Tuesday, July 1, 2014

म, मेरो भान्जो, नेपाली मिडिया र पाठक

 सबैले समाचार मार्फत दिएको सूचना त्यहि थियो  तर त्यो समाचारका लागि दिइएको शिर्षक भने निकै फरक थिए  कुनै निकै सनसनीपूर्ण लाग्नेकुनै सफ्टकुनै छेउटुप्पै नमिलेका जस्ता लाग्ने 
मेरो वर्षको भान्जो उसले भनेको मानेन, खानेकुरा खाएन वा उसको ध्यान तिर तान्नु ¥यो भने उसलाई हाउगुजीको डर देखाउँछु त्यस पछि उसले मैले भने अनुसार गर्छ हाउगुजीले उसको ध्यान तान्न सकेकोमा आफूलाई निकै खुसि हुन्छु, मख्ख पर्छु तर त्यो बालमनसपटलमा मेरो बुद्धिले भन्दा हाउगुजीको डरले काम गरेको भन्ने कुरा विर्सन्छु सायद यो मानविय स्वभाव हो मेरो भान्जो वीचको यो हाउगुजी व्यवहार अहिले अधिका्रश नेपाली संचार माध्याममा पनि प्रयोगमा हाउगुजीको हतियार प्रयोग गरेर संचार माध्याम पाठकको ध्यान आफूतिर तान्न तछाड मछाड गरेर लागिपरेका छन् यसमा खासगरी अनलाईन संचार माध्याम सबैभन्दा अगाडी छन्   स्रचार माध्यामले सामान्य समाचारलाई पनि सनसनिपूर्ण समाचारको रुपमा प्रस्तुत गर्छन अनि पाठकहरु यस्ता समाचार पढ्न आर्कषित नहुने कुरै भएन यहाँ यस्तै एउटा समाचारलाई हेरौ  

Monday, June 30, 2014

लौ म फेरी आँए

करिव ३ वर्षको अवधिमा १८ हजार भन्दा बढिले यो ब्लगमा राखिएका कुराहरु हेरिदिनु भएको छ । २ दर्जन भन्दा बढिले ब्लग मार्फत फलो गर्नु भएको छ । प्रेरणादायि र सिर्जनशिल प्रतिक्रिया दिनु भएको छ ।
शौखका लागि लेख्ने मान्छे । तर कतिपय अवस्थामा शौख भएर पनि विभिन्न परिस्थीतिले मनमा लागेका कुरा लेख्न भ्याँइदो रहेनछ । आफूलाई मनमा लागेका कुरा जुन कुनै पत्रिकाले छापिदिदैनन् । कति पत्रिकाका मापदण्ड पुरा गर्न सकिन्न । अनि कतिपय कुराहरु आफूलाई अत्यन्तै रोचक र प्रेरणादायि लाग्छन् त्यस्ता कुरालाई ब्लग मार्फत संग्रह गर्ने पनि उदेश्य थियो । त्यसैले मैले आफनौ नामका निशुल्क संचालन गर्न सकिने ब्लगर डट कमको ब्लग शुरु गरेको थिए । हुन त अहिले विद्युतिय कारोवार ऐनले यसरी हुबहु कुनै पनि लेख रचनालाई कपि गर्न नपाइने व्यवस्था गरेको छ क्यार । तर मैले यहाँ राखेका कुनै पनि लेख रचनामा त्यसको श्रोत उल्लेख गरेको छु अनि यसलाई व्यवसायिक प्रयोगमा ल्याएको छैन । कसैलाई मान मर्दन गर्ने गरि म यहाँ कुनै पनि सामग्रि राख्दिन ।  

Friday, January 3, 2014

संसारका प्रत्येक ठूला शहरमा एक लाईन टेलिफोन हुनेछ...

सन १८७५ मा टेलिफोनको आविष्कार भैसकेपछि चर्चित पत्रिका टेलिग्राफमा पहिलोपल्ट यस सम्बन्धि सम्पादकीय प्रकाशित भएको थियो जसमा सर एड्विन आर्नोल्डले लेखेका थिए... "टेलिफोनको आविष्कारले टाढाटाढाका मानिससमक्ष पनि सन्देश पुर्‍याउन सकिने भएकोले अबका दिनमा मानवजीवन अझै सजिलो बन्दै जानेछ । अहिले यसो भन्दा अपत्यारिलो लाग्न सक्छ तर अब त्यो दिन छिट्टै आउने जब संसारका प्रत्येक ठूला शहरमा एक लाईन टेलिफोन हुनेछ ।"

Friday, October 4, 2013

हल्लै हल्लाको देश

  • भूपि शेरचन

स्टक एक्सचेन्जका शेयरजस्तै 
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु 
जहाँ नेता हुन्छन् 
र जहाँ निधारभरि कर्कटपाताजस्तै 
चाउरी परिसकेकाहरु 
तन्नेरीहरुका अगुवा हुन्छन् 
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् 
र जहाँ प्लाष्टर गरिएका हातहरुमा 
सुरक्षाको सङ्गीन थमाइन्छ, 
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र खर्पनका खर्पन, 
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,

