Wednesday, October 26, 2011

बाल्यकाल र पर्वको रौनक

कसैले हातमा झिरझिरे लिएका छन् केहिको हातमा पटका पड्कने बन्दुक छ कसैले प्लष्टिकको मखुण्डो लगाएका छन् । दौडधुप र हल्लाखल्ला गर्दै हरतरहले उनीहरु खुसियाली मनाइरहेका छन् । उनीहरु मेरा छिमेकका नानीहरु हुन । जसलाई अहिले तिहारको रमझमले निकै खुसि बनाएको छ । उनीहरुको यो खुसियालीले मलाई एक पटक पुनः मेरो बाल्यकालमा लगिदियो । 
म सम्झन्छु आज अनयासै बाल्यकालको सम्झना आयो । दशै र तिहार जस्ता चाड पर्व नजिकिदै जाँदा बाल्यकालमा एउटा अर्के रमाइलो अनुभूति हुन्थ्यो । घरमा मान्छेहरुको चहलपहल अनि गाउँघरमा देखिने रमाइलो बातावरणले त्यो बालवय अवस्थामा खुसिको सिमा नै हुँदैनथ्यो । तर जब उमेर बढ्दै गयो । पढाईको प्रेसर बढ्दै गयो अनि जीवनमा केहि बन्नु पर्छ भन्ने कुराले मस्तिष्कमा डेरा जमायो । दशै र तिहार जस्ता पर्वको रौनक पनि विस्तारै कम हुँदै गयो । 
धेरै साथीहरुका कुरा सुन्छु उनीहरुको अनुभव पनि यस्तै छ । सायद उमेरसँगै बढ्दो जिम्वेवारी र दायित्वका कारण पनि त्यस्तो भएको हुनुपर्छ । सायद यी नानहिरु अवको एक दशक पछिको तिहारमा सायद यत्तिकै खुसि हुने छैनन् । त्यसैले मैले मनमनै उनीहरुलाई बाल्यकालको भरपुर मजालुट्न शुभकामना दिए । 
कपन काठमाण्डु
२०६८ कार्तिक ९ गते 

No comments:

Post a Comment