Saturday, February 12, 2011

गृह, विष्ट र दलित


खगेन्द्र संग्रौला
धेरै पहिले 'घर' शीर्षकको कथा लेखेको थिए“। आफै“ले बिर्सेको त्यो कथा मलाई अहिले गुप्तवासमा रचिएको सात बु“दे गा“ड कोराकोरले सम्झायो। कथामा विष्टबराजुहरूको विभेदकारी र अमानवीय नीतिशास्त्रले अछुतको दर्जामा राखेर अमान्छे बनाइएको दलित गृहशिल्पी छ। ऊ घर बनाउ“छ र रंगरोगन गरी त्यसलाई चिरिच्या“ट्ट सि“गार्छ। विष्ट मालिक पूजाआजा गरी घर चोख्याएर त्यसमा थपक्क भित्रिन्छ। अलि दिनपछि दलित शिल्पी बा“कीबक्यौतो ज्याला लिन आउ“छ र फटाफट घरभित्र पस्छ। विष्टको वर्चस्वको छाया“मा आफ्नो श्रम, सीप, पसिना र यत्नद्वारा निर्मित घरमा पस्नु हुन्न भन्ने उसलाई हेक्का नै हु“दैन। घरमालिक तै“ले मेरो घरलाई बिटुलो बनाइस् भनेर गृहशिल्पीलाई कुट्छ। शिल्पी दलित घर मैले बनाएको हो, मैले टेक्दा यो घर कसरी बिटुलो हुन्छ भनेर सरल र निर्दोष तर्क गर्छ। ऊ फेरि कुटिन्छ र लखेटिन्छ। र, शिल्पी दलितको बा“की ज्याला विष्टीय शुद्धताको आगोमा जलेर भस्मखरानी हुन्छ।
लाग्छ, अहिले नवीन कथाको विष्टको भूमिकामा झलनाथ खनाल छन्। माओवादीले अति गोप्य, अति छिटो र अतिशय चामत्कारिक विधिले झलनाथलाई सप्रेम आलिंगन गर्दै सरकार बास बस्ने घरको खाका बनायो। सनातनी विष्टीय संस्कारको झझल्को दि“दै झलनाथले पूजाआजा गरे, घरको परिवेश चोख्याए र ग्रहशान्ति गरी सानका साथ उनी नवनिर्मित शासकीय घरमा भित्रिए। र, उनले बकाइदा सिंहासन आरोहण गरे। अहिले 'गृह'बिना म कालत्र गृह प्रवेश गर्दिन भनेर माओवादी लिन्ठिंङ सिंहदरबारको उदास र उजाड आ“गनमा उभिएको छ। झलनाथ छलद्वारा 'गृह'समेत कब्जा गर्ने सुरले मेरो कथाको विष्टझै“ भित्र गद्दीमा गजधम्म विराजमान छन्। कथाको प्रताडित र दमित दलितझै“ माओवादी बाहिर किंकर्तव्यविमूढ छ। ऊ सन्तप्त छ। अलपत्र छ ऊ। झलनाथको निकट विगतको चरित्रको पर्वाहै नगरी आ“खा चिम्लेर माआवादीले उनलाई काखी च्याप्यो। बेहोसीको लडहमा फसिहाले, सके अब बरा माओवादी गणको भूमिका विष्ट झलनाथगणको आ“गनको झाडुवाल हुनुमै सीमित रहला। आखिर विभेदरहित गणतन्त्रको घोषणापछि पनि दलितगणको हालत यस्तै त छ।
राजनीति फा“टको विष्ट–दलितको यो नया“ कथा कुटिल रहस्यका पत्रहरूले जेलिएको छ। एमाले महलको छापा भन्छ — रक्षा, गृह र अर्थ अशुद्ध माओवादीलाई किमार्थ नदिन आफ्नो दलका शुद्ध ब्राह्मण त्रयको चयन गरेको झलनाथैले हो। बैठकको अध्यक्षता उनैले गरे, मन्त्री भइखाने तीन थान नाम उनैले उच्चारण गरे। र, समर्थनको थप्पडी पनि उनैले बजाए। माधव–केपीको डरको नतिजा थियो त्यो। अहिले माधव–केपी झुन्ड मखलेल मुद्रामा भन्दो छ — अरू त के, बिटुलो माओवादीलाई गृह दिनु हुन्न भन्ने पवित्र वचन पनि झलनाथैका मखारविन्दबाट प्रकट भएको हो। सात बु“देको डोलामा झलनाथलाई बोकेर माओवादीले गृह बनायो, अहिले गृहविहीन भएर ऊ दिग्भ्रमित भएको छ।