Monday, September 2, 2013

भर्चुअल दुनियाँका सेलिब्रेटीहरू


जब मोडल शिवानी सिंह थारूले नेपाल टेलिभिजनको पर्दामा आउने चर्चित कार्यक्रम 'मेरो गीत मेरो सन्देश' छाडिन्, तब उनलाई धेरैले बिर्सन थालिसकेका थिए। तर, झन्डै एक दशकपछि सहरमा उनको चर्चा पुनः चुलिएको छ, सोसल मिडियाकर्मीको अवतारमा। नौं महिनाअघि त्रिभुवन विमानस्थल अध्यागमन एकाइका कर्मचारीकै मिलेमतोमा बलात्कारको सिकार बनेकी सीता राईबारे समाचार पढ्नासाथ उनलाई अचानक यति रसि उठेछ कि माइक्रोब्लगिङ् साइट ट्वीटरमा तत्कालै दुई हरफको प्रतिक्रिया लेखिन्, जुन यस्तो थियो, 'लथालिंग देशका भताभुंग प्रधानमन्त्रीसित के सुरक्षा मगाई भयो ? बलात्कारीको लिंग काट्ने महिला स्क्वाड बनाउन पाए बरू राहत हुन्थ्यो।'


'ग्ल्यामरस' पृष्ठभूमिबाट आएकी उनको यो ट्वीटलाई लिएर सोसल मिडिया त मज्जैसँग तात्यो नै, मूलधारका पत्रपत्रिकाले पनि त्यसलाई आफ्नो खुराक बनाए। उनी सम्झन्छिन्, "कसैले मेरो मोडलिङ् पृष्ठभूमिसँग जोड्दै उसको ध्यान नै लिंगमा गयो भनेर उडाए भने अर्काथरीले त्यति धेरै आक्रामक नहुन सुझाए।" शिवानीले ट्वीट गर्नुअघि त्यसको प्रभाव त्यतिधेरै होला भन्ने कत्ति सोचेकी थिइनन्। उनलाई लाग्छ, यसअघि ग्ल्यामर पृष्ठभूमिसँग जोडेर धेरैले उनलाई कोमल हृदय भएकी 'स्विट गर्ल' मात्र सोच्थे तर त्यसलाई सोसल मिडियाले बदलिदिएको छ। भन्छिन्, "म वास्तविक जीवनमा यस्तै स्वभावकी हुँ, जुन सोसल मिडियाका कारण मानिसले बल्ल बुझिरहेका छन्।" तर, ट्वीटरमा आएदेखि उनले एउटा नयाँ तथ्य बुझेकी छन्। भन्छिन्, "महिलाका विचारमा केही बहस हुन थाल्यो भने मानिसहरू उसका व्यक्तिगत जीवनसँग जोडेर आक्रमण गर्छन्, जुन पुरुषहरूको हकमा त्यति धेरै हुँदैन।" 

Thursday, August 15, 2013

स्वतन्त्रताका लागि नरक रोज्न तयार छौँ कमरेड !

पानी हो भन्दैमा
पोखरी र नदी एकै हुँदैन
एकै हुँदैन उसको कञ्चनपनार प्राण दिने अक्सिजन
कैदी जीवनको अभ्यासमा रमाउने पानीहरुले
पोखरीमा आफूलाई अभ्यस्त गरे भन्दैमा
म नदी हुन पाउन्न र कमरेड ?

विचारको पोखरी भिर्ने तिम्रो झोलालाई गाली गरिनँ मैले
आँखै बिझाउने गरी  अँकित विदेशी नामहरुलाई सरापिनँ
साहित्यका नाममा कोचाइएका पार्टीका सुखा नाराप्रति गुनासो रहेन
अपशब्द र अनावश्यक विशेषणले बद्नाम गरिनँ तिमी र तिम्राहरुलाई
तिमी आफैँ फुट्यौ कतिपल्ट, आपसमा टुक्रियौ
ती टुक्रामा कहिल्यै नूनचूक छरिनँ र तिमीलाई टुक्रे उस्ताद पनि भनिनँ
आफैँ नयाँ कार्लमाक्र्सझैँ सत्तोसरापको कारखाना खोल्यौ

Tuesday, June 11, 2013

अनुभव एसएलसिको

मलाई लाग्छ एसएलसि पास गरे पछि धेरैलाई एउटा जिम्मेवारी र दायित्व बोध हुन थाल्छ । सायद उमेर र पढाइको स्तर बढ्दै जाँदा त्यो अनुभूति स्वभाविकै हो । भविष्यको योजना बनाउने देखि आफनो लक्ष्यको निर्धारण गर्ने लगायतका थुप्रै कुराहरु जोडिन्छन् । तर  एसएलसि परिक्षा पार गर्नु मात्रै पढाईको पूर्णता होइन । यसले एक कदम अगाडी धकेल्ने मात्रै हो, जसरी आठ र नवौं कक्षा पार गरिन्छ एसएलसि पनि त्यहि परिक्षाकै निरन्तरता हो । नवौ कक्षा पास नभइ एसएलसि दिने हैसियत हुँदैन भने नौ कक्षा चै आइरन गेट हो कि होइन ? त्यसैले मेरा लागि विद्यालयमा हुने हरेक बार्षिक परिक्षा आइरन गेट हुन् । तर पनि किन यसलाई आइरन गेट भनियो मैले बुझ्न सकेको छैन । 
यहि एसएलसि परिक्षाको नतिजाले हरेक मान्छेको जीवनमा निकै महत्व राखेको पाइन्छ । परिक्षामा चिट चोराउन अग्रसर हुने शिक्षक र अभिभावक देखि परिक्षाको नतिजाबाट असन्तोष भएर विभिन्न हरकत गर्न उद्य्त विद्यार्थी सबैको लागि चासोको विषय बनेको एसएलसिको नतिजाको बारेमा केहि साथीहरुले ट्वीटरमा शेयर गर्नुभएको एसएलसि अनुभव : 

