Sunday, May 16, 2010

बैङकिङ सेवाको विश्वास घट्दो क्रममा

शिव दुवाडी/राजधानी
काठमाडौं, १ जेठ
वैंक तथा वित्तिय संस्थाले निर्वाधरूपमा सेवा सुविधा उपलब्ध गराउन नसक्दा यो क्षेत्रले प्रदान गर्ने सेवाको विश्वसनियमतामा कमी आउन थालेको छ ।
विभिन्न वाहानामा पटक पटक आयोजना हुने वन्द/हड्ताल तथा विरोधको अवस्थामा बैंकहरूले सेवा सुचारू नगर्ने परिपार्टर्ीीढ्दै गएपछि यसप्रति मानिसहरूको आसंका वढ्न थालेको अर्थविद्हरूले वताएका छन् ।
माओवादीले आब्हृवान गरेको अनिश्चितकालिन आमहड्तालको समयमा वैंकहरूले निर्वाध रूपमा सेवा सञ्चालन गर्न नसक्दा मानिसमा यसप्रतिको विश्वास घटेको अर्थविद् डा. राधवध्वज पन्तले वताए ।
तोकिएको विदाका दिन वाहेक अन्य दिनमा निर्वाध रूपले सेवा उपलब्ध गराउने उदेश्यकासाथ सञ्चालनमा आएका यस्ता संस्थाले त्यस अनुरूप सेवा उपलब्ध गराउन नसक्नु ठूलोनै समस्या भएको वताउँदै अर्थविद् डा. पन्तले यस्ता कृयाकलाप वढ्दै गए बैङकिङ क्षेत्रमा नराम्रो अशर पर्ने धारणा ब्यक्त गरे ।
'विभिन्न कारण देखाउँदै वारम्वार सेवा अवरूद्ध गर्ने र ससमय समयमा ग्राहकको माग अनुरूप रकम उपलब्ध गराउन समेत नसक्ने अवस्थ्ाा सृजना हुन थालेपछि यसप्रतिको विश्वास नघट्ने कुरै भएन,' डा. पन्तले राजधानीसँग भने 'विश्वास घट्न नदिन बैङकिङ क्षेत्र यसप्रति सजग हुनु आवस्यक छ ।'
दशैंको समयमा बैंक तथा वित्तिय संस्थाले माग अनुरूप रकम उपलब्ध गराउन नसक्दा घटेको यो क्षेत्रको विश्वसनियतामा आमहडतालको समयमा अवरूद्ध सेवाले झनै मलजल पुगेको उनको भनाई छ ।
बैंकहरूले निर्वाधरूपमा सेवा उपलब्ध गराउन नसक्दा घरमै रकम सञ्चय गर्ने प्रवृत्ति बढ्दै गएको वताउँदै उनले पछिल्लो घटनाले मानिसको घरमा रकम सञ्चय गर्ने प्रवृत्ति वढ्ने र यसले तरलता अभाव झनै चर्काउने उनको तर्क छ ।
'अहिलेनै बैङकिङ क्षेत्रप्रतिको विश्वास घटिसकेको त होइन,' एक वैंकका प्रमूख कार्यकारी अधिकृतले भने 'अहिले जस्तै वन्द, हड्ताल, अनिश्चितता जस्ता कृयाकलाप कायमै रहे विश्वास घट्ने अवस्था नआउन भन्न चाहीँ सकिँदैन ।'अर्का एक वैंकका प्रमूख कर्यकारी अधिकृतले वैंक प्रति मानिसको विश्वास घट्दै गएको स्विकारे । 'अहिले बजारमा तरलता अभाव झलनै वढ्थ्यो,' उनले भने 'बैङकि समग्र कारोवारमा नै संकुचन आएका कारण त्यो स्थिर देखिएको हो । जुन रूपमा निक्षेप र कर्जा वढ्नु पर्ने हो त्यो वढ्न नसक्नु पनि यही कारण भएको उनले वताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवत्ता गोपाल प्रसाद काफ्लले भने बैङकिङ क्षेत्रको विश्वसनियतामा कुनै कमी नआएको वताए ।
असहज अवस्थ्ामा पनि बैक तथा वित्तिय संस्थाले कुनै न कुनै रूपमा सेवा उपलब्ध गराएको वताउँदै उनले आम हड्तालको समयमा ग्रँहक आफैं बैंकसम्म पुग्न नसकेका कारण सेवा पाउन नसकेको दावी गरे ।
आमहड्ताल लम्विँदै गएपछि राष्ट्र बैंकको पहलमा बैंकहरूमा विशेष सुरक्षाको प्रवन्ध मिलाउने व्यवस्था भएको र सो ब्इवस्थापछि बैँकिङ क्षेत्रले सहजरूपमा सेवा पुर्‍याएको पनि उनले वताए ।
बैकरूले कठीन परिस्थितिमा पनि जोखिम र दवाव मोलेरै भएपनि बैङकिङ क्षेत्रले सेवा दिएको भन्दै प्रवक्ता काफ्लले यो क्षेत्रवाट उपलब्ध हुने सेवाप्रति कुनै आसंका गर्नुनपर्ने वताए ।
दशैको मुखमा शुरू भएको नोट अभाव र त्यसपछि निरन्तर रूपमा देखिएको तरलताको अभाव, निक्षेपको वृद्धिदरमा आएको कमी जस्ता कुराले यसलाई पुष्टि गरेको संवद्ध क्षेत्रका विज्ञहरूले वताएका छन् ।
यसलाई कम गर्न आम निक्षेपकर्ताको मनोवल जित्ने र सोही अुनरूपको सेवा प्रवाह गर्न तर्फध्यान दिनपर्ने उनीहरूको सुझाव छ ।

No comments:

Post a Comment