Wednesday, July 27, 2016

नेपाली मिडियाको भ्रम खेति

मिडियाले भ्रम चिर्ने काम गर्नु पर्ने हो न कि भ्रम सिर्जना । तर नेपाली मिडिया सञ्चालक र संचारकर्मीहरुले यो कुरालाई कहिल्यै गम्भिरता पूर्वक लिएनन् । 
नेपाली संचार माध्याममा एकै दिनबाढि पहिरोका बारेमा आएका समाचार 
प्रजातन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको वाक तथा प्रेस स्वतन्त्रता हो । जब प्रेस स्वतन्त्रतालाई ग्यारेन्टि गरिन्छ । तब मिडियाहरुको संख्यात्मक र गुणात्मक बृद्धि हुन्छ । मिडियाको संख्या बढ्दा संचार माध्यामबाट आउने सामाग्रिहरुमा विविधता आउँछ । जसले आम नागरिकलाईसहि अर्थमा सूचना र जानकारी मिल्छ । तर नेपालको सन्र्दभमा यो कुरा लागु भएको छैन । मिडियाको संख्या बढेपनि यीनीहरुले पस्कने कन्टेन्ट डाइभर्स छैन । पत्रकारिताको अध्ययनका क्रममा क्लासमा पि. खरेल सरले धेरै पटक यो सन्र्दभ उठाइरहनुहुन्थ्यो । 

नेपालमा २०४६ सालपछि मिडियाको क्षेत्रले निकै फड्को मारेको छ । संचार माध्यामको विकासको क्रमलाई हेर्ने हो भने पञ्चायति व्यवस्थाको अन्त्यसँगै साप्ताहिक पत्रिकाको दवदवा बढ्यो । वि.सं. २०५० पछाडी म्यागजिन पत्रकारिता र २०६० पछाडी एफ.एम. रेडियो र २०६२÷०६३ पछि टेलिभिजन र अहिले अनलाईन संचार माध्यामको विकासले अकल्पनिय विकास भेट्टाएको छ । तर यतिका संख्यामा मिडियाको संख्या बढेपनि आम नागरिकले ती मिडियाबाट आउने समाचार सामाग्रिमा फरक स्वाद पाउन सकेका छैनन् । मिडियाको संख्या बढेपछि रोजेर त्यसको प्रयोग गर्न पाइने त भएको छ । तर आफूले रोजेको मिडियाबाट आएको कन्टेन्ट सहि छ भनेर विश्वास गरिहाल्ने अवस्था छैन । 
               केहि दिन यता मूलुक भित्र बाढि र पहिरोका कारण जनधनको क्षति भइरहेको छ । हाम्रा मूलधारे र आफूलाई राष्ट्रका अग्रणि मिडिया भन्नेहरुले यसको बारेमा समाचार दिइरहेका छन् । तर ती माध्यामबाट आएका समाचारहरुलाई एकै ठाउँमा राखेर हेरौ त । ती मिडियाले आफनो श्रोतबाट पुष्टि गराएर समाचार दिएका छैनन । प्रकोपका समयमा गृह मन्त्रालयले जनधनको क्षतिको एकिन विवरण दिन्छ । तर ती मिडियाले गृह मन्त्रालयबाट समाचारको पुष्टयाई गराउनु आवश्यक नै ठानेन् । अनि एउटै विषयको गाइजात्रे पाराले फरक फरक तथ्यांक सहितको समाचार प्रमुखताका साथ दिएर भ्रम सिर्जना गरिरहेका छन् । 
मिडियाले भ्रम चिर्ने काम गर्नु पर्ने हो न कि भ्रम सिर्जना । तर नेपाली मिडिया सञ्चालक र संचारकर्मीहरुले यो कुरालाई कहिल्यै गम्भिरता पूर्वक लिएनन् । 

No comments:

Post a Comment