Monday, September 12, 2011

देश खारेज गरौं



निल खड्का 
हाल: हाई प्वाइन्ट नर्थ क्यारोलिना 

अब भाषा, संस्कृति र भेष खारेज गरौं !
बल्ल भयो सुरुवात, शेष खारेज गरौं !!

अपराधी र हत्यारालाई, छुट दिनुपर्छ ! 
अदालतमा विचाराधीन, केस खारेज गरौं !! 

छुट्टै प्रदेश माग्नेहरुको, बोलवाला छ अहिले !
छुट्याएर नेपालबाट, मधेस खारेज गरौं !!

के हुन्छ र पहिचानले, मेट्दै जानुपर्छ !
ढिलो चाँडो यसैगरी, देश खारेज गरौं !!

1 comment:

  1. के हुन्छ र पहिचानले, मेट्दै जानुपर्छ !
    ढिलो चाँडो यसैगरी, देश खारेज गरौं !!

    ReplyDelete