Tuesday, August 16, 2011

बाइकमा चिप्लेटि खेल्दै नमोबुद्ध

भाग-१
"मेरो बाईक लेउमा चिप्लियो । धन्न बाटो छोडेर कान्लामुनि बाईक झरेको ! जसोतसो कन्ट्रोल गरियो । बाईक र त्यसमा सवार म अनि विवेक तीनै सकुसल थियौं ।"
नमोबुद्ध जान तयार हाम्रो टीम 
धेरैले यात्रा गर्नु पूर्व आइपर्ने कठिनाईलाई न्यूनिकरण गर्न थुप्रै तयारी गर्छन् । तर मैले गर्ने अधिकाश यात्रा भने पूर्व तयारी विना नै हुने गरेका छन् । सायद त्यसैले होला पछिल्लो समयमा अधिकांश यात्रामा मैले निकै चुनौतिहरुको सामना गर्नु पर् यो । ती चुनौतिले यात्रालाई यादगारमात्रै बनाएनन् साहासिक यात्राका लागि मलाई थप प्रोप्साहित समेत गरेको छ । 

यात्राको यस्तै रोमाचक अनुभूति बटुल्दै साथीहरुसँग घुम्ने क्रममा धुलिखेलको कालिमन्दिर पछि हाम्रो यात्रा फेरी नमोबुद्ध तिर मोडियो । हाम्रो यात्राको लिष्टमा यी दुवै स्थान थिएन । मैले अगाडी नै बताइसके कि मेरा पछिल्ला यात्राहरु पूर्वतयारी विना नै भइरहेका छन् । यी दुई यात्रा पनि त्यसैको उदाहरण बने ।

साथि बिबेक र म
शुरुमा हामी कालिमन्दिर पुग्यौ । निकै अफठ्यारो बाटो भए पनि विहानको समय रमाइलो भइरहेको थियो । मन्दिर दर्शन गरेर तल झर्ना साथ साथी वीरेनले अव नमोबुद्ध जाउँ भन्ने प्रस्ताव राखे । बहुमत साथीहरुको समर्थन भएपछि हामी सवै जना मिसन नमोबुद्धका लागि तयार भयौ । तर मलाई भने साथी मणिको बाइकले समस्या दिने हो कि भन्ने डर भने लागिरहेको थियो । जुन बाइकको हिजो मात्रै १० वटा पम्चर टालिएको थियो । हाम्रा साथीहरु निकै रमाइला छन् । त्यसैले हाम्रो यात्रा काहाँ कतिखेर कता जान्छ भन्ने हामीहरु आफै गन्तब्यमा नपुगुन्जेल थाहा नै हुन्न । 

छेवैमा रहेका एक अर्धवैंशेलाई वीरेनले-दाई नमोबुद्ध जाने बाटो कताबाट हो ती भद्र भलाद्मीले हामीलाई बाटो देखाउँदै २० मिनेटमा नमोबुद्ध पुगिने बताए । त्यति थोरै दुरी हो भने जाउँ न त भन्ने सहमति भएपछि हामी नमोबुद्ध तिर लागेका थियौं ।

यो त राम्रो बाटो, यो भन्दा नि खत्तम थियो बाटो
नमोबुद्धका लागि जब हामी ओरालो बाटो लाग्यौ मेरो मनमा चिसो पस्यो । मसँगै पछाडी साथी विवेक छ । बाटोमा टयाक्टर समेत हिड्न मुस्किल छ । पानीले खोलेर बनाएका ठूला खाल्टा अनि घाँस उमि्रएर बाटो नदेखिने अवस्था । यति सम्म त ठिकै थियो तर बचेखुचेको रातमाटे बाटो लेउलागेर हिड्न समेत मुस्किल पर्ने अवस्थामा रहेछ । यो बाटोको यो अवस्था हेर्दा सकुसल नमोबुद्ध पुगिनेमा सबै साथीहरु विश्वस्त थिएनन् । ठाउँ ठाउँमा मोटर साइकलको पछाडी बसेका साथीहरुलाई ओर्लादै हामी बाटो बनाउँदै अगाडी बढ्यौ । यतिकैमा मेरो बाईक लेउमा चिप्लियो धन्न बाटो छोडेर कान्लामुनि बाईक झरेको जसोतसो कन्ट्रोल गरियो । बाईक र त्यसमा सवार म अनि विवेक तीनै सकुसल थियौं ।  मुटु ढक्क फुलिरहेको थियो, धड्कन बढिरहेको थियो । तर यो यात्रालाइ जसरि नि पुरा गर्नु थियो । येही सोच्दै बाईक उठाइयो । अनि फेरी गन्तब्य तिर लागियो । 

