Wednesday, November 23, 2011

भूगोलको र प्राकृतिक श्रोतका आधारमा राज्य पुर्नसंरचना

नेपाल बहुजातिय, बहुभाषिक र बहुसास्कृतिक आयाम भएको मुलुक हो।सानो भूगोल तर जातियताका आधारमा यति धेरै विविधता सायद विश्वमै नमुना होला। तर यहि विविधता र हाम्रो पहिचान माथि राजनीति गर्न खोजिदै छ, जातियताका आधारमा राज्य पुर्नसंरचना गरेर।                                                                                                     जातियताको आधारमा गरिने राज्य पुर्नसंरचनाले न त नेपाललाई विकासको बाटोमा अगाडी बढाउँछ न नेपाली जनताले चाहेको शान्तिको चाहाना नै पुरा हुन्छ। त्यसैले जातियताको आधारमा हैन, भूगोल र प्राकृतिक श्रोतका आधारमा उत्तर दक्षिण मिलाएर संघिय राज्य घोषणा गरियोस। यसका लागि सम्वन्धित क्षेत्रका विज्ञहरुसँग राय सल्लाहा लिने काम गरियोस। नत्र नेपालमा जातियताका नाममा द्धन्द्धको शुरुवात हुने छ ।

Monday, November 21, 2011

"Breaking My Heart"

 एमएलटिआर ब्याण्ड राजधानीको टुडिखेलमा गित गाउदै 
                        तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
I'm on the floor
counting one minute more
Noone to break the silence


Staring into the night
all alone but that's alright
It's the feeling deep inside I don't like


[Chorus:]
There is no excuse my friend
for breaking my heart
breaking my heart again
This is where our journey ends
Your breaking my heart again

Thursday, November 17, 2011

ऐश्‍वर्याको छोरी र हाम्रो पत्रकारिता

ऋषिकेश दाहाल

भारतीय अभिनेतृ ऐश्‍वर्या रायले छोरी जन्माइन्। आज (मंसिर १, २०६८)को गोरखापत्रले यो समाचार पहिलो पेजमा फोटोसहित छाप्यो। उनी आमा बनेलगत्तै हिजो भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा दिनभरि नै प्रमुख समाचारकोरुपमा यो विषयले स्थान पायो। नेपालका चलेका केही अनलाइन पोर्टलले पनि यसलाई मेन न्युजकै रुपमा पस्के। तर, विश्‍व सुन्दरी रहिसकेकी ऐश्‍वर्याको सन्तान प्राप्‍तीको समाचारले भारतीय पत्रकारिताको मोडमा केही परिवर्तनहरुका संकेतहरु देखाएको छ। 

भारतीय मिडियालाई आलोचना गर्नेहरुले प्रमुख तीन कुरामा गाली गर्ने गर्छन्, पहिलो क्रिकेट। क्रिकेटको कुनै पनि स्पर्धामा भारतले जिते जयजयकार र हारे धिक्कार्नु भारतीय 'मिडियाको धर्म' भएकोमा उनीहरुमाथि नकारात्मक टिप्पणी हुने गर्छ। दोस्रो सिनेमा। सिनेमा र टेलिभिजनका रियालिटी सोका अंशहरु घन्टौं प्रसारण गरेर समाचार च्यानलहरुले आफ्नो 'वास्तविक' चरित्र देखाइरहेका हुन्छन्। तेस्रो हो अपराध अर्थात 'क्राइम'। अपराधका घटनालाई यति कथानक बनाइन्छ कि समाचार च्यानलमा समाचार या सिरियल के हेरिँदैछ भन्ने पत्तो पाउन सकिन्न। 

Thursday, November 10, 2011

मुस्ताङ गाडीमा मनमौजी यात्रा

हरिबहादुर थापा


सस्तो 'मेड इन नेपाल' मुस्ताङ गाडीमा बाबुराम भट्टराईले प्रधानमन्त्री पदको शपथ लिएपछि शासकीय संयन्त्र 'मितव्ययी' बाटोमा जानेछ भन्ने आशा धेरैले लिएका थिए । त्यति मात्र होइन, भट्टराईको प्रतिबद्धतामा विश्वास गर्नैपर्ने माहोल पनि सिर्जना भएको थियो । तर जब मंगलबार मन्त्रिपरिषद् ४६ सदस्यीय पुर्‍याए र हत्याका अपराधीलाई आममाफी दिने निर्णय लिए, यसले धेरैको आशामा तुषारापात गरेको छ । हुन त उनले प्रधानमन्त्री भएपछि मितव्ययी र शासकीय सिद्धान्तविपरीतका अन्य केही क्रियाकलाप नगरेका होइनन् तर सकारात्मक बाटामा हिँड्छन् भन्ने सकारात्मक अपेक्षासहित ती गलत निर्णयहरू 'गौण' मानिएका थिए ।

