Friday, September 9, 2011

मलाई मेरो देशको राष्ट्रिय पोशाक भनेर लागउने लुगा देउ !

हाम्रो वर्तमान समस्या भनेको दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाउने भन्दा पनि मुलुकमा व्याप्त गरिवी बेरोजगारी अशिक्षा लगायतका आर्थिक र सामाजिक पक्षसँग जोडिएका सवालको उचित व्यवस्थापन हो । शान्ति र संविधानको निर्माण हो । तर खै त यस्ता मुद्धामा दलहरुको निर्णय दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाएर तराईमा विद्यमान द्धन्द्ध समाधान हुन्छ ? वा कर्णालीको भोकमारि मेटिन्छ ? वा पाहाडको समस्या निराकरण हुन्छ  ?
नेपाल सरकार मन्त्री परिषद्ले दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाउने निर्णय गरेको छ । सबै जातिका पोशाकलाई राष्ट्रिय पोशाक घोषणा गरेको छ । विहान उठ्ना साथ टेलिभिजनबाट यो समाचार सुने । एक छिन घोत्लिए अनि सोचे हाम्रा नेताहरु कस्तो परिर्वतन खोज्दै छन हो नेपाल बहुजातिय बहुभाषिक र बहुसांस्कृतिक आयाम भएको मुलुक हो । त्यसैले यहाँ कुनै एक भाषा र एक भेषलाई राष्ट्रिय मान्यता दिनु गलत हुन्छ । तर यदि आफूलाई स्वतन्त्र अस्तित्व भएको मुलुक देखाउने हो भने त्यो मुलुकका केहि फरक पहिचान त पक्कै पनि हुनु पर्छ हैन र सबै जातिका पोशाकलाई सम्मान गरेर एउटा पोशाकलाई औपचारिक राष्ट्रिय पोशाकमा राख्दा सबै जातिको अस्तित्व मेटिन्छ भन्ने मलाई लाग्दैन ।
अहिले पनि नेपालका अधिकांश ग्रामिण क्षेत्रमा हेरौ बाहुन क्षेत्री कथित दलित वा जनजाति समूदायका अधिकांश बुढापाका मानिसहरु दौरा सुरुवाल नै लगाउँछन् । औपचारिक कार्यक्रममा मात्रै होइन उनीहरुको दैनिक पोशाक नै दौरा सुरुवाल हो । युवाहरु पनि विशेष अवसरमा दौरा सुरुवाल लगाउन रुचाउँछन् । जुन पोशाक लगाउँदा अलग्गै आफ्नोपनको महशुस हुन्छ । जुन महशुस मैले पनि गरेको छु । नेपाली राष्ट्रिय पोशाक र झण्डा विश्वका अन्य कुनै पनि मुलुकसँग मिल्दैन । जसले हामीलाई विश्वको करोडौं मानिसहरुको भिडमा अलग चिनारि दिएको छ । आज हामी त्यहि पोशाकलाई राष्ट्रिय पोशाकबाट हटाउँदै छौ । आखिर के का लागि कस्का लागि र किन ? यो निर्णयबाट केहि विशेष लाभ मिल्छ ? अहँ पटक्कै मिल्दैन  ।
हाम्रो वर्तमान्को समस्या भनेको दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाउने भन्दा पनि मुलुकमा व्याप्त गरिवी बेरोजगारी अशिक्षा लगायतका आर्थिक र सामाजिक पक्षसँग जोडिएका सवालको उचित व्यवस्थापन हो । शान्ति र संविधानको निर्माण हो । तर खै त यस्ता मुद्धामा दलहरुको निर्णय दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाएर तराईमा विद्यमान द्धन्द्ध समाधान हुन्छ ? वा कर्णालीको भोकमारि मेटिन्छ ? वा पाहाडको समस्या निराकरण हुन्छ ?
हामी नेपालीलाई एकताको शुत्रमा बाँध्ने पृथ्वीनारायण शाहाका शालिक तोड्छौं । इतिहासलाई मेट्ने कुचेष्टा गर्छाै । हामीलाई लाग्छ यसैबाट खोजेको परिर्वतन मिल्छ र मुलुकले काँचुलि फेर्छ । तर हामीले विसर्ियौं इतिहासलाई मेटाउन सकिन्न र बदल्न पनि सकिन्न । किन कि त्यो वितेको समय हो । त्यो हाम्रो विगत हो । यदि इतिहासलाई विसर्िएर भविष्य बनाउन खोजिन्छ भने त्यो मुर्खता सिवाय केहि हुन्न । हाम्रो धरातल त्यहि इतिहास हो । हामी त्यहि इतिहासका पछिल्ला पुस्ता हौ र हामी भोलिका इतिहास हौं । यो सत्य पनि हो । तर हामी यो सत्यलाई हामी विस्रदैछौं र संर्किण सोचाइका साथ यसलाई मेटाउन प्रयास गरिरहेका छौं । दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाउने पछिल्लो निर्णय यसैको एउटा उदाहरण हो । 
मधेशी दलको दवावमा सरकारले गरेको यो निर्णयले सरकार कुर्शी टिकाउने प्रयत्नमै लागि रहॆको छनक दिन थालेको छ । यो सरकारबाट नेपाली जनताले धेरै आशा गरेका छन् । तर यस्ता निर्णयले जनताको ती आशामा तुषारापात गरिरहेको छ । अव नेपालीले औपचारिक कार्यक्रममा कुन पोशाक लगाउने ? 
एक सय भन्दा बढी जात जाति भएको देशमा ती सबै जातिको पोशाकलाई औपचारिक राष्ट्रिय पोशाक मान्नु कतिको व्यवहारिक होला मधेशी दलको दवामा भएको यो निर्णयको विकल्प के धोति कुर्थालाई राष्ट्रिय पोशाक बनाउने तयारी त होइन ? मलाई मेरो देशको राष्ट्रिय पोशाक भनेर लागउने लुगा देउ !

1 comment:

  1. मलाई मेरो देशको राष्टिय पोशाक भनेर लागउने लुगा देउ!

    ReplyDelete