![]() |
चिना हराएका हरिर्वश र चिना दोहोरिएको म |
" चिना हराएर आफ्नो भविष्य हेराउन नपाएकोमा हरिवंशले दुख पोखेका छन् । चिना दोहोरिएको म ज्योतिषका भविष्यबाणि सुनेर हैरान छु ।"
हरिवंश आचार्य आज जुन स्थानमा छन्, त्यो स्थानमा आउन उनले गरेको संघर्ष पढें चिना हराएको मान्छेमा । जीवनमा त्यतिका धेरै संर्घष गरेर यो अवस्थामा आइपुगेकाहरु निकै कम भेटेको छु । जन्मे देखि अर्यघाट नपुगुन्जेल संघर्ष गरिरहनेहरुको बाहुल्यता रहेको हाम्रो देशमा हरिवंश दाई रोलमोडल नै हुन यसमा कुनै द्धिविधा नै छैन । बाल्यकालमै उनको चिना चोरि भएछ त्यसैले ती संघर्षका दिनमा उनले कुनै पनि ज्योतिषलाई चिना देखाउन पाएन छन । उनले आफनो पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकको नाम पनि त्यहि चिनासँगै जोडिएर आयो चिना हराएको मान्छे ।
हरिवंशको यो पुस्तक पढेपछि मैले यो ब्लग नलेखि सुखै पाइन । किनकी उनी चिना हराएका मान्छे अनि म चै चिना दोहोरिएको मान्छे । अर्थात् मेरो एउटा होइन दुई/दुई वटा चिना छन् । उनको चिनामा सुनको मूर्ति भएकाले चोरिएको रे । सायद मेरो चै नेपाली कागज सस्तो भएर होला चिना दोहोरिएको ।