Sunday, September 4, 2011

प्रधानमन्त्री ज्यू तपाई सत्ताबाट बाहिरिएपछि कुन गाडी चढ्नु हुन्छ ?

 कतिपयले उनको यो कार्यलाई सस्तो लोकपि्रयता भनी आलोचना गरिरहेका छन् । हुन पनि स्वभाविक हो उनले प्रधानमन्त्री हुनु अघि चढेको स्र्किपियो जिपको राजश्व समेत तिरिएको रहेन छ । उनकै पार्टीका विभिन्न नेताका नाममा भएका गाडी पनि राजश्व नतिरी सडकमा गुडिरहेका छन् । 
बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सबैभन्दा बढी फाइदा कसैलाई भएको छ भने त्यो फाइदा हुलासको मुस्ताङ्ग गाडीलाई भएको छ । करोडौं खर्च गरेर पनि नहुने विज्ञापन त्यो पनि सित्तैमा भएको छ । मिडियाहरु खोजी खोजी मुस्ताङ्ग गाडीको बारेमा लेख्न थालेका छन् । मुस्ताङ्ग यस्तो मुस्ताङ्ग उस्तो सस्तो नेपाली एसेम्बल्ड गाडी आदी आदी । 
एक दशक लामो जनयुद्ध र त्यसपछिको संक्रमणकालिन अवस्थाले अस्तव्यस्त बनेको देशमा थुप्रै सरकार बने थुप्रैले प्रधानमन्त्रीको कुसर्िमा बस्ने अवसर पाए । सयौ मन्त्री बने दर्जनौ राजनीतिक दलको उदय भयो । यति धेरै उथलपुथल भइसक्दा पनि शान्ति प्रकि्रया निष्कर्षमा नपुग्दा निराश बनेका नेपाली जनताका लागि पढेलेखेका र विद्धान नेता मुलुकको प्रधानमन्त्री बन्दा त्यसैले आशा जाग्नु अस्वभाविक पनि होइन ।


बाबुराम भट्टराई प्रधानमन्त्री बन्नासाथ मुस्ताङ्ग गाडी चढेर चर्चामा आए । कतिपयले उनको यो कार्यलाई सस्तो लोकपि्रयता भनी आलोचना गरिरहेका छन् । हुन पनि स्वभाविक हो उनले प्रधानमन्त्री हुनु अघि चढेको स्र्किपियो जिपको राजश्व समेत तिरिएको रहेन छ । उनकै पार्टीका विभिन्न नेताका नाममा भएका गाडी पनि राजश्व नतिरी सडकमा गुडिरहेका छन् । तर यति महत्वपूर्ण पदमा आसिन व्यक्ति सस्तो गाडीमा चढ्दा यसले मितब्ययिता होला भन्ने आशा सबै नेपालीमा छ । 
तर यो मुस्ताङ्ग गाडीको चर्चा उनी प्रधानमन्त्री हुन्जेल मात्रै कायम नहोस । उनी सत्ताबाट बाहिरिदा पनि त्यहि गाडी प्रयोग गरुन । र सरकारी कार्यमा समेत यस्तै गाडीको प्रयोगलाई जोड दिनुस् ।

अव हामीलाई हेर्नुछ तपाई सत्ताबाट बाहिरिए पछि कुन गाडी चढ्नुहुन्छ हुन त तपाई भर्खरै मन्त्री परिषद विस्तार गर्दै हुनुहुन्छ । तपाईको सरकारले मुलुकको शान्ति स्थापनालाई एउटा निष्कर्षमा पुर् याओस र जनताको आशालाई पुरा गर्नुहोस् । तर पनि मेरो मनमा यो प्रश्न बारम्बार उब्जि रहयो त्यहि भएर मैले यो शब्द लेखेको हुँ । तपाई सत्ताबाट बाहिरिए पछि कुन गाडी चढ्नुहुन्छ प्रधानमन्त्री ज्यू मुस्ताङ्ग कि बोलेरोको स्र्कपियो ?

1 comment:

  1. अव हामीलाई हेर्नुछ तपाई सत्ताबाट बाहिरिए पछि कुन गाडी चढ्नुहुन्छ ?

    ReplyDelete