म त फष्ट डिभिजनमा पास भएछु !

 सिम्बोल नं ०२९९५४७ "ए " अर्थात म 




सेकेण्ड डिभिजनमा नम्बर नअटेर थर्ड डिभिजन तिर हालिदिएकी मैले थर्ड डिभिजनको लिष्ट हेरें । त्याहाँ पनि मेरो सिम्बोल नंम्बर थिएन । 




भोली तेरो एसएलसिको रिजल्ट आउँदै छ रे ! माइजुले भन्नु भा'को, जनक शिक्षामा काम गर्ने विनिता माइजुको हवाला दिदै मंमिले भन्नु भो । अघिल्लो दिन दिउँसो यो कुरा सुनेदेखि परिक्षाको रिजल्ट नहेरुनजेल मलाई कम्ति छटपटी चलेन । म औसत विद्यार्थी, पढाइ र मेरो कहिल्यै ठ्याक नमिल्ने । त्यसैले नतिजा जहिले पनि मैले सोचेभन्दा फरक आउथ्यो  । तर विद्यालयका अन्य परिक्षामा भन्दा एसएलसिको परिक्षामा मैले जीन्दगीमा नगरेको मेहनत गरेको थिए । मैले पढेको देखेर हजुर आमा पनि छक्क पर्नु हुन्थ्यो । हुन पनि परिक्षा अवधिभर दिनमा मुस्किलले एक घण्टाको फुर्सद र रातमा त्यस्तै ३ देखि ४ घण्टासम्मको सुताई हुन्थ्यो । नत्र ओछ्यानको विचमा पंलेटी कसेर म बस्थे अनि छरपष्ट कितावले मलाई घेर्थे । यति मेहनत गरेर पढेको नतिजा भोलि हुँदैछ भन्ने सुने पछि मलाई छटपटि नचल्ने  त कुरै थिएन । कतिखेर विहान होला र नतिज हेर्न पाइएला ? म विहानको प्रतिक्षामा अत्यन्तै व्यग्र थिए । 

Sunday, June 9, 2013

जीवन

- सङ्गीतश्रोता

तिम्रो बाटो
कसैले पनि छेक्दैन भने

तिम्रा खुट्टा
कसैले पनि तान्दैन भने

प्रहार गर्न तिमीलाई
कोही तयार पनि छैन भने

जुध्न भनेर तिमीसँग
कोही आइरहेको पनि छैन भने

तिमीलाई कसैले घचेटिरहेको पनि छैन
र, कसैले लखेटिरहेको पनि छैन भने

Sunday, June 2, 2013

बाह्र वर्षमा नि खोला फर्किएन

विहान करिव ६ बजेको हुँदो हो, हामी (मात्रिका दाई, राजेश दा, बैनि र म ) निन्द्रामा थियौ । मंमि पसल जानु भएको रहेछ । कराउँदै आउनु भयो । लौ राजा रानीलाई मारि सके रे तिमिहरु चै सुति राख । मंमिको यो कुरा सकिन नपाउँदै हामीहरु जाराक जुरुक उठ्यौ । रेडियोमा समाचार आउने वेला भएको थियो । रेडियो खोलियो । टु...... गरेको धुन मात्रै बजिराछ । टेलिभिजनमा नि दृष्य हैन सप्तरंगि धर्का र एक तमासको सितार वादनको धुन छ ।
घटनाबारे थाहापाउन दाइहरु बानेश्वर जाने भए । मिनभवन क्याम्पस नजिकै हाम्रो कोठा थियो । हतार हतार मुख धोएर चिया समेत नखाई दाजुहरुसँगै म नयाँ बानेश्वर चोक तिर हान्निए । चोकमा सवारी साधन कमै मात्र देखिन्थे । सयौ मानिसहरु चोकमा जम्मा भएका थिए । सुरक्षा कर्मीको तैनाथी पनि उल्लेख्य थियो । वास्तविक घटनाका बारेमा सुरक्षा कर्मि पनि बेखवर थिए । मानिसहरु मmुण्ड झुण्ड बनाएर अनुमान लगाउँदै थिए । माओवादी जनयुद्धको चरमोत्कर्ष वेला थियो त्यो । त्यसैले धेरैले माओवादीले दरवार कब्जा गरेर यो वितण्डा मच्चाएको तर्क अगाडी सारे ।