तॆश्रो विश्व युद्ध कहिले होला परमाणु बमका निर्माता बैज्ञानिक अल्वर्ट आइन्सटाइनलाई यो प्रश्न सोधिएछ । जवाफमा उनले भनेछन् ुतेश्रो विश्वयुद्ध कहिले हुन्छ भन्ने चै थाहा छैन तर चौथो विश्वयुद्धमा चाहिँ ढुंगामुढाको हतियारमात्र प्रयोग हुनेछ ।ु आइन्सटाइनको आसय थियो तेस्रो विश्वयुद्धले मानव सभ्यता र वैज्ञानिक आविष्कारहरु सबै तहसनहस पार्नेछ र चौथो विश्वयुद्धचाहिँ ढुंगामुढाको भरमा लड्नु पर्ने अवस्था आउने छ । गलत ठहरिएजस्तो छ आइन्सटाइनको यो भविष्यवाणी किन भने तस्रो होस या चौथो विश्वयुद्ध मानिसका दसआलाले लडिने छ । तीऔलाले हतियारचाहिँ के चलाउँछ होला रु उही त हो नि माउस र किबोर्ड । अर्थात् अवको युद्ध होस् या विश्वयुद्ध कम्प्युटरको पर्दामा हुनेछ । भविष्यको कुरै नगरौ अहिलेकै कुरा गरौ अहिले पनि युद्ध चलिरहेकोछ कम्प्युटरकेा पर्दामा । यस्तो युद्धलाई हाम्ले साइवर वार नाम दिएका छौ । विकिलिक्स वेबसाइटले गोप्य अमेरिकी दस्तावेज सार्वजनिक गरिदिएपछि उत्पन्न विवादको सेरोफेरोमा साइवर वार सुरु भइसकेको छ । यो लडाइ बढ्दै गएर तेस्रो विश्वयुद्ध होला त यो वाहानामा नभए अरु कुनै वाहानामा होला अहिले नभए भविष्यमा कुनै दिन होला तर तेस्रो विश्वयुद्ध अवश्य हुनेछ र त्यस्तो युद्धलाई प्रथम साइबर वार भनिएला । विज्ञान प्रविधिले क्या चमत्कार गर् यो है युद्धको परिभाषा नै फेरिदियो युद्धको आयाम र तौरतरिका नै फेर् यो । अनि युद्धको पात्र वाहाना र कला नै फेर् यो । पहिले देशदेशका वीच युद्ध हुन्थ्यो अबको युद्ध एक पक्ष कुनै देश हुनुपर्छ भन्ने रहेन । लौ अब अनुमान गरौ तेस्रो विश्वयुद्ध कहिले होला पहिलो र दोस्रो विश्वयुद्धमा नेपाल सहभागी थिएन तर लाखौ नेपालीले लडाई लडेका थिए । हजारौँ नेपाली मरेका थिए । दुईवटा विश्वयुद्धमा बहादुरी देखाएर नेपालीले दामको कुरा त्यस्तै हो नामचाहि मनग्ये कमाएका थिए । त्यही बहादुरीको हिङको टालो देखाएर अहिले पनि हामी आफूलाई बहादुर भन्छौ । तर तेस्रो विश्वयुद्धमा भने हाम्ले भाग लिन पाउने छाँट छैन । तेस्रो विश्वयुद्ध अर्थात् प्रथम साइबर वारमा हाम्लाई भाडाको सेनाको रुपमा पनि कसैले लिन्छजस्तो छैन । अबको युद्धमा बलबहादुरको काम छैन बुद्धिबहादुरको काम छ प्रविधिमा जो अगाडी छ अबको दुनियाँमा उही बहादुर ठहरिन्छ । अबको युद्धमा बलबहादुरको काम छैन बुद्धिबहादुरको काम छ । त्यसैले हामी नेपालीले पनि बुद्धिबहादुर बन्ने अभियान थाल्ने कि
Thursday, December 16, 2010
Tuesday, December 7, 2010
संसार हल्लाउने विकिलिक्सका सञ्चालक