केहि अगाडी मात्रै के बढेका थियौ फेरी अर्का साथी सन्तोषको बाइक चिप्लिएर लड्यो । एक पछि अर्का बाइक लड्न थालेपछि सबै साथीलाई यो यात्रा व्यर्थै आइएछ भन्ने चै लागेको थियो । 
सकसपूर्ण बाटो झरे पछि बाइक नीयाल्दै साथिहरु 
बाइक चिप्लने क्रममा तेश्रोमा मणिको पलो आयो । फेरी बाइक उठाउँदै निरन्तर ओरालो झरिरहयौं । हामी यो यात्रालाई यहि रोक्न सक्ने अवस्थामा थिएनौ तर बाटोको अवस्था हेर्दा हामीले ठूलै दूर्घटनाको सामना गर्नु पर्ने हो कि भन्ने डर हामी सबै साथीहरुमा थियो । यो डाँडा डाँडा मोटरसाइकल लिदै दौडिरहेको देखेर होला सायद गाउँका मान्छेहरु पनि छक्क पर्दै हामीलाई हेरिरहेका थिए । 

शुरुमा बाटो सोधेका ती अधबैशे व्यक्तिले २० मिनेटमा नमोबुद्ध पुगिन्छ भनेका थिए तर हामीलाई त्यहि काहालिलाग्दो ओरालो छिचोल्न आधा घण्टा भन्दा बढि समय लाग्यो । बाटो छेउमा चौतारो रहेछ । छेवैमा रहेको पसलमा साथीहरुले आफनो लत शान्त पारे । तपाईहरु डरलाग्दो बाटो आउनु भएछ । यो बाटो त कोहि पनि हिड्दैनन् । ती पसलेले यो कुरा गरे पछि हाम्रो डरको पारो निकै बढेको थियो । धन्न ठूलो दूर्घटना नभइ यहाँ आइपुगिए छ । बुद्धलाई धन्यवाद भन्दै हामी फेरी अगाडी बढ्यौं । 
नामोबुद्ध पुगे पछि फोटो खिचाउदै हामीहरु 

केहि मिनेट मै हामीले विपि राजमार्ग भेटयौ । यसलाई काटेर झण्डै ४५ मिनेटको यात्रा पछि बल्ल हामी नमोबुद्ध पुग्यौ । यो ४५ मिनेटको यात्रा पनि कम कष्टकर थिएन । हामी मोटरसाइकल चलाउनेहरुका जुत्ता हिलाम्य थिए । बाइकको अवस्था पनि उस्तै थियो । भोको पेट अनि थकान कुरा गरि साध्य थिएन । तर जब त्यो अनाकन्टार पाहाडमा त्यो भब्य गुक्बाको दर्शन पाइयो । हामीले ती सारा थकान र भोक बिर्सीयौ र लाग्यौ गुम्बाको अवलोकनमा । वहा  नमोबुद्ध  ! 

3 comments:

  1. "तर जब त्यो अनाकन्टार पाहाडमा त्यो भब्य गुक्बाको दर्शन पाइयो ।" Nastik bata U-turn liyechhau. Anyways never miss a chance to travel.

    ReplyDelete
  2. Ramro lekha chha.Lage raho Suman vai....

    ReplyDelete
  3. yar yo thaun ta sarai ramailo 6 re ghumna januparla bhaneko bato chai khattam raichha .

    ReplyDelete