Sunday, July 24, 2016

त्यसैले म पागल

तस्वीर इन्टरनेटबाट 
मैले विरामीको रगत चुसेर आफू मोटाउने प्रयास गरिन
त्यसैले म पागल,
पाखोबारी बेचेर उपचारका लागि आउने गरीवलाई उठिबास लगाइन
त्यसैले म पागल
सरकारी जागिरमा छँदा छलकपट गर्दै निजी अस्पताल र क्लिनिक खोलिन
त्यसैले म पागल
रुकुममा झाडा चल्दा काठमाण्डौमा बसेर जनस्वास्थ्यको बारेमा मिडियाबाजि गर्न लागिन
त्यसैले म पागल

बोरा भरी पैसा लिएर आउ म तिम्रो रोग निको पार्छु भनेर विरामीलाई उपचार नगरी फर्काइन
त्यसैले म पागल
शत्ता र शक्तिको दुरुपयोग गरेर आम नागरिकको स्वास्थ्यलाई धनसँग साट्न चाहिन
त्यसैले म पागल
स्वास्थ्य उपचारलाई सर्बसुलभ बनाएर नागरिकको पहुँचमा पु¥याउनु पर्छ भनेर लागि परे
त्यसैले म पागल
हिजो सम्म हात्ति छाप चप्पल पढ्काउँदै हिड्ने र आज महलमा चिल्लो प्राडो चढेर हिड्ने तिमी सज्जन
तिमी जस्ता सज्जनको भिडमा म जस्ता बेइमानको काम छैन
हो त्यसैले म पागल अनि मेरो सर्मथनमा उभिने यी सबै पागल ...
डा. गोविन्द केसीको  सर्मथनमा उभिने यी सबै पागल !! (तस्वीर :राजेश केसिको फेसबुक) 
(डा. गोविन्द केसीको समर्थनमा यो मेरो सिर्जन )

No comments:

Post a Comment