नेपाली राजनीतिमा बाबुराम 'सकारात्मक पात्र' का रूपमा चित्रित थिए । प्रधानमन्त्री बनेको प्रारम्भिक दिनमा उनीविरुद्ध कसैले नकारात्मक धारणा व्यक्त गर्‍यो भने त्यही मानिस नै आलोचनाको पात्र बन्थ्यो । 'भट्टराईलाई काम गर्न देऊ' भन्ने टिसर्टमा युवाहरू लामबद्ध उभिँदै थिए । तर यतिबेला आशा उमारेर लहलह बनाइसकेपछि छिमल्ने बाटामा आफैं लागेका छन्- प्रधानमन्त्री भट्टराई । उनी बिनाहिचकिचाहट विवादित निर्णयहरू गर्ने, शासकीय दृष्टिकोणअनुरूप आवश्यक निर्णयहरू नगर्ने र गलत निर्णय लिने मन्त्रीहरूलाई कारबाही गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तार गर्नु व्यावहारिक तथा राजनीतिक दुवै हिसाबले उचित थिएन । अझ यति ठूलो आकारमा पुर्‍याउनु उनकै निम्ति घातक निर्णय हो । उनी आफैं भन्दै थिए- 'यही मन्त्रिपरिषद्लाई राष्ट्रिय सहमति सरकारको स्वरूप प्रदान गर्छु ।' मन्त्रिपरिषद् विस्तार गरेर ४६ सदस्यीय पुर्‍याएपछि कांग्रेस र एमालेलाई कहाँ राख्ने ? अर्कातिर सातबुँदे सहमतिमा चाँडै राष्ट्रिय सरकार बनाउने घोषणा गरिसकेपछि छोटो अवधिका निम्ति मन्त्री र राज्यमन्त्री थप्नुको कुनै अर्थ थिएन । यसबाट भट्टराईको मितव्ययी नीति केवल ढोँग मात्र हो भन्नेहरूलाई स्पष्ट आधार मिलेको छ ।

Wednesday, October 26, 2011

प्रतिक्षा गर्नुस मेरो पुस्तक



यात्रा स्मरणिय होस् हिन्दिमा यादगार होस र अंग्रेजीमा मेमोरवल होस् । यात्रामा निस्कनु अघि यी तीन भाषाका अर्थलाई म सकेसम्म दिमागमा राखिरहन्छु । किन कि यदि यात्राका क्रममा कुनै रमाइला त्यस्ता घटना वा परिघटना व्यहोरिएन भने त्यो यात्रा चाँडै नै दिमागबाट इरेज हुने रहेछ । जीन्दगीलाई यात्रा मान्ने हो भने अहिलेसम्म अनगिन्ति यात्राहरु गरिए । तर ती मध्ये निकै थोरै यात्रा मात्र सम्झनामा हुन्छन् । अनि ती थोरै मध्येका पनि केहि सिमित यात्रा मात्रै जीवनभरीका लागि एउटा मिठो याद बन्छन् ।

 तीन बर्षको अवधिमा करिव चार दर्जन जिल्ला अनि उदेश्य गरीवि सम्वन्धिको रिर्पोटिङ्ग। मैले जे देखे, जे भेटे र जे पाए त्यहि कुरा ल्याउँदै छु । मैले घुमे गरीवका झुपडी अनि नजिकबाट नियाले उनीहरुको गरीवी अभाव र अन्योलपूर्ण जीवन ।

