Sunday, July 24, 2016

त्यसैले म पागल

तस्वीर इन्टरनेटबाट 
मैले विरामीको रगत चुसेर आफू मोटाउने प्रयास गरिन
त्यसैले म पागल,
पाखोबारी बेचेर उपचारका लागि आउने गरीवलाई उठिबास लगाइन
त्यसैले म पागल
सरकारी जागिरमा छँदा छलकपट गर्दै निजी अस्पताल र क्लिनिक खोलिन
त्यसैले म पागल
रुकुममा झाडा चल्दा काठमाण्डौमा बसेर जनस्वास्थ्यको बारेमा मिडियाबाजि गर्न लागिन
त्यसैले म पागल

Tuesday, July 19, 2016

के शक्ति र पदमा हुनेहरुलाई देशको कानुन लाग्दैन ?

नेपाल प्रहरी समय समयमा उपभोक्तालाई नयाँ नयाँ नारा सहित आफना सेवा र उत्पादन बेच्ने व्यवसायिक संगठन जस्तो हुन हुदैन । त्यसैले कहिले मुस्कान सहितको सेवा त कहिले प्रहरी मेरो साथी भनेर प्रचार प्रसार गर्नु पर्ने आवश्यकता छैन । 


केहि दिन यता राजधानिका सडक पेटीमा एउटा गज्जवको होडिङ बोर्ड देखिन थालेको छ । मूलुकको एउटा सुरक्षा संगठन नेपाल प्रहरीको । बोर्डमा नारा छ प्रहरी मेरो साथी । यो बोर्ड सडक पेटीमा देखिदैगर्दा कास्किको बेगनासमा नेपाल प्रहरीका  जवान गणेशबहादुर विष्टलाई डयूटीका क्रममा सेनाका उच्चपदस्थका आफन्तलाई मापसे गरेर सवारी साधन चलाएकोमा कारवाही गर्दा उल्टै आफै हिरासतमा परेको समाचार बाहिर आइरहेको थियो । (समाचार यस्तो थियो http://setopati.com/samaj/49808/) जुन संगठनमा आफनो कर्तव्य निर्वाह गर्दा ठूलाबढा र पावरवाला हाकिमहरुले गरेको थिचो मिचोको विरोध गर्न पाइदैन त्यो संगठन आम नागरिकको साथी कसरी हुन सक्ला ? यो प्रश्न मनमा खेलिरहयो ।

Monday, July 4, 2016

धन कै आधारमा सरकारले नागरिकहरु माथि विभेद गर्न मिल्छ ?

राहादानी लिन परराष्ट्र मन्त्रालयमा जम्मा भएका नागरिकहरु ।
तस्विर:इन्टरनेटबाट साभार



भोलिका दिनमा धनिहरुले सरकारले मागेजति पैसा दिन्छौ सबै सरकारी सेवा घरमै उपलब्ध गराई पाउँ भने भने सरकारले सबै सेवा दिन्छ ?




रकारले ५ हजार तिर्नेले राहदानीका लागि झण्डै महिना दिन कुर्नु पर्ने अनि १० हजार तिर्नेले एक सातामै राहादानी पाउने व्यवस्था ग¥यो । छिटो छरितो सेवा प्रदान गर्ने नाममा सरकारले मूल्यका आधारमा आफनो सेवा प्रदान गर्न थालेको यो विभेद एउटा नेपाली नागरिक भएका नाताले टुलु टुलु हेरेर बस्नु सिवाय मैले गर्न सक्ने अवस्था केहि थिएन । धन खर्चिन सक्नेले हिजो हप्ता दिनमा राहादानी पाउँथे आब त्यो भन्दा बढि (१५ हजार) खर्चन सक्नेले एक दिन मै राहादानी पाउने भएछन् । यो सामाचार बाहिर आएपछि नलेखि बस्न सकिन । धन कै आधारमा सरकाले नागरिकहरु माथि विभेद गर्न मिल्छ कि मिल्दैन ? यो प्रश्नको जवाफ सरकारले दिनु पर्छ । 

