Sunday, September 11, 2011

साह्रै दुख पाइयो राष्ट्रपिता !

विगतमा तपाई पनि एउटा आम नागरिक हुनुहुन्थ्यो । राजाको सावरीको सास्ति तपाईले पनि अनुभव गर्नु भएको होला । एक पटक आँखा चिम्लिएर त्यो अनुभवलाई पुर्नताजगी गर्नुस् । अहिले तपाईको सवारी चलाउदा जनताले त्यो भन्दा बढी सास्ति खेपिरहेका छन् । 


माहामहिम राष्ट्रपति ज्यू
शितलनिवास, काठमांडू

एउटा साधरण नेपाली हुँ । विहान साँढे ५ बजे उठेर कलेज जान्छु । अनि विहान १० बजे देखि आफनो काममा व्यस्त रहन्छु । उच्च शिक्षा अध्ययन गर्ने र केहि बन्ने सपना पालेर काठमाण्डु आएको हुँ । तर मलाई थाहा थिएन । यो काठमाण्डु शहर राजा महाराजाहरुको बपौति हो भनेर । म सोच्थे यो मेरो देशको राजधानी शहर हो । संविधानले मलाई स्वतन्त्र रुपमा देशको कुनै पनि ठाउँमा बसोबास गर्ने हक दिएको छ । म त्यहि हकको आडमा पूर्व ओखलढुंगाबाट काठमाण्डु आएको हुँ । तर म गलत रहेछु ।
राजतन्त्र हुन्जेल दिनहुँ राजाका सवारीले म हैरान भाथे । ट्राफिक जामले राजधानीको दैनिकि नै अस्त व्यस्त हुन्थ्यो । राजा हटाइए । लोकतन्त्र आयो । मैले सोचे अव हाम्रा नि दिन आए तर लोकतन्त्रमा तपाईलाई तीनै राजाका आसेपासेले माहाराज बनाए । 

तपाई राष्ट्रपति भवनबाट बाहिर निस्कदा सिंगो राजधानीको सवारी व्यवस्था अस्तव्यस्त हुन्छ । विगतमा तपाई पनि एउटा आम नागरिक हुनुहुन्थ्यो । राजाको सावरीको सास्ति तपाईले पनि अनुभव गर्नु भएको होला । एक पटक आँखा चिम्लिएर त्यो अनुभवलाई पुर्नताजगी गर्नुस् । अहिले तपाईको सवारी चलाउदा जनताले त्यो भन्दा बढी सास्ति खेपिरहेका छन् ।
आज तपाई इन्द्रजात्राका लागि बसन्तपुर सवारी हुनु भो । तपाईको यो सवारीले झण्डै एक घण्टा काठमाण्डौको सवारी व्यवस्थापन अस्त व्यस्त बन्यो । म विदेश जाने तयारीमा रहेकी बहिनीलाई सामान किनिदिन न्यूरोड हिडेको थिँए । तर तपाईको सवारीले गर्दा लाजिम्पाट ओरालोमा आधा घण्टा जाममा परे । जाममा रोकिएको म तपाईको तपाईको सवारी नसकि त्याहाँबाट निस्कनै सकिन । सवारी सकिएपछि बैनिलाई फोन गरे उ त रिसाउँदै घर लागिछे । फोन पनि लागेन रे अनि म पनि नपुगेपछि वहिनी रिसाउनु स्वभाविक थियो ।
चर्का घाममा अस्तव्यस्त सावारी साधनको लर्कामा 
मसँगै जाममा फसेकाहरु तपाईलाई सत्तोसराप गर्दै थिए । छेवैमा रहेका प्रहरी पनि तपाई प्रति गुनासो गरिरहेका थिए । मैले यो वेला सम्झे केहि महिना अघि एउटा नेपाली दैनिक पत्रिकाले बेलायतकी माहारानी नागरिकहरुसँगै लाइनमा बसेर कर तिरेको तस्वीर प्रकाशित गरेको थियो । भर्खरै प्रधानमन्त्री भएका बाबुराम भट्टराईले पनि केहि दिन अघिमात्रै उनको सवारीमा जनतालाई बाधा नपार्न उर्दी जारी गरे । माहामहिम तपाईले पनि वेलायतकी महारानी र हाम्रै प्रधानमन्त्रीबाट सिक्ने हो कि साह्रै दुख पाईयो राष्ट्रपिता ! यस्तो सास्ति कहिलेसम्म ?

1 comment: