउनु हुन्न ,  येसको लाग्दो शुल्क तिर्नु पर्ने हुन्छ ।
ससुरली घर 
विवाह गरेको व्यक्ति ससुराली जाने कुरा त हामीहरु जो कोहिलाई थाहा छ तर तपाई अविवाहित हुनुहुन्छ भने पनि ससुराली जान सक्नु हुन्छ ! यो सेवा विदेशमा हैन नेपालमै उपलब्ध छ । त्यो पनि राजधानी काठमाण्डौको कपनमा । तपाईलाई अचम्म लाग्यो होला । कपनको वडा नं २ मा ससुराली घर छ । जहाँ तपाईले ज्वाईले झै मेजमान पाउनु हुन्छ । चौरासी व्यन्जनको स्वाद लिन सक्नु हुन्छ । तर यहाँ तपाईलाई खातिर गर्न सासु ससुरा र साला सालि भने हुने छैनन् । तालिम प्राप्त कुकहरुले खानका परिकार बनाउने छन् । अनि वेटरले त्यो खाना सर्भ गर्ने छन । ससुराली भनेर तपाईले खानेकुरा भने नि: सुल्क खान पाउनु हुन्न , येसको लाग्दो शुल्क तिर्नु पर्ने हुन्छ ।
मामा घर 
अहिलेको समयमा पुरातन सोच र तरिकाले व्यवसायको विकास सम्भव छैन । त्यसैले कपनमा खुलेको किमाथान्का रिसोर्टले यो नयाँ प्रयोग शुरु गरेको हो । यसले आफना कम्पाउण्डमा बनाईएका कटेजलाई ससुराली घर र मामा घर नाम दिएको छ । 
रिसोर्ट  संचालक मिना श्रेष्ठ यो प्रयोग ग्राहकहरुले मन पराएको बताउनु हुन्छ । यो नायाँ प्रयोग हो श्रेष्ठको  भनाई थियो । 
अझ रमाइलो कुरा त के छ भने ५ सय रुपैयाँ भन्दा कम को विल भएमा ससुराली र मामाघरमा दुई घण्टा भन्दा बढि समय विताएमा थप शुल्क तिर्नु पर्छ । छैन त रमाइलो !
विराटनगरबाट काठमाण्डौ आएका श्रेष्ठ दम्पतिले संचालन गरेको यो रिसोर्टमा स्वादिस्ट खानका परिकारसँगै काठमाण्डौको मनोरम दृष्य समेत अवलोकन गर्न सकिन्छ । चर्चित कपन गुम्बा वंगलामुखि मन्दिर र कृष्ण मन्दिर समेत यहुबाट केहि मिनेटको दुरीमा छन् । के छ त विचार साथीहरु एक पटक ससुराली घर जाने होइन त ?

1 comment:

  1. म त गएर आइसकेँ तर ससुरालि घरमा हैन । म मामाघर बसेर आको ।

    ReplyDelete