Sunday, July 3, 2016

पत्रकारिता र शिक्षण सँगसँगै चार दशक

वर्षौंसम्म दिनहुँको पत्रकारिता र त्यसपछि पनि नियमित स्तम्भ लेखनका अतिरिक्त खरेलले गर्नुभएको मिहिनेत, दिनु भएको समय र बाँड्नु भएको ज्ञानकै कारण आज नेपालमा पत्रकारितामा विद्यावारिधिसम्म गर्न पाइने भइसकेको छ ।  
डा.कुन्दन अर्याल
हाँले केही प्राप्त होला भन्ने आशामा आफ्ना असन्तुष्टिलाई गुम्स्याएर राख्न जान्नु भएको छैन ।  उहाँका लागि आलोचनाको घेराभन्दा माथि कोही छैन ।  त्यस्ता व्यावसायिक बुुद्धिजीवी प्राध्यापक परशुराम खरेललाई राजनेता भण्डारीको पैंसठ्ठीयौं जन्म जयन्तीका अवसरमा प्रधानमन्त्री केपी ओलीले मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कारद्वारा सम्मान गर्नुभयो ।  
वि।संं २०३० मा गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन द राइजिङ नेपालको रिपोर्टर भएर पत्रकारिताको थालनी गर्नुभएका परशुराम खरेललाई त्यही प्रकाशनले पी। खरेलका रूपमा स्थापित ग¥यो ।  बहुदलीय व्यवस्थाको पुनःस्थापनाको केही वर्षपछि उहाँ त्यही प्रकाशनको प्रधान सम्पादक नियुक्त हुन भयो ।  त्यतिबेलासम्म उहाँ खासगरी अन्तर्राष्ट्रिय मामिलामा तीखो टिप्पणी गर्ने पी। खरेलका रूपमा सुपरिचित भइसक्नु भएको थियो ।  परशुराम कसरी पी। हुन पुग्नु भयो भन्ने सम्बन्धमा छुट्टै कथा छ ।

Thursday, June 23, 2016

यस्तो छ अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३

cgnfOg ;~rf/dfWod ;~rfng lgb{]lzsf, @)&# 
k|:tfjgf M cgnfOg ;~rf/dfWodsf] btf{, gjLs/0f, ;~rfng, cg'udgnfO{ Jojl:yt ug{ cfjZos ePsf]n] ;'zf;g -Joj:yf tyf ;~rfng_ P]g @)^$ sf] bkmf $% n] lbPsf] clwsf/ k|of]u u/L g]kfn ;/sf/n] of] lgb]{lzsf hf/L u/]sf] 5 . 
g]kfn ;/sf/ -d+=k=_ af6 :jLs[t ldltM @)&#.)@.#! 
kl/R5]b ! ;+lIfKt gfd / k|f/De 

 ;+lIfKt gfd / k|f/De M -!_ o; lgb{]lzsfsf] gfd æcgnfOg ;~rf/dfWod ;~rfng lgb{]lzsf, @)&#Æ /xg]5 . -@_ of] lgb{]lzsf g]kfn ;/sf/, dlGqkl/ifb\n] :jLs[t u/]sf] ldlt b]lv nfu" x'g]5 . 

Monday, June 13, 2016

१६ प्रतिशत बालबालिका इटा भट्टामा काम गर्छन


काठमाडौँमा रहेका इँटा भट्टामा कार्यरत ९ सय ३१ कामदार मध्ये ७ सय ४० बालबालिका छन् ।

१६ प्रतिशत बालबालिका इटा भट्टामा कार्यरत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । बालविकास समाजले राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनका अनुसार हाल नेपालभर ७ सय ५० वटा इटा भट्टाहरुमा २ लाख भन्दा बढी कामदारहरु कार्यरत रहेकामा १६ प्रतिशत बालश्रमिकले अत्यन्त जोखिमपूर्ण श्रम गरिरहेका छन् । हाल काठमाण्डौ उपत्यकामा १०८ वटा इटा भट्टामा कतिपय कारखानामा वयस्कहरु भन्दा पनि बेसी बालबालिका श्रम गरिरहेको अध्ययन प्रतिवेदनले देखाएको छ । १८ वर्षसम्म उमेर समूहका बालबालिकामा डिसेम्बर २०१४ देखि जुन २०१५ सम्म गरिएको उक्त सर्वेक्षण प्रतिवेदनमा इँटाभट्टामा रहेका बालबालिकाहरु मध्ये सबैभन्दा बढि बालबालिका रहेको पाइयो ।