म्ानवचरित्र मौसमझै“ परिवर्तन हु“दैन। मौसम निश्चित समयक्रममा जाडोबाट गर्मी र गर्मीबाट जाडोमा परिवर्तन हुन्छ। यो क्रम नित्य छ। यो अवश्यम्भावी छ। तर, मानवचरित्रको परिवर्तनको क्रम अनिश्चित छ। मानवचरित्र असलबाट खराबमा अलि छिटो परिवर्तन हुन्छ। तर, खराबबाट असलमा परिवर्तन हुन न त सजिलो छ न छिटो नै। पुष्पकमल दाहाललाई झलनाथले कटवाल काण्डमा नग्न भेषमा आफ्नो चरित्रको सार देखाइदिएका थिए। त्यो हिजैको कुरा न हो। तर, लघुस्मृति भएका दाहाललाई त्यसको हेक्का रहेन। उनले आवेगको वशमा परी कर्म गरे अथवा झो“कैझो“ले ‰याप् दिए। अहिले अल्पविचार, लघुस्मृति, अल्पदृष्टि र अल्पसंयमको फल उनका गलामा गा“डझै“ फलेको छ। त्यो झलनाथीय कमालको फल हो।
बहदलीयतामा 'म' हुन्छ र 'ऊ' हुन्छ। सात बु“दे स्रेस्ताका रचनाकारले 'म'लाईमात्र देखे, 'ऊ'लाई देखेनन्। अथवा प्रलोभन वा प्रतिशोध वा दम्भवश 'ऊ'लाई वास्ता गरेनन्। झलनाथले केपी–माधवलाई देखेनन्, दाहालले क्युरियो कांग्रेसको पर्वाह गरेनन्। झलनाथले आफ्नै पार्टीको समग्र सम्मति जरुरी ठानेनन्, दाहालले आफ्नै पार्टीको सिंगो समर्थन जोड्न जा“गर लाएनन्। र नै त सम्भावित विवाद र नतिजाको पर्वाह नगरी सात बु“दे स्रेस्तामा तिनले आलोपालो गरी आफै“ प्रधानमन्त्री र उच्चस्तरीय संयन्त्रको 'बोस' बन्ने कथा राखे। बेढङ्गे कथा र त राखे तर आखिरमा त्यही कथाले पोलेर यिनको स्रेस्ता गोपीक्या“च हुने लक्षण देखापरिसकेको छ। हिजो सत्तामा माधवीय भेषमा कांग्रेसको एमाले सरकार थियो। त्यसले शान्ति र संविधानको कामलाई गति दियो कि अगतिको भड्खरोमा जाक्यो परिणाम नाङ्गा आ“खाअगाडि छर्लङ्गै छ। अहिले उही थोत्रो दृष्टान्तलाई पछ्याउ“दै झलनाथीय भेषमा माओवादीको एमाले सरकार बनाउन खोजियो। जे हिजो नालायक ठहरिएको थियो त्यही आज कसरी लायक ठहरिएला र? हिजो क्युरियो कांग्रेसले माओवादीलाई सत्ताबाट पाखा पारेको थियो र समयको रथ गतिहीन भएथ्यो। आज उही कांग्रेसलाई पाखा पारेर उही उच्चाटलाग्दो कथा दोहोर्‍याउने यत्न गरियो। त्यसैले सायद यो कथा हा“डीघोप्टेको जस्तो नियति झेल्न अभिशप्त होला।
