Sunday, August 21, 2011

"We are not Indian" नेपाली संचार माध्याममा राष्ट्रियताको खडेरी लागेको हो ?

 पत्रकार र संचार माध्याम डामेर छाडेका साँढे होइनन् जसले जतिवेला जहाँ गएर जे गरेपनि र जे खाएपनि कसैले केहि गर्न नसक्ने । पत्रकारिता एउटा संवेदनशिल पेशा मात्रै होइन एउटा गहन जिम्वेवारी पनि हो ।

यो नारा नेपाली टेलिभिजन च्यानलहरुमा सगर्व बजीरहे 
पत्रकारितालाई राज्यले चौथो अंगको मान्यता दिएको छ । राजनीतिक दलका नेताका भाषण देखि कथित नागरिक समाज र साचारका कथित हस्तिहरु पत्रकारिता वा साचार क्षेत्रको बारेमा केहि बोल्नु पर्यो भने यहि पटक पटक बोलिरहन्छन् । राजनीतिशास्त्रले कार्यपालिका न्यायपालिका र व्यवस्थापिकालाई राज्यका तीनवटा प्रमुख अङको रुपमा मानेको छ । अनि यीनै तीन अङले साचालन गर्ने काम कारवाहिलाई निष्पक्ष भएर खवरदारी गरोस् र वफादार भएर जनसमक्ष ती कुरालाई पुर्याओस भन्ने उदेश्यका साथ पत्रकारितालाई राज्यले चौथो अंग को मान्यता दिएको हो भन्ने मेरो बुझाइ छ ।
हुन त म पत्रकारिताको विद्याथी र पेशाले पत्रकार पनि । तर आज नेपाली संचार जगतले जुन धरातलमा उभिएर पत्रकारिताको अभ्यास गरिरहेको छ । यसलाई हेर्दा चाहि नेपाली पत्रकारिता जगतलाई राज्यको चौथो अङ हो भनेर भन्न मलाई लाज लाग्छ । विगत केहि महिना देखि यस्तै एउटा प्रसंङ निरन्तर रुपमा नेपाली टेलिभिजन च्यानलहरुमा देखिइरहेको छ । त्यो पनि आफूलाई स्वाभिमानी अनि राष्ट्र राष्ट्रियता र जनता प्रति वफादार भएको दावी गर्ने नेपाल टेलिभिजन कान्तिपुर न्यूज २४ एभिन्यूज जस्ता टेलिभिजन च्यानलहरुमा ।