काठमाडौ, मंसिर १८ - विकिलिक्स साइटभन्दा बढी समस्यामा छन्, त्यसका संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज । अमेरिका र उनको आफ्नै देश अस्ट्रेलियाले केबुल सार्वजनिक गरेको अभियोगमा असान्जलाई मुद्दा चलाउन सकिन्छ कि भनी विचार गरिरहेका छन् । केही महिनाअघिसम्म उनी बसेको देश स्विडेनमा त उनीविरुद्ध एउटा यौन मुद्दै चलेको छ । यसका लागि इन्टरपोलले केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय खोजी थालेको छ । त्यहाँ गत अगस्टमा दुई महिलासँग सहमतिमा तर असुरक्षित यौनसम्पर्क राखेको असान्जले स्विकारेका छन् । तर महिलाले उनलाई आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यसैले स्विडिस अदालतले असान्जविरुद्ध वारेन्ट नै जारी गरेको त छैन तर बयान दिन आउन भनेको छ ।
असान्ज आफैं पनि साइटजस्तै लगभग असाधारण छन् । अस्ट्रेलियामा सन् १९७१ मा जन्मेका उनी स्कुल कहिल्यै गएनन् । अमेरिकी पत्रिका न्युयोर्करका अनुसार उनकी आमा छोराछोरीलाई स्कुल पठाउँदा उनीहरुमा अधिकारप्रति अस्वस्थ सम्मान सिर्जना होला भन्ने डर मान्थिन् । असान्जका आमा र बाबु डुलिरहने भएकाले निश्चित स्कुलमा शिक्षा सम्भव भएन । घरमै, पत्राचारमार्फत र पछि विश्वविद्यालयका शिक्षकसँग अनौपचारिक रुपमा पढेका र पढ्न भनेपछि हुरुक्कै हुने असान्जले सानैदेखि विज्ञान र कम्प्युटरमा रुचि देखाए । १६ वर्षको हुदाँ उनले सक्षम ह्याकरका रुपमा स्थापित गर्दै आफूलाई 'मेन्ड्याक्स' नाम दिए । लगत्तै असान्जले दुई अरु ह्याकरसँग 'इन्टरनेसनल सवभर्सिभ' समूह खडा गरे । कम्प्युटर प्रोग्राममा असाधारण क्षमताका असान्जलाई क्यानडेडी फोन कम्पनी नोर्टेलको अस्ट्रेलियास्थित कार्यालयको कम्प्युटर सञ्जालमा अनधिकृत छिरेको आरोपमा त्यतिबेलै मुद्दा चलाइएको थियो । उनले ह्याकिङ थाल्दा इन्टरनेट या अन्य कम्प्युटर सञ्जाल सुरुवाती अवस्थामा थियो । अस्ट्रेलियामा प्रहरी पनि त्यस्तो अपराधबारे सिक्दै थिए ।
निश्चित काम नगरेका र १८ वर्षमै बिहे गरे पनि केही वर्षमै छुट्टिएका असान्जले पूर्वपत्नीबाट छोरामाथिको आधिकारका लागि लामो तर सफल कानुनी लडाइँ लड्नुपर्यो ।
२५ वर्षमै एउटा पुस्तक लेखेका उनले सन् २००६ मा विश्वका लुकेका सूचना सार्वजनिक गरेर संसारलाई थप पारदर्शी बनाउन विकिलिक्स खोलेका थिए । साइट चलाउन उनलाई ज्ञात-अज्ञात थुप्रै मानिसले पैसा, समय र सीप सहयोग गरेका छन् । उनी आफूलाई कुनै जासुरी एजेन्सीहरुले फेला नपारुन् भन्नेमा अत्यन्त सजग छन् ।
Monday, December 6, 2010
टेलिभिजनको विज्ञापन बजार, रोटी उस्तै मुखहरू भने बढ्दै
भेषराज बेल्बासे
