Thursday, September 15, 2011

जीवन सकिएको छैन

एउटा सानो प्रेरणा मात्रै भए पनि जीन्दगी जिउनलाई काफि हुन्छ । आज एक विहानै मोडल केटी पाइपर को माई व्यूटिफुल फेस नामक डकुमेन्ट्री हेरेपछि मैले यो महशुस गरे । केटी लण्डन स्थित एउटा चर्चित सपिङ्ग टेलिभिजन च्यानलकी कार्यक्रम प्रस्तोता थिइन । ड्यानी ल्यान्च नामक ३३ वर्षिय उनका प्रेमिले उनीमाथी एसिड प्राहार गरेका थिए । सन् २००८ को मार्च महिनामा उनीमाथि एसिड प्राहार भएको थियो । 

उक्त घटनापछि उनको एउटा आँखाको ज्योति गुम्यो अनुहार गला र हात समेत जलेको थियो । केहि क्षणमै एक सुन्दर र सुकोमल अनुहारकी धनी केटी पाइपर एक विभत्स र कुरुप बन्न पुगिन । यस्ता घटना पछि धेरैले आफ्नो जीवनलाई अन्त्य गरेका छन् । तर उनी साहासी महिला रहिछिन् । उनले जीउने आशा छोडिनन् । 


थुप्रै पटक सल्यकि्रया गरेपछि उनी अहिले फेरी व्यूटिफुल फेस पाएकि छिन् । अहिले उनी आफूजस्तै पिडितहरुको सहयोगका लागि पाइपर फाउन्डेसन नामक संस्था खोलेर सकि्रय बनेकी छिन् । उनको जीवनको यो कठिन यात्रा हामी सबैका लागि एउटा प्रेरणा बन्न सक्छ । केटिले भोगेको यो दुखद घटनाका बारेमा बनेको माई व्यूटिफुल फेस नामक डकुमेन्ट्री हेरेपछि मैले यहि अनुभूति गरे । 

माई व्यूटिफुल फेस नामक डकुमेन्ट्री हेर्न याहाँ क्लिक गर्नुस 

केटी पाइपरको तीन अवस्था हेर्नुस 


एसिड छेपिनु अघि केटी पाइपर 



















छेपिए पिछ















सल्यकि्रया पछि

















ड्यानी ल्यान्च जसले केटीलाइ एसिड छेपे 

3 comments:

  1. v interesting suman.

    ReplyDelete
  2. माई व्यूटिफुल फेस नामक डकुमेन्ट्री हेरे साँच्चै ह्हयस्पर्शी लाग्यो । लेख पनि राम्रे छ मित्र keep it up

    ReplyDelete
  3. Yeeeesss its inspirable... nice colection Keep goin on...

    ReplyDelete