प्रधानमन्त्रीको गद्दी 'सहमतीय' राजनीतिका परमभक्त झलनाथको चिर सपना थियो। जब गद्दी निकट देखियो सहमतिको उनको रटना सहजै विस्मृत भयो। तर आश्चर्य, दाहालले हिजो कटवाल काण्डमा आफूलाई थाङ्नो उपहार दिने उनै झलनाथलाई निष्कलंक, निष्पाप र कञ्चन देखे। बनिया“सितको व्यवहारमा बनिया“ काइदा नै आसपी लेनदेनको अस्सली मानक हो। प्रधानमन्त्रीको गद्दीमा अपलक दृष्टि थमाएर झलनाथले दाहाललाई भने होलान् — त्यो भव्य आसन मलाई, बा“की झिनामसिना आसनजति सबै कमरेडलाई। दाहालले पत्याए। एमालेमा फगत चौथाइ एमालेको हैसियत भएका झलनाथको छेवैमा उनीतिर तरबार उजाएर रौद्ररूपमा उभिएका केपी–माधवको भयकारी चित्र दाहालका आ“खामा परेन। न त निर्वाचनबाट नांगा हात लिएर घर फर्कने रामचन्द्र पौडेलहरूको भयङ्कर प्रतिक्रियाको नै तिनले आकलन गरे। तिनलाई लाग्यो होला — हामी जे गर्छौ“, इहलोकमा स्वतः सदर भइहाल्छ। बस्, हाम्रा खेलाडीलाई यही एकपाखे सोचाइले बिगार्‍यो।
अब झलनाथीय सरकार माधव सरकारकै कार्बनकपी त होला। माधवले जे गरेथे, झलनाथले सके त्यही गर्लान्। केपी–माधवको इच्छाबमोजिम झलनाथ पत्करझै“ लत्रिए र तिनले तिनलाई भने — बात सही हो कमरेड, रक्षामन्त्रालय एमालेलाई, गृह एमालेलाई, अर्थ एमालेलाई! माओवादीलाई थाङ्नो, एमालेलाई सत्ता! झलनाथको अप्रकट वाणीसमक्ष लत्रिएर माओवादीले जो मर्जी ख्वामित् भनिदिएको भए सके स्थानीय विकास र परराष्ट्र मन्त्रालय पनि तिनले एमालेकै झोलीमा पार्थे होलान्। यो लोकले देखिजानेको र भोगिजानेका झलनाथीय गणितको कमाल हो! कथित सहमति त केबल कपटकारी साधन हो, साध्य सिंहदरबारमा माधव नेपालको छेवैमा झलनाथको फोटो झुन्ड्रयाउनु हो। हिजो कांग्रेसका कृपाले निमित्त नायकरूपी माधवलाई प्रधानमन्त्रीको गद्दी प्राप्त भएथ्यो। त्यो गद्दीप्रति झलनाथको डाहा थियो। त्यसैले उनले सहमतिको कोर्रा हल्लाएर त्यसलाई ढाल्न दरो योगदान गरे। आज माओवादीको कृपाले झलनाथलाई उही विनाशकारी गणितीय गद्दी प्राप्त भयो। हिजोको गणितीय गद्दी अपवित्र थियो किनभने गद्दीमा माधव थिए। आजको गणितीय गद्दी पवित्र छ किनभने गद्दीमा झलनाथ विराजमान भएका छन्। सत्तालिप्सा, अवसरवाद, नैतिक क्षयीकरण र लज्जाहीनताको यसभन्दा डरलाग्दो दृष्टान्त अरु के नै पो होला र?
विष्ट–दलितको यस कथामा झलनाथ परे फगत निर्मित कर्ता। यिनको निर्माता माओवादी हो। यो गाईजात्राको जसअपजसको माउ अधिकारी माओवादी नै हो। चिनिएका विष्टलाई जानीजानी बोक्दा दलित माओवादीलाई फेरि थाङ्नो प्राप्त भयो। भाग्यको लेखान्तर हो, खोजेर पाइएको थाङ्नो उपभोग गरौ“। खै, अरू के नै पो भन्न सकिन्छ र?

No comments:

Post a Comment