टेलिभिजन सञ्जाल बढ्ने क्रम निरन्तर भए पनि मुलुकको विज्ञापन बजार भने अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । हाल भएको विज्ञापन नै सबैले बाँडेर लिनुपर्ने बाध्यताले चर्को प्रतिस्प्रर्धा बढाएको व्यवसायीहरू बताउँछन् ।
मुलुकको आर्थिक अवस्था खस्कँदो क्रममा रहेको तथ्याङ्कहरूले देखाइरहेका बेला विज्ञापनका लागि गरिने सरकारी तथा निजी क्षेत्रको खर्च खासै बढ्न नसक्नुले विज्ञापन बजार सङ्कटमा छ । हाल भएका र नयाँ खोलिने टेलिभिजनको आर्थिक अवस्था बलियो बनाइराख्न भने सबै च्यानलहरूलाई हम्मेहम्मे पर्न थालेको छ ।
कार्यक्रम देखाउने समय प्रशस्त भएको अवस्थामा मात्र केही समय निकालेर विज्ञापन प्रसारण गर्ने हो तर अहिले लोडसेडिङको समयसमेत बढ्दै जाँदा टेलिभिजन च्यानलहरू सङ्कटग्रस्त बन्ने सरोकारवालाहरू बताउँछन् । खाने मुख बढेर धेरै भए तर खाने रोटीको आकार उस्तै छ, एड्भरटाइजिङ एसोसिएसन अफ नेपाल -आन) का अध्यक्ष निर्मलराज पौडेल भन्नुहुन्छ, वर्षमा ८५ करोड रुपियाँ टेलिभिजन विज्ञापनको आकार छ । नयाँ आउनेहरूले पनि त्यही बाँडेर लिने हो । छापा माध्यमसमेत नेपाली अर्थतन्त्रको कुल विज्ञापन बजार तीन अर्ब ५५ करोड रुपियाँको मात्र रहेको छ । सरकारको दीर्घकालीन सोच देखिएन, किन यसरी लाइसेन्स वितरण भइरहेको
छ ? आनका अध्यक्ष पौडेलले मुलुकमा बढेको अस्थिरताका कारण व्यापारीहरू समेत टेलिभिजनमा लगानी गर्न लालायित भएको बताउनुभयो । एउटा टेलिभिजन च्यानलका लागि २५ देखि ३० करोड लगानी हुने व्यवसायीहरू बताउँछन् । अहिले प्रत्येक टेलिभिजन च्यानलका सञ्चालक व्यापारी नै भएकाले ग्लामरका साथै लगानी पनि सुरक्षित हुने ठानेर यसै क्षेत्रमा आकर्षण बढेको छ ।
मुलुकको सङ्कटपूर्ण राजनीतिक अवस्थासँगै विज्ञापन बजार पनि अस्थिर भएको भन्दै अध्यक्ष पौडेलले अहिलेका लागि लोडसेडिङ पनि विज्ञापन बजारलाई प्रतिकूल बनाउने मुख्य कारक भएको बताउनुभयो । लोडसेडिङ नहुँदा बर्सेनि १५ देखि २० प्रतिशतसम्म विज्ञापन बजार बढ्दै जाने भए पनि हाल १० प्रतिशत मात्र बढेको उहाँ बताउनुहुन्छ । लोडसेडिङको अवस्था सुल्झन नसक्ने हो भने हाल रहेको विज्ञापन बजार घट्न सक्ने उहाँ बताउनुहुन्छ ।
मुलुकमा लोकतन्त्र स्थापनासँगै टेलिभिजन च्यानलका लागि लाइसेन्स लिनेको बाढी नै आएको छ भने टेलिभिजन पत्रकारिता गर्नेहरूको बढ्दो सङ्ख्यासँगै यसको सञ्चालनका लागि अनुमति लिनेको सङ्ख्या हेर्दा यस क्षेत्रमा आकर्षण अझै कायमै रहेको देखिएको छ ।