विगत केहि समय अगाडी देखि नेपाल टेलिभिजन कान्तिपुर न्यूज २४ एभिन्यूज लगायतका सबै जसो टेलिभिजन च्यानलहरुमा म्यांगो फ्रुटी नामक जुसको विज्ञापन बजिरहेको छ । आँपकै जस्तो कपडा लगाएका मानिसहरुले विभिन्न हाउ भाउ गरेको त्यो विज्ञापन हेर्दा निकै रमाइलो छ । तर त्यो विज्ञापनको अन्त्यमा राखिएको नारा हामी स्वाभिमानि नेपालीहरुको आत्मासम्मानमा घोचिरहने खालको छ Refreshing India विज्ञापन नेपाली उपभोक्तालाई लक्षित गरेर च्यानलबाट बजिरहेको छ । तर Refreshing India भन्ने नारा दिइएको छ । के हामी भारतीय हौ। भारत हामी भन्दा भूगोल र जनसंख्याको हिसावले निकै ठूलो छ । त्यहि मुलुक भारत अंग्रेजको उपनिवेश बनिरहँदा हामी नेपाली छाति खोलेर स्वतन्त्र मूलुकका रुपमा अडिग थियौ इतिहास साक्षि छ । तर त्यहि भारतको एउटा बहुराष्ट्रिय कम्पनी आज Refreshing India भन्ने नारा दिएर कहिल्यै नडगमगाएको हाम्रो अस्मिता माथि पटक पटक प्राहार गरिरहेको छ त्यो पनि राज्यका चौथो अंग मानिएका र साचारको पनि सबैभन्दा प्रभावकारी माध्याम ठानिएका नेपाली टेलिभिजन च्यानलहरुबाटै ।
 यस्ता कार्यक्रम पनि छन् । तर  Refreshing India भन्ने नारा बजाउँनु कहाँको राष्ट्रियता हो ?
भारतले सुस्तामा सास्ति दिदा त्यसको विरोध गरेर कहिल्यै नथाकेका तीनै साचार माध्यम आज एउटा विज्ञापन बजाए त्यस बापतको केहि पैसाको लालसामा आफुलाई भारतीय भनिएको सन्देश सर्गव बजाइरहेका छन् । अहिले पनि ती टेलिभिजन च्यानलले स्वाभिमानका कुरा गर्न छाडेका छैनन् । अझ केहि टेलिभिजन च्यानलमा त राष्ट्रिय झण्डा राखेर दौरा सुरुवालमा ठाँटिएर आफुलाई माहान राष्ट्रिबादी देखाउँदै कार्यक्रम साचालन गर्ने पत्रकार मित्रहरु पनि छन् । तर नेपाली भूभागमा Refreshing India भन्ने नारा बजाउँदै राष्ट्रबादी ढोंग देखाउने मित्रहरुलाई मलाई सोध्न मन लाग्यो तपाईको साचार माध्यामले नेपालकै अस्मितामाथि गरिरहेको प्राहारका बारेमा रिपोर्ट बनाएर तपाईकै टेलिभिजन च्यानलबाट देखाउने व्यवस्थापनलाई भनेर ती विज्ञापन रोक्ने हिम्मत तपाईमा छ ?
यदि छैन भने आफुलाई चौथो अंग भन्न छाड्नुस् । विशुद्ध व्यवसाय गरेर वस्नुस । पत्रकार र साचार माध्याम डामेर छाडेका साँढे होइनन् जसले जतिवेला जहाँ गएर जे गरेपनि र जे खाएपनि कसैले केहि गर्न नसक्ने । पत्रकारिता एउटा संवेदनशिल पेशा मात्रै होइन एउटा गहन जिम्वेवारी पनि हो । त्यसैले आम नागरिकले पत्रकारबाट निष्पक्ष सूचनाको अपेक्षा राख्छन् । र सम्मान गर्छन । राज्यले पनि त्यहि अनुसारको सम्मानको दर्जा दिएको छ । जसलाई देखेर धेरैलाई यो क्षेत्रले आर्कषण गरेको छ । तर यदि यो जिम्वेवारीलाई निभाउने हिम्मत राख्नु हुन्न र यसको मर्यादा कामय गर्न सक्नु हुन्न भने रहर गरेर यो क्षेत्रमा नलाग्नुस् । मलाई लाग्छ हामी सबैको रगतमा नेपाल बगिरहेछ हामी कसरी इण्डियन भयौ ?
मलाई यहाँ सरकारी निकायसँग् पनि प्रश्न गर्न मन लागेको छ । नेपाली श्रम पसिना र मेहनतले बनेको एउटा चलचित्रलाई सरकारले गठन गरेको सेन्सर बोर्डले कैचि चलाएर मात्रै प्रसारण गर्ने अनुमति दिइन्छ । तर भारतमा बनेर नेपालमा बज्ने यस्ता विज्ञापनका सवालमा के सरकारले केहि गर्न सक्दैन आखिर किन सायद यसमा पनि प्रभुहरुको चलखेल हुन्छ होला ।
एउटा स्वतन्त्र र स्वभिमानि नेपालीका हैसियतले म चिच्याइ चिच्यचइ भन्छु हजार बार भन्छु I am not an Indian, I am proud to say that, I am Nepali and I will always remain a नेपाली . I am not an Indian सायद तपाई पनि यहि भन्नुहुन्छ होला ।

3 comments:

  1. La ramro lagyo yar..

    ReplyDelete
  2. एउटा स्वतन्त्र र स्वभिमानि नेपालीका हैसियतले म चिच्याइ चिच्यचइ भन्छु हजार बार भन्छु I am not Indian, I proud to say that, I am Nepali and I will always remain a नेपाली .

    ReplyDelete
  3. Yo desh nai yestai ho sir, ke garne kasai lai matlab 6en

    ReplyDelete