Sunday, February 20, 2011

ब्रायन बुढाले नचाए

बुढ्यौली उमेरका गायक ब्रायन एडम्सले शनिवार नेपाली दर्शकहरुलाई करिव २ घण्टा विन्दास पाराले नचाए ।

मेरका हिसावले पाच दशक काटिसके । यहि उमेरलाई नै आधार मान्ने हो भने यो बुढेसकालमा प्रबेश गरिसकेको अवस्था हो । तर जब उनको हातले गिटार समाउँछ र उनी गाउन थाल्छन विश्वास गर्नै गाह्रो पर्छ कि उनी एकाउन्न बर्षका भैसके भनेर । किन कि उनको प्रस्तुति यति फुर्तिलो र जोशिलो हुन्थ्यो लाग्यो कुनै सोह्रबर्षे केटाले हामीलाई ब्रायनको नक्कल गरेर गित सुनाइरहेको छ । तर यो कुनै छलकपट थिएन । हाम्रो अगाडी विश्वविख्यात गायक ब्रायन एडम्स उपस्थित थिए । आफना गित संगितबाट नेपालीलाई मनोराजन दिलाउनकै लागि आएका । जोसिलो र फुर्तिलो पाराले दर्शकलाई उर्फान सक्ने खुविकै कारण सायद यो समयमा पनि उनी विश्वका धेरै संगित प्रेमिका लागि मुर्धन्य छन् । हो तिनै बुढ्यौली उमेरका गायक ब्रायन एडम्सले शनिवार नेपाली दर्शकहरुलाई करिव २ घण्टा विन्दास पाराले नचाए ।

म अंगे्रजी गित त्यत्ति धेरै त सुन्दिन तर ब्रायन आडम्सका केहि गित मेरालागि सदावहार छन् । गायक संगितकार रचनाकार तथा गिटारिष्टका रुपमा समेत ख्याति कमाएका ब्रायन नेपालमा कन्स्रटका लागि आउने रे यो हल्ला सुन्न थाले देखि नै समर अफ सिक्टी नाइन का गायकलाई नजिकै बाट नियाल्ने भित्रि इच्छा मैले पनि पालेको थिए । आज त्यो इच्छा पुरा भएको छ । बेलुकी पौने आठ बजे देखि नौ पैतालिस सम्म करिव २ घण्टा तिनै बुढाले गित सुनाए अनि हामी तन्नेरी हात हल्लाई हल्लाई नाच्यौ । दशरथ रंगशालामात्रै होइन त्यसको आसपासको क्षेत्र पनि पुरै आडम्सको संगितले गुाजयमान भयो । अत्याधुनिक लाइटिङ र अन्तराष्ट्रिय स्तरको साउण्ड सिस्टम जडान गरिएको रंगशालामा ब्रायनका हजारौ फ्यानहरुको उपस्थिती थियो ।

कालो सर्ट र ज्याकेट अनि जिन्स पहिरनमा थिए । जुन उनको फेभरेट कलर पनि हो । अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्रायन जुन जोशमा गित गाउँथे उनीबाट करिव १० फुटको दुरीमा रहेका हामी साथीहरु त्यहि जोसमा नाच्थ्यौ । कार्यक्रममा आडम्सले आफना चर्चित लुक इन्टु माई आइज प्लिज फरगिभ मि हियर आइएम र लेट्स मेक अ नाइट रिमेम्बर जस्ता आधा दर्जन बढी गित सुनाए । अझ रमाइलो कुरा त उनले प्रस्तुतिकै क्रममा एउटा गितमा दर्शक दिर्घामा रहेकी नेपाली युवति बृन्दा लाई बोलाएर आफैसँग गाउन लगाए ।

आडम्सको प्रस्तुति शुरु हुनुपूर्व नेपालको पहिलो सांगितिक समूह नमस्ते मंगोलियन हार्ट र रवीन एण्ड लुजाले आ आफ्नो प्रस्तुतिबाट दर्शकहरुलाई वार्म अप गरेका थिए । कार्यक्रममा अतिथि केसीले राष्ट्रिय गान गाएकी थिइन् ।

गित संगितका अतिरिक्त फोटोग्राफिका समेत शौखिन आडम्सले स्टेजबाटै गित गाउँदा गाउँदै भिडियो र तस्विर समेत लिन भ्याए । प्यारफिट र ग्रउण्डमा रहरको दर्शकले मोवाई बालेर आडम्सका गितमा झुमेको दृष्य निकै चित्तार्कषक थियो । कार्यक्रममा युवाहरु मात्रै उपस्थित थिएन । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर् याएका कलाकार संगितकर्मि लगायतका थुप्रै हस्तिहरु पुरै अवधिभर आडम्सका गितमा झुमिरहे । स्टेज छाडेर हिड्न खोज्दा दर्शकको वान्स मोर पाएर बुढाले दुई दुई पटक रोकिएर गित सुनाए । काठमाण्डौको चिसो वातावरणलाई आडम्स बुढाले आज साँच्चै तताए त्यसैले त जान्ने नजान्ने सबै हात हल्लाउँदै कम्मर मर्काउदै विन्दास पाराले नाचिरहे

No comments:

Post a Comment