नेपाल हाल प्रसारण भइरहेका टेलिभिजन च्यानलहरूको सङ्ख्या १५ पुगेको छ भने करिब एक दर्जन च्यानल आउने तयारीमा छन् । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य शाखाका अनुसार हालसम्म ३५ वटा टेलिभिजन च्यानल इजाजत लिएकोमा ११ वटा च्यानलले एक वर्षभित्रमा प्रसारणमा नआएकै कारण रोकिएपछि इजाजत लिनेको सङ्ख्या २४ रहेको छ । विश्वमा छापा माध्यम र रेडियोभन्दा पछिको पुस्ताका लागि टेलिभिजन पत्रकारिताले समाजका हरेक तह र तप्काका मानिसमा मन जित्न सफल भएको हो । श्रव्य र दृश्य दुबै प्रविधिको संप्रेषण एकैसाथ हुने भएकाले टेलिभिजन पछिल्ला दिनमा लोकपि्रय बन्दै आएको छ ।
२०४२ साल पुसमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण सुरू भएको हो । यसपछि २०५८ साल असार १९ मा निजी क्षेत्रबाट सञ्चालन अनुमति पाएको च्यानल नेपालले सुरूमै भू-उपग्रहका माध्यमबाट प्रसारण आरम्भ गर्यो । च्यानल नेपालले प्रारम्भमा थाइल्यान्डको बैङ्ककलाई कर्मथलो बनाएर आˆनो प्रसारण सुरू गर्यो । यसैबाट नेपाली सञ्चारजगत्मा टेलिभिजनतर्फ पनि निजी क्षेत्रको प्रवेश भएको हो ।
त्यसपछि क्रमशः २०६० असार २९ गतेबाट कान्तिपुर टेलिभिजन र इमेज च्यानल दुबैले आˆनो भू-सतहको प्रसारण सुरू गरे । २०६४ असार ३२ गतेदेखि एभेन्यूज टेलिभिजनले आफूलाई पहिलो नेपाली समाचार च्यानलका रूपमा स्थापित गराएपछि क्रमशः सगरमाथा, एबीसी र न्युज २४ टेलिभिजनले पनि समाचार च्यानलका रूपमा प्रसारण आरम्भ गरेका थिए ।
यसअघिदेखि नै भारतबाट प्रसारण हुँदै आएको नेपाल वान पनि समाचार र मनोरञ्जनको स्वाद दिएर प्रसारण अगाडि बढाए । तराई र नेसनल टेलिभिजनले भने समाचार र मनोरञ्जनात्मक दुबै कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । गत महिनादेखि औपचारिक प्रसारण सुरू गरेको फिल्मी टेलिभिजनले भने विशुद्घ फिल्मी तथा मनोरञ्जनका कुरालाई टेलिभिजनबाट प्रसारण गर्ने जनाएको छ । अहिलेसम्म नेपालको सबैभन्दा नयाँ टेलिभिजन मानिएको हिमालय टेलिभिजनले पनि आˆनो औपचारिक प्रसारण सुरू गरिसकेको छ ।
नेपाली टेलिभिजन जगत्मा अन्य कार्यक्रममा भन्दा समाचार र समाचारमूलक कार्यक्रममा बढी प्रतिस्पर्धा हुन थालेको छ । समाचार मात्र प्रसारण गर्ने न्यूज च्यानलबीचको प्रतिस्पर्धा छुट्टै छ, उनीहरूसँगै समाचारमा प्रतिस्पर्धा गर्न अन्य च्यानल पनि अहिले अगाडि सर्न थालेका छन् ।
बढ्दो टेलिभिजन सञ्जालसँगै आफूलाई विशेष र फरक देखाउने होडमा टेलिभिजन च्यानलहरू लागेको देखिन्छ । प्रसारणकै बीच-बीचमा ब्रेकिङ न्युज दिने तथा समाचारमूलक र अन्य विषयमा केन्दि्रत गर्न थालेको देखिन्छ । यता समाचार र समाचारमूलक कार्यक्रमको स्तरमा खासै भिन्नता भने देखिएको छैन । टेलिभिजनको सङ्ख्या धेरै भएता पनि भाषण, घटनामूलक समाचार, बैठक, पत्रकार सम्मेलन