प्रतिक्षा गर्नुस मेरो पुस्तक आउँदैछ । 

बाल्यकाल र पर्वको रौनक

कसैले हातमा झिरझिरे लिएका छन् केहिको हातमा पटका पड्कने बन्दुक छ कसैले प्लष्टिकको मखुण्डो लगाएका छन् । दौडधुप र हल्लाखल्ला गर्दै हरतरहले उनीहरु खुसियाली मनाइरहेका छन् । उनीहरु मेरा छिमेकका नानीहरु हुन । जसलाई अहिले तिहारको रमझमले निकै खुसि बनाएको छ । उनीहरुको यो खुसियालीले मलाई एक पटक पुनः मेरो बाल्यकालमा लगिदियो । 
म सम्झन्छु आज अनयासै बाल्यकालको सम्झना आयो । दशै र तिहार जस्ता चाड पर्व नजिकिदै जाँदा बाल्यकालमा एउटा अर्के रमाइलो अनुभूति हुन्थ्यो । घरमा मान्छेहरुको चहलपहल अनि गाउँघरमा देखिने रमाइलो बातावरणले त्यो बालवय अवस्थामा खुसिको सिमा नै हुँदैनथ्यो । तर जब उमेर बढ्दै गयो । पढाईको प्रेसर बढ्दै गयो अनि जीवनमा केहि बन्नु पर्छ भन्ने कुराले मस्तिष्कमा डेरा जमायो । दशै र तिहार जस्ता पर्वको रौनक पनि विस्तारै कम हुँदै गयो । 
धेरै साथीहरुका कुरा सुन्छु उनीहरुको अनुभव पनि यस्तै छ । सायद उमेरसँगै बढ्दो जिम्वेवारी र दायित्वका कारण पनि त्यस्तो भएको हुनुपर्छ । सायद यी नानहिरु अवको एक दशक पछिको तिहारमा सायद यत्तिकै खुसि हुने छैनन् । त्यसैले मैले मनमनै उनीहरुलाई बाल्यकालको भरपुर मजालुट्न शुभकामना दिए । 
कपन काठमाण्डु
२०६८ कार्तिक ९ गते 

Friday, October 7, 2011

उनको अब्यक्त प्रेम र म

कथा 
भाग -एक 
औसत नेपाली केटीहरुको उचाई, मिलेको जिउडाल र लोभलाग्दो हाँसो यस्तै यस्तै केहि देखिने गुण । सायद त्यसैले होला साथीहरुले दिक्षालाई कक्षाका राम्री केटीमध्येमा गन्थे । कक्षामा करिव ७ दर्जन विद्यार्थी थिए जसमा केटीहरुको संख्या मुस्किलले एक दर्जन । पढाईकै क्रममा उ मेरो नजिककी साथी भई । दिनहुँ कक्षामा आए पनि दिक्षा मसँग नोट माग्थी र भन्थी तिमी राम्रो नोट बनाउँछौ ।
हुन त म औसत विद्यार्थी तर पनि मेरो लेखाई राम्रै थियो । सायद उसलाई मेरो त्यहि लेख्नॆ शैली मन परेको हुनुपर्छ । कक्षाकै अरु केटी साथीहरुले पनि मेरो नोट माग्थे तर दिक्षाले लगे पछि मात्रै मेरो त्यो नोटले पाउँथे । उ नोटमाथी हक जमाउथी तर किन मलाई थाहा थिएन । 

सरकारी कलेज त्यसमाथि दिउँसोको पढाई । भर्खरै विद्यालयबाट कलेज छिरेका हाम्रा लागि यो भन्दा बढी स्वतन्त्रता अरु केहि थिएन । पढ्न मन लागे पढ्ने नभए फिल्म हेर्ने वा घुम्न जाने । यी हाम्रा नियमित कि्रयाकलाप नै थिए । हाम्रो मिल्ने साथीहरुको समूहमा केटाहरुको बाहुल्यता थियो । झण्डै ८ जना थियौ हामी । त्यसबाहेक मेरो मिल्ने साथीमा दिक्षा र उसका मिल्ने तीनजना केटीसाथीहरु पनि थिए ।

Thursday, October 6, 2011

एप्पलका संस्थापक जब्सको निधन

एप्पलका संस्थापक स्टिभ जब्सको आज बिहान निधन भएको छ। प्रविधिको क्षेत्रमा आइफोनपछि आइप्याड सार्वजनिक गरेर नयाँ युगको घोषणा गरेका जब्सको निधनसँगै सूचना प्रविधिको एक युग समाप्त भएको छ। जब्स लामो समयदेखि क्यान्सरबाट पीडित थिए। पर्सनल कम्प्युटरदेखि माउसको परिकल्पनाकार उनी २१ वर्षको उमेरमा एप्पल कम्पनीको संस्थापक थिए।  उनको ५६ वर्षको उमेरमा निधन भएको हो।

