Tuesday, August 16, 2011

मिसन दोलालघाट


सबैको सहमतिमा सुन्दरीजल हुँदै्र चिसापानी यात्रामा जाने निर्णय भएको थियो । तर मध्य वर्षात्को समय भएकोले चिसापानी यात्रा पुरा गर्न नसकिने भयो । २०६८ असार १७ गते शुक्रबार हाम्रो १० जनाको टोलि दरवार हाइस्कूलमा जम्मा भएर चिसापानिका लागि हिड्ने कार्यक्रम थियो । तर साथीहरु समयमै आउन सकेनन् । समय ढिला भइसकेको थियो । त्यसैले चिसापानी जान नभ्याइने भएपछि हाम्रो गन्तव्य सिन्धुपाल्चोकको तातोपानी क्षेत्रतिर लाग्ने निर्णय भयो । 

सजल र सुमन बाइकमा
फोटो खिचाउदै हामीहरु 
चिसापानी जान जोरपाटीसम्म पुगेका हामीहरु समयको अभावका कारण तातोपानी तिर लाग्यौं । ५ वटा मोटरसाइकल १० जाना साथीहरु यात्रा रमाइलो भइरहेको थियो । धुलिखेलबाट ओरालो लाग्ना साथ पानी पर्न थाल्यो । रेनकोट बोकेको भए पनि त्यो वेला परेको पानीका लागि रेनकोटले काम गरेन । सबै जसो साथीहरु आधा जति भिजिसकेका थियौं । ओरालो सकेर तामाघाट पुगियो । पानी पर्न केहि कम भएको थियो । यात्रामा समस्या शुरु भयो ।

साथी मणिको मोटरसाइकल पाचर भयो । टयूवलेस टायर रहेछ तर पुरानो भएकाले पहिला परेका प्वाल समेत अहिले देखिएछन् । जम्मा जम्मि १० वटा मात्रै प्वाल रहेछ । मणि मोटरसाइकलको पाचर टाल्न वर्क सपमा गए । हामीहरु नजिकैको पसलमा चिया खान बस्यौ । करिव आधा घण्टा यहाँ बसेपछि हाम्रो टोली लाग्यो तातोपानी तर्फ । 

तामाघाटमा चिया खादै साथीहरु 
तर फेरी मणिको बाइकमा समस्या देखियो । यात्रा अव दोलालघाटमा रोक्ने निर्णय भयो । ठाउँ ठाउँमा फोटो सेसन गरियो । अनि वस्नको लागि होटल खोजीयो । दुई चारवटा ठाउँ हेरेपछि पुल पारिपट्टिको होटल मिलिजुलीमा बस्ने निर्णय भयो । रमाइलो गरेर बसियो । रातको २ बजेसम्म विवेकको गित र साथीहरुको हल्लाखल्ला चलिरयो । 

काली मन्दिरमा हाम्रो टीम 
विहान दोलालघाट पारि रहेको अर्काे सानो बजारमा चिया खान जाने निर्णय भयो तर त्याहाँ खासै राम्रो व्यवस्था देखिएन अनि फेरी दोललाघाट मै फर्किएर चिया र नास्ता खाएर काठमाण्डौका लागि फर्कियौं । यति चाँडै काठमाण्डौ गएर के गर्ने अव धुलिखेल जाउँ त्याहाँ घुमौ अनि फर्कने । साथीहरुको यहि सल्लाह अनुसार हामी धुलीखेलको कालि मन्दिर तर्फ लाग्यौं । 

No comments:

Post a Comment