फरक छुट्टयाउ

ज्याकेट एड 
हिजो नयाँ शक्तिले काठमाण्डौबाट प्रकाशित मूलुकका ठूला दैनिक पत्रिका (गोरखापत्र बाहेक) मा ज्याकेट एड सहित भव्य प्रचार ग¥यो । आज विज्ञापन पाएका सबै पत्रिकामा मुख्य समाचारमा नयाँ शक्तिले नै पाएको रहेछ । गोरखापत्रले न त ज्याकेट एड पायो न त मुख्य समाचार नै बनायो । गोरखापत्रले समाचारको मूल्य थाहा नपाएको हो वा अन्य पत्रिकाहरु विज्ञापनबाट प्रभावित भएका हुन ।

स्त्रीका बारेमा चाणक्यको ७ रहस्य


अनृतं साहसं माया मूर्खत्वमतिलोभिात 
अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषा : स्वभावजा : ।।
चाणक्य नीति प्रख्यात छन्  सदियौदेखि कयौ राजा महाराजाहरु यिनै चाणक्यको नीति अनुसार आफ्ना नियम कानुनहरु निर्माण गरेर राजकाज गरेका थिए  नेपालका राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका पनि कयौ नीतिहरु चाणक्य नीति बाट प्रभावित थिए  चाणक्यले नारी अर्थात स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति  बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन  केहि नकारात्मक पनि  केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्विक तुल्याइदिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन  विशेष गरि स्त्री जातिका गुण, दोष बानी व्यहोरा  महत्वका बारेमा लेखिएका केही कुराहरु जान्नका लागि हेरौ के भन्छन चाणक्य 

Wednesday, June 8, 2016

कालो पोथी कि सेतो पोथी ?

फिल्मको मुख्य कथा यहि सेतो पोथीमा घुमेको छ । तस्वीर इन्टरनेटबाट 
फिल्मको पुरै कथा सेतो पोथिमा घुमेको छ तर शिर्षक कालो पोथी जुराइएको छ । यो त जुन गोरुको सिंग छैन उसैको नाम तीखे भनेजस्तै भएन र ? 

तिपय कलाकर्मि तथा समिक्षकले कालो पोथि फिल्म नेपाली इतिहासमै उत्कृष्ट भनेर प्रचारबाजी गरे । सामाजिक संजालहरुमा यसैको चर्चा भइरहेको छ । अनलाइन तथा मूलधारे संचार माध्याममा यहि फिल्मको चर्चा छ । अन्तराष्ट्रिय पुरस्कार जितेको फिल्म, महंगो मूल्यमा नेपालमा प्रर्दशनको अधिाकार किनिएको फिल्म यस्ता धेरै समाचारहरु र प्रचारहरु आइरहेका छन् । पत्रकार दिपक भट्टराईको शब्द सापटि लिनु पर्दा यो फिल्म नहेरे सोसाइटीमा नपरिने डर भो । त्यसैले अफिसकै काम छोडेर फिल्म हेर्न गइयो । तर फिल्म प्रचार गरे जस्तो उत्कृष्ट लागेन । त्यसैले फिल्मको बारेमा केहि लेख्न मन लाग्यो र लेख्दैछु । 

Tuesday, March 29, 2016

'गाउँको वृद्धालय'

-प्रोल्लास सिन्धुलीय

बुढाबुढीमात्र छौं गाउँमा
छोराछोरीहरु छैनन्
सखारै
चराजस्तै चिर्बिराउने
नातिनातिनाहरु छैनन्।

आँगनको डिलमा फूल छ
तर टिप्ने कलिला आँखाहरु छैनन्
त्यो अम्बाको बोट
जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु
त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो

बिहान जसरी रित्तो ब्युँझन्छ
उस्तैगरी सुत्छ
रित्तो रित्तो साँझ