'हामी दुखका साथ आज स्टिभ जब्सको निधन भएको जानकारी दिन चाहन्छौं,' कम्पनीको बोर्ड अफ डाइरेक्टरले विज्ञप्तीमार्फत भनेका छन्, 'स्टिभको क्षमता, धैर्य र उर्जाले नै हाम्रो जीवनमा यस्ता प्रविधिले आइपुगेका छन् जसले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ। स्टिभका कारण विश्वभर अतुलनीय सुधार ल्याएको छ।'  

उनको निधनलगत्तै शोक ब्यक्त गर्नेहरुका वक्तव्य आउन थालेका छन्। सूचना प्रविधिका साम्राट मानिएका बिल गेट्सले उनको निधनमा दुख प्रकट गर्दै टुइट गरेका छन्, 'जब्ससँग काम गर्न पाएकोमा मलाई गर्व छ।' सिलिकन भ्यालीका आइकन मानिएका संसारकै ठूलो प्रविधि कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत रहेका जब्सले गत अगस्टमा उक्त पदत्याग गरेका थिए।पर्सनल कम्प्युटर, आइपड, म्याकबुक, आइफोन, आइप्याडजस्ता संसारकै लोकप्रिय उत्पादन उनकै कार्यकालमा भएका हुन्।

साभार: नागरिकअनलइन 

Monday, October 3, 2011

दशैमा सुनसान काठमाण्डु


सधै भिडभाड र व्यस्त रहने काठमाण्डु शहर अहिले निकै शान्त छ । कारण दशैं पर्व । मुलुकका विभिन्न भागबाट राजधानी आएर विभिन्न पेशा र व्यवसायमा संलग्न मानिसहरु दशै मनाउन घर गएपछि अहिले राजधानी सुनसान बनेको हो । दशैले सुनसान बनेको काठमाण्डु शहरको रिङ्गरोड घुमेर खिचिएका केहि तस्वीर यस्ता थिए । 
फुलपातिको दिन सिंहदरवार अगाडी सुनसान सडक

सधै सवारी जाम भइरहने सातदोवाटो चोक दशैले गर्दा निकै खुल्ला छ 


समाचारको व्यापार


पी साइनाथ


हामी पत्रकारहरू आफूलाई राज्यको चौथो अंग भएकोमा गर्व गर्छौं। तर, पछिल्ला तीनचार      वर्षयता सञ्चार माध्यमहरू यति व्यापारमुखी हुँदै गएका छन्, यो 'फोर्थ स्टेट' (चौथो अंग) हो कि 'रियल स्टेट' (घरजग्गा कारोबार) भन्नै गाह्रो छ। 
अतिव्यापारमुखी सञ्चार माध्यमले संस्थागत रूपमै झुठो बोल्छ। सञ्चार माध्यमहरूबीचको चर्को प्रतिस्पर्धाले पनि यस्तो प्रवृत्तिलाई बढावा दिएको छ। सन् २००९ नोभेम्बर महिनामा 'दी हिन्दु'को पहिलो पृष्ठमा हामीले एउटा समाचार छाप्यौं, जसले पत्रकारितामा नयाँ शब्द जन्मायो- 'पेड न्युज'। अर्थात्, पैसा लिएर छापिएको समाचार।

यो शब्द महाराष्ट्रको विधानसभा निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार र विभिन्न सञ्चार माध्यमबीच भएको लेनदेनलाई आधार मानेर जुराइएको हो।

महाराष्ट्रको विधान सभामा जम्मा २ सय ८८ सिट हुन्छन्। त्यतिबेला निर्वाचनको प्रचारप्रसार जोडतोडका साथ चलिरहेको थियो। महाराष्ट्रमा हिन्दी, अंग्रेजी, मराठी लगायत विभिन्न भाषाका अखबार प्रकाशन गर्ने एउटा ठूलो सञ्चार गृहले आफ्ना नौजना सम्पादकहरूको गोप्य बैठक डाक्यो, पुनामा। बैठकमा कम्पनीका प्रमुख व्यवस्थापक, कार्यकारी अधिकृत लगायत कर्पोरेट इकाईका सबै कर्मचारी थिए।

'चुनावमा एक सिट जित्न कम्तीमा कति खर्च लाग्छ?' कम्पनीका प्रमुख कार्यकारीले सम्पादक टोलीसँग सोधे।