आदिमै दायरा सीमित रहेको छ । सीमित बजार स्रोत र अस्वस्थ प्रतिस्पर्धाले टेलिभिजनको गुणस्तरलाई नै खस्काएको महसुस दर्शकबाट हुन थालेको छ । स्पष्ट सरकारी नीतिको अभावका कारण टेलिभिजनको सङ्ख्या अझै बढ्ने पक्का छ । टेलिभिजन प्रसारणका लागि इजाजत दिने प्रणाली असीमित भएता पनि सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य तथा प्रसारण शाखाले नेपालमा भू-सतही माध्यमबाट प्रसारण हुने टेलिभिजनको इजाजतपत्रको लागि निवेदन लिने कार्य स्थगित गरेको जनाएको छ ।
मन्त्रालयको श्रव्यदृश्य शाखाकी उपसचिव शैलजा रेग्मीका अनुसार यो विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न गठन गरिएको कार्यदलमार्फत अर्को सूचना प्रकाशित नभएसम्मका लागि नयाँ इजाजतका लागि स्थगित गरिएको छ ।
काठमाडौँ, मङ्सिर १९ गते ।
Saturday, December 4, 2010
गरिबी उन्मूलनका अभियन्ता

विगत १९ वर्षदेखि सप्प्रोससँग निरन्तर संलग्न उनले सप्प्रोसकै मार्फत गाउँगाउँमा खानेपानी, सिँचाइ, बाटो, शौचालय आदि मानवीय प्राथमिकतामा पर्ने कुराहरू पुर्याए। माओवादी द्वन्द्वको समयमा पनि उनी चुप लागेर बसेनन्, सरकारको मुख पनि ताकेनन्। निरन्तर आफ्नो कर्मक्षेत्रमा भिडिरहे, भिडिरहे। "हामीले नेपाली सेना र माओवादीका बीच बसेर पनि विकासका काम गररिह्यौँ," उपाध्याय भन्छन्, "हाम्रो प्रतिबद्धतालाई बुझेर दाताहरूले पनि सहयोग गररिहे।" यस क्रममा सप्प्रोसले देशका २५ जिल्लामा आफ्ना योजनाहरूलाई सफलतापूर्वक सम्पन्न गरसिकेको छ र थप १६ जिल्लामा हात हालिरहेको छ।
यसरी गरबिी निवारणका लागि आफ्नो अवधारणालाई अचूक अस्त्रका रूपमा प्रमाणित गरेबापत उपाध्यायलाई यस वर्षको 'राइट लाइभ्लीहुड अवार्ड-२०१०' बाट पुरस्कृत गरएिको छ। वैकल्पिक नोबेल पुरस्कारका नामले पनि चिनिने यो पुरस्कार पाउने उनी पहिलो नेपाली पनि हुन्। दुई लाख युरो धनराशिको यो पुरस्कार प्रत्येक वर्ष चार जनालाई संयुक्त रूपमा स्वीडेनको संसद्भवनमा प्रदान गरन्िछ। यस वर्ष नेपालबाहेक नाइजेरयिा, ब्राजिल र इजरायलका अभियन्ताहरूलाई यो पुरस्कार दिइएको छ।
"म कुनै काममा लागेँ भने निरन्तर लागिरहन्छु," उपाध्याय भन्छन्, "यसैको परण्िााम हो सप्प्रोसमार्फत हामीले जुनसुकै समय र परििस्थतिमा पनि गाउँगाउँमा काम गररिह्यौँ।"
सप्प्रोसको सुरुवाती चरणमा उपाध्याय भारतको आन्ध्रप्रदेशको एक नक्सलपन्थी क्षेत्रमा पुगेका थिए। उनी नक्सलवादीहरूले कसरी जनपरचिालन गर्दा रहेछन् भन्ने कुरा बुझन् चाहन्थे। "मेरा वरपिर िएके-४७ भिरेका लडाकूहरू थिए। स्थानीय बासिन्दाहरूलाई नै अघि सारयिो भने सफल हुन सकिन्छ भन्ने उनीहरूको अनुभव थियो।"
