Friday, September 16, 2011

पिपली लाइभ र नेपाली मिडिया

"संचार माध्याम आवाज विहिनहरुको आवाज हुनुपर्छ । समाचार सत्य तथ्य निष्पक्ष र व्यालेन्स हुनुपर्छ । पत्रकारिता विषय पढ्दा मैले गुरुहरुबाट यहि कुरा धेरैपटक सुनेको छु अनि आफुले पनि धेरै पटक यहि कुरा लेखेको छु । धेरै पत्रकार साथीहरु यस्तै कुराहरु र पत्रकारका आचार संहिताका बारेमा भाषण दिएर थाक्दैनन । तर पनि फेरी पिपली लाइभका संस्करणले किन निरन्तरता पाइरहेका छन् यो कुरा आश्चर्य लाग्दो छ ! "

अमिर खान को पीप्ली लाइवको एक दृश्य
बलिउडका चर्चित कलाकार अमिर खानले एउटा सामान्य घटनालाई मिडियाले कसरी अतिराजीत गर्छन भन्ने विषयमा पिपली लाईभ नामक चलचित्र बनाएका थिए । फिल्मले उठान गरेको विषय बस्तु निकै संवेदनशिल र गम्भिर थियो । परिणामस्वरुप निकै कम बजेटमा र सामान्य कलाकारको प्रयोग गरि बनाइएको यो चलचित्रले बक्स अफिसमा निकै सफलता भेट्टायो । यसले हिन्दि सिनेमामा केहि नयाँ धारको शुत्रपात समेत गर्यो ।
यो चलचित्रले उठाएको विषयबस्तु नेपालको साचार माध्याममा समेत निकै मेल खान्छ । केहि समय अघि अनुजा बानियाँ काण्डमा पिपली लाइभको उदाहरण देखाएका नेपाली साचार माध्यामले फेरी त्यस्तै अभ्यास दोहोर् याएका छन् । माओवादीका ११ नेताहरुलाई पटनाको एक अदालतले सजाय तथा जरिवाना सुनाएको खवर दिएर ।

माओवादीका ११ नेताहरुलाई पटनाको एक अदालतले सजाय तथा जरिवाना सुनाएको खवर केहि दिन यता नेपाली मिडियाका हेडलाइन बनेकै हुन । आज भदौ ३० गतेको कान्तिपुरले पटना अदालतको हवाला दिदै त्यो समाचार गलत भएको समाचार छाप्यो । यो पिपली लाइभको पछिल्लो संस्करण थियो ।
नेपाली पीप्ली लाइवकी सर्जक

२०४६ सालको राजनीतिक परिवर्तन पछि खुल्ला आर्थिक उदारिकरणका कारण नेपालमा साचारको क्षेत्रले पनि फड्को मारेको छ । करिव २ दशक सम्म रहेको नेपाल टेलिभिजनको एकाधिकारलाई तोड्दै नेपाली आकाशमा करिव एक दर्जन टेलिभिजन च्यानल प्रशारणमा आए । समाचारकै लागि रेडियो नेपाल र गोरखापत्रको भर पर्नु पर्ने अवस्था पनि अन्त्य भएको छ । खास गरि २०६२÷०६३ को जनआन्दोलन पछि नेपाली साचारको क्षेत्रले नसोचेको विकास र विस्तार पाएको छ । 

अहिले मुलुक भरी तीन सय भन्दा बढी एफएम रेडियो प्रशारणमा छन् । राजधानी र मोफसलमा गरी करिव तीन दर्जनको हाराहारीमा दैनिक पत्रिका र सयौको संख्यामा साप्ताहिक र मासिक पत्रिकाहरु प्रकाशनमा छन् । यति धेरै साचार माध्याम भएपछि यीनीहरुवीच न्युज ब्रेकिङ गर्ने होडबाजी चल्नु स्वभाविकै हो । तर यो होडबाजी यतिसम्म अस्वस्थ्य भयो कि नेपाली मिडियामा पटक पटक पिपली लाइभको संस्करण दोहोरिरहेका छन् । बजारमा हल्ला चल्छ । त्यसको यर्थाथ नबुझि मिडियाले न्यूज ब्रेक गर्छन् अनि पिपली लाईभ शुरु हुन्छ । 

संचार माध्याम आवाज विहिनहरुको आवाज हुनुपर्छ । समाचार सत्य तथ्य निष्पक्ष र व्यालेन्स हुनुपर्छ । पत्रकारिता विषय पढ्दा मैले गुरुहरुबाट यहि कुरा धेरैपटक सुनेको छु अनि आफुले पनि धेरै पटक यहि कुरा लेखेको छु । धेरै पत्रकार साथीहरु यस्तै कुराहरु र पत्रकारका आचार संहिताका बारेमा भाषण दिएर थाक्दैनन । तर पनि फेरी पिपली लाइभका संस्करणले किन निरन्तरता पाइरहेका छन् यो कुरा आश्चर्य लाग्दो छ । 

अनुजा काण्डमा राष्ट्रपति रामबरण यादव समेत मुछिए । माओवादी नेताको केसमा प्रधानमन्त्री बाबुराम भट्टराइले भारतीय राजदुतलाई भेट गरे । यति हुदाँ पनि घटनाको यर्थाथ कुरा किन बाहिर आएन भन्ने कुरा चै खोज कै विषय हुन सक्छ । सायद यसको बारेमा अर्को पिपली लाईभ तयार हुदैछ कि?

No comments:

Post a Comment