Thursday, September 15, 2011

बजारमा मृत्युको व्यापार चम्किएको छ !

यस्तो किचेनमा कस्तो खाना पाक्ला ?




"मैले मृत्यु किन्न छाँडे तर यो शहरमा बसेर अव के खाने ? मसँग विकल्प छैन ! हामीले खान नहुने कुरा त देखायौ अव खान हुने कुरा पनि देखाउने हो कि ? "




नेपालमा अहिले करिव एक दर्जनको हाराहारीमा टेलिभिजन च्यानल प्रशारणमा छन् । अहिले यी टेलिभिजन च्यानललाई बाणिज्य विभागको अनुगमन र खाद्यान्नमा मिसावटका समाचार दिन भ्याइ नभ्याइ छ । लाग्छ सबै जसो टेलिभिजन च्यानलका थुप्रै जनशक्ति यहि कामको लागि खटिएका छन् । त्यसैले त दिनहुँ घण्टै पिच्छे नुन देखि सुनसम्म र जीवन बचाउँने औषधिसम्ममा मिसावट र कालाबजारीका समाचार टेलिभिजनका पर्दामा छाइरहेका छन् । 

यी समाचार हेर्दा लाग्छ अव बजारमा खाने कुरा केहि बाँकि रहेनन् । सबैमा मिसावट छ । केहि पैसाको लालचमा व्यापारिहरु मृत्युको व्यापार गरिरहेका छन् । हामी दिन रात हाड छाला घोटेर कमाएको पैसा खर्चिएर आफु अनि परिवारका लागि मृत्यु किनिरहेका छौ ।
आनुगमनपछि बन्द नया सडकको   गुदपाक पसल 

बजारमा किलोमा जोखेर मृत्युको व्यापार चम्किएको छ । अचानक अनुगमन शुरु भएपछि यो कुरा सार्वजनिक भए पछि आम उपभोक्ता द्धिविधामा परेका छन् । सबैमा मिसावट अनि अकाल मृत्युको त्रास छ त्यसैले अव खाने के अनुगमनले मृत्युका व्यापारिहरुको निद हराम त भएको छ सँगै आम उपभोक्तालाई स्वस्थ्य खाने कुराको चयन गर्न समस्या परेको छ ।

मैले मृत्यु किन्न छाँडे तर यो शहरमा बसेर अव के खाने ? मसँग विकल्प छैन ! हामीले खान नहुने कुरा त देखायौ अव खान हुने कुरा पनि देखाउने हो कि ? 

No comments:

Post a Comment