उपाध्यायले सत्ताका लागि लडिरहेका लडाकूहरूबाट गरबिीविरुद्धको युद्ध जित्ने कला सिके। अनि, उनले स्थानीय उपभोक्ताहरूकै अगुवाइमा गाउँगाउँमा योजनाहरू पुर्याए। स्थानीय जनताबाटै गरबिी उन्मूलनका लागि अभियान सुरु गराए। अहिले खानेपानी, सिँचाइ, शौचालय, साक्षरता अभियानजस्ता कार्यक्रमहरूमार्फत नेपालका २ लाख ३५ हजार ४८ घरधुरी लाभान्वित भएका छन्।
गरबिी उन्मूलनका लागि गरबिलाई नै माथि तान्न सक्नुपर्छ र 'तिमी आफ्नै प्रयासमा धनी हुनसक्छौ' भन्ने पाठ घोकाउन सक्नुपर्छ, यसका लागि स्थानीय तहमै चेतना र जागरण अभियान सञ्चालन गर्नुपर्छ । मानिसलाई उसको शक्ति र क्षमताबारे जानकारी हुँदैन, एउटा सामान्य गरबिले पनि सुविधाहरू पायो भने आफ्नै कामबाट धनी हुनसक्छ- उनले १९ वर्षे यात्रामा बुझेका गाँठी कुरा यिनै हुन्। यीबाहेक गरबि र धनीबीचको दूरी घटाउँदै लग्यो भने सामान्य किसान पनि आफ्नो परश्रिमका कारण धनी हुनसक्छ, स्वावलम्बी बन्न सक्छ भन्ने उनको निष्कर्ष छ।
उनले आफ्नो यात्रामा दुई किसिमका गरबिी देखेका छन्। एकथरी तराईमा छ, जो जमिनदार र किसानबीचको विभेदमा विकसित भएको छ। अर्को पहाडमा छ, जो सुविधाबाट वञ्चित भएका कारण भएको छ। तराईको गरबिी निवारणका लागि गरबिहरूको वैधानिक ज्याला या मोहियानी हकको समुचित सुरक्षा गर्नुपर्छ। जहाँसम्म पहाडको सन्दर्भ छ, त्यहाँ सिँचाइ, बाटो र उनीहरूका उत्पादनका लागि बजारको प्रबन्ध गरििदए गरबि स्वतः धनी हुनसक्छ। पैसा बाँडेर या बेरोजगार भत्ता दिएर कुनै पनि गरबिले गरबिीको रेखा पार गर्न सक्तैन। उनको लामो अनुभवले भन्छ, केन्द्रबाट योजना परचिालन गरेर कहिल्यै गरबिी उन्मूलन हुन सक्तैन। यसका लागि जनतालाई नै आफ्नो विकासमा सहभागिता गराउन सक्नुपर्छ। उनको यही अवधारणा र व्यावहारकि कामले यति प्रतिष्ठित 'राइट लाइभ्लीहुड अवार्ड' दिलाएको हो ।
विकिलिक्स नै संकटमा
दिनेश वाग्ले
नयाँदिल्ली-, मंसिर १८ - नेपालका लागि अमेरिकी राजदूत स्कट डिलिसीले बुधबार परराष्ट्रमन्त्री सुजाता कोइलालालाई भेटेर सम्भावित अप्ठेरो परिस्थितिबारे प्रस्ट पार्न चाहेका थिए । त्यो स्पष्टोक्ति दूतावासले मंगलबारै विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले विश्वभरि आफ्ना दूतावाससँग गरेका पत्रचार गत साता विवादास्प्द वेबसाइटले प्रकाशित गर्न थालेपछि अमेरिका क्ष्ाति नियन्त्रण प्रयासअन्तर्गत विश्वका सरकारलाई सम्पर्क गर्दै प्रस्ट्याएको थियो ।
