Monday, May 3, 2010

आज प्रेस स्वतन्त्रता दिवस

काठमाडौ, वैशाख २० - नेपाल पत्रकार महासंघको अगुवाइमा सोमबार विविध कार्यक्रमसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । प्रत्येक मे ३ मा विश्वभर मनाइने यो दिवसको यस वर्षको नारा 'सूचनाको स्वतन्त्रता: सूचनाको अधिकार' रहेको छ ।

माओवादी हडतालका कारण पूर्वनिर्धारित अन्तक्रिर्या र चियापान कार्यक्रम परिवर्तन गरिएको महासंघले जनाएको छ । परिवर्तित कार्यक्रमअनुसार प्रभातफेरी बिहान ७ बजे नयाँ बानेश्वरस्थित संविधानसभा भवन आगाडिबाट हुनेछ । त्यस्तै प्रेस स्वतन्त्रता स्मारकको शिलान्या बिहान ९ बजे सञ्चारग्राममा हुनेछ । सञ्चारमन्त्री शंकर पोखरेल शुभकामना वक्तव्य दिँदै सरकार प्रेस स्वतन्त्रताको रक्षार्थ सधैं लाग्ने प्रतिबद्घता जनाएका छन् । महासंघ अध्यक्ष धर्मेन्द्र झाले वक्तव्य जारी गर्दै अहिले पनि प्रेसमाथिको आक्रमण जारी रहेकाले त्यसलाई सुधार्न ध्यानाकर्षण गराएका छन् ।

No comments:

Post a Comment