Tuesday, August 16, 2011

मिसन चिसापानी


The Fun Starts here.....

यात्रा स्मरणिय होस् हिन्दिमा यादगार होस र अंग्रेजीमा मेमोरेवल होस् । यात्रामा निस्कनु अघि यी तीन भाषाका तर एउटै अर्थ लाग्ने शब्दलाई म सकेसम्म दिमागमा राखिरहन्छु । किन कि यदि यात्राका क्रममा कुनै रमाइला घटना वा परिघटना भएनन भने त्यो यात्रा स्मरणिय हुँदैन् परिणामस्वरुप चाँडै नै दिमागबाट इरेज हुन्छ । 

जीन्दगीको यो दौडलाई एउटायात्रा मान्ने हो भने अहिलेसम्म अनगिन्ति यात्राहरु गरिए । तर ती मध्ये निकै थोरै यात्रा मात्र सम्झनामा छन् । अनि ती थोरै मध्येका पनि केहि औलामा गन्न सकिने यात्राहरु मात्रै जीवनभरीका लागि सम्झनयोग्य छन्् । यसको मतलव यो होइन कि ती यात्रा सुखद थिए त्यसैले यादगार भए ती मध्ये धेरैजसो नसोचेकेा दुख व्यहोर्नु परेका कारण पनि मेमोरेवल बनेका हुन् ।

गत वर्ष देखि स्कूले साथीहरुसँग हरेक बर्षको एक पटक कतै रमाइलो गर्न घुम्न जान थालिएको छ । मैले दरवार हाईस्कूलबाट २०५६ मा एसएलसि सकेको हुँ । करिव एक दशक पछि त्यहि व्याचका १० जाना साथीहरुको जम्का भेट भयो । त्यो जम्का भेट फेसबुकका कारण सम्भव भयो । सबै साथीहरु आआफनो पेशा व्यवसायमा व्यस्त भएका छौ । त्यसैले हामीले बर्षको एक पल्ट समय मिलाएर कतै घुम्न जाने निर्णय गर् यौंं । त्यहि निर्णय अनुसार गत वर्ष त्रिशुली र नुवाकोट दरवार क्षेत्र घुमियो । एक दशक पछि जमघट भएका हाम्रो त्यो भ्रमण पनि निकै यादगार थियो । हेर्नुस यो लिंक : 
दश बर्ष पछिको त्यो जमघट http://www.sumanluitel.com/2011/08/ten-guys-after-ten-years.html
यसपटक भने यात्राको समय मिलाउन निकै समस्या पर्यो । तैपनि सुमन बोगटि र मनि चित्रकार दुई साथीहरुको झक्झकाइका कारण तय गरिएको भन्दा करिव २ महिना पछि हामीले यो बर्षको भ्रमणलाई पुरा पुरा गर्ने भयौ मिसन चिसापानी । 

1 comment:

  1. ke ho bro khub ramailo garinchha jasto 6 ni ? je hos jeendagi ma sathi haru sanga ghumnu ko mazza nai beglai hunchha.

    ramesh bhandari

    ReplyDelete