Wednesday, September 14, 2011

किन बारम्बार हाम्रो राष्ट्रियता माथि आक्रमण गरिन्छ ?

"कहिले सगरमाथाको उचाई घटाइन्छ अनि कहिले हाम्रो गरीविको गलत तथ्यांक देखाएर दाताबाट ठूलो रकम झ्वाम पार्ने काम हुन्छ । अव त हुँदा हुँदा हाम्रो जमिन माथि पनि धावा बोलिएको छ ।"

 नेपालको गरीवि जनसंख्या अनि यहाँका हिमालका उचाईका बारेमा बारम्बार विवादास्पद तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । अक्सफोर्ड युनिर्भसिटीले सन् २०१० जुलाइ महिनामा एक अध्ययन सार्वजनिक गार्दै नेपालकॊ गरीवि ६५ प्रतिशत रहेको कुरा सार्वजनिक गरेको थियो । यसको बारेमा सरकारी धारणा दिन राष्ट्रिय योजना आयोगले सन् २०१० को जुलाई १६ तारिखमा काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरि नेपालको गरीवि २५ प्रतिशत मात्र रहेको दावी गर् यो । तर याहाँको वास्तविक गरीवि कति हो । अहिले पनि द्धिविधा छ । किन कि सरकारको आधिकारिक तथ्यांकलाई विश्वास गर्ने प्रसस्त आधार यहाँ छैन । यो गरीविको कुरा भयो । 

कहि समय अघि विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईका बारेमा http://www.mnteverest.net नामक वेभसाईटले सगरमाथाको उचाई ८८५० मिटिर रहेको बताउँदै यसको उचाई सन् १९९९ यता यसको उचाई ६ इन्चले बढेको दावी गर् यो । तर नेपाली सर्भेयरहरुले यसलाई मान्न तयार भएनन् । कतिपयले जलवायु परिर्वतनका कारण हिउ पग्लिएर सगरमाथाको उचाई घटिरहेको छ भन्ने तर्क पनि अघि सारे तर यर्थाथ के हो त्यसको आधिकारिकता कसैसँग छैन । अहिले पनि वेला वेलामा सगरमाथाको उचाईको बारेमा विभिन्न कुरा आउने गरेका छन् । यो सगरमाथाको उचाईको विवाद थियो । 
अहिले एउटा वेव साइटले नेपालको क्षेत्रफलका बारेमा फेरी नयाँ विवादास्पद कुरा सार्वजनिक गरेको छ । हामीले विगत देखि पढेको लेखेको र सुन्दै आएको नेपालको क्षेत्रफल १,४७,१८१ हजार वर्ग किलोमिटर हो ।
तर www.trust.org  नामक वेभ साइटले नेपालको क्षेत्रफल १,४०,८०० भनि गलत मित्थ्यांक सार्वजनिक गरेको छ । विश्वमा करिव ५३ हजार कर्मचारि रहेको दावी गर्ने थोमसन रोयटस्र फाउण्डेसन नामक संस्थाले साचालन गरेको यो हुन त यो वेभ साइटको आधिकारिकता खोजीको विषय हुन सक्छ । तर यस्ता मित्थ्यांकले नेपालको बारेमा जान्न चाहाने जो कोहिलाई भने गलत सन्देश प्रवाहित गर्ने निश्चित छ । 

बारम्बार यसरी हाम्रा राष्ट्रिय धरोधर माथि गलत हल्ला फैलाउने क्रम बढिरहेको छ । कहिले दक्षिणको छिमेकिले लुम्वीनी भारतमा छ भनि प्रचार गर्छ । कहिले सगरमाथाको उचाई घटाइन्छ अनि कहिले हाम्रो गरीविको गलत तथ्यांक देखाएर दाताबाट ठूलो रकम झ्वाम पार्ने काम हुन्छ । अव त हुँदा हुँदा हाम्रो जमिन माथि पनि धावा बोलिएको छ । झण्डै ७ हजार बर्ग किलोमिटर क्षेत्रफल घटाएर हाम्रो भूगोलाई खुम्च्याउने दुष्प्रयास भएको छ । बारम्वार हाम्रो राष्ट्रियता माथि प्राहार गर्ने यस्ता घटना प्रति हामी किन मौन छौं ?सरकार किन मौन छ ? हाल भइरहेका र भविष्यमा हुन सक्ने यस्ता गलत प्रवृतिलाई निरुत्साहित गर्न नेपाल सरकारले वेलैमा एउटा प्रभावकारी सम्यन्त्रको विकास गर्ने कि नगर्ने ? यस्ता धेरै प्रश्नहरु जवाफको प्रतिक्षामा छन् । 

No comments:

Post a Comment