महत्त्वपूर्ण देशका विदेशमन्त्रीलाई अमेरिकी राजदूतहरूले भेट्नुबाहेक विदेशमन्त्री हिलारी क्लिन्टन आफैंले फोन गरेर सजग गराएकी थिइन् । विश्वभरि अमेरिकी दूतावासले आतिथेय देश -यस सन्दर्भमा नेपाल) मा भएका गतिविधि र सूचनाबारे विदेश मन्त्रालयलाई सुरक्ष्ाित टेलिग्राम या इमेलमार्फत पठाउँछन् । ती पत्रचार -केवल) गोप्य हुने भएकाले तिनमा दूतावासले आतिथेय देशका गतिविधिबारे खुलस्त हुँदै कतिपय सन्दर्भमा ती देशका सरकारी, राजनीतिक नेतालगायत विभिन्न व्यक्तिको कुरा काटेका या प्रशंसा गरेका हुन्छन् । अर्थात्, ती पत्रचारको भाषा कूटनीतिक हुँदैन किनकि तिनलाई राजदूतलगायत दूतावास पदाधिकारीले सार्वजनिक गर्ने उद्देश्यले लेखेका हुँदैनन् । त्यस्तो सार्वजनिक हुँदा अमेरिका लाजलाग्दो अवस्थामा पुग्न सक्छ । ती पत्रचार अमेरिकी विदेशमन्त्रालयले आफ्नोे मात्रै पहुँच हुने सुरक्षित कम्प्युटर सन्जालमार्फत अन्य सरकारी निकायसँग पनि साझेदारी गर्न सक्छ । जस्तो- रक्षामन्त्रालय, जासुसी र प्रतिजासुसी संस्था आदि । अमेरिकी रक्षामन्त्रालयले चलाउने कम्प्युटर सञ्जाललाई सैन्य-इन्टरनेट या सिप्रनेट पनि भनिन्छ । हाल विश्वव्यापी प्रयोगमा आएको इन्टरनेट पनि अमेरिकी सेनाले सुरुमा आफ्नो प्रयोजनका लागि बनाएको थियो ।
अमेरिकी सरकारकै मात्र पहुँच हुने कम्प्युटर सञ्जालका त्यस्ता सूचना केही महिनायता एउटा वेबसाइटले प्रकाशित गरिरहेको छ । लुकाउन खोजेका सूचना सार्वजनिक गर्ने उद्देश्यले खुलेको विकिलिक्सले गत जुलाईमा अफगानिस्तानमा युद्धरत अमेरिकी सेनाले सैन्य मुख्यालय र रक्षा मन्त्रालयलाई पठाएका स्थलगत विवरण र अक्टोबरमा इराक युद्धताकाका त्यस्तै विवरण प्रकाशित गरेको थियो । यसबाट क्रुद्ध अमेरिकाका लागि सातायता दिनहुँजस्तो दूतावास-विदेश मन्त्रालयका पत्रचार सार्वजानिक भएपछि अन्य मुलुकसँग सम्बन्ध बिग्रने चिन्ता छ । लगत्तै विदेशमन्त्री क्लिन्टनले अमेरिकी विदेशनीति राजदूत र दूतावासका अन्य कर्मचारीको व्यक्तिगत अनुभव या दृष्टिकोण समेटिएका अनौपचारिक पत्रबाट तय नहुने प्रस्ट पारिन् । 'विदेशनीति राष्ट्रपति ओबामा र मैले वासिङ्टनमा बनाउँछौं,' उनले भनिन् । उनले अन्य मुलुकका समकक्षीलाई फोन गर्दै सार्वजनिक पत्रचार खासखुसे साउती मात्र भएको र त्यसलाई गम्भीरतापूर्वक नलिन आग्रह गरिन् । एकजना विदेशमन्त्रीले आफूलाई 'भइहाल्छ नि, हामी तपाइर्ंहरूको कुरा काटेको सुन्नुभयो भने तपाईंहरू पनि छक्क पर्नुहुनेछ' भन्नेखालको जवाफ दिएको हिलारीले बताएकी छन् ।
अमेरिकी साउती नै सही तर प्रकाशित भएका पत्रचारहरूले विश्वका कतिपय घटनाक्रमबारे नयाँ जानकारी दिएका छन् । जस्तो- साउदी अरेबियाका राजाले एकजना अमेरिकी कूटनीतिज्ञसँग 'इरानमा अमेरिकाले बम हान्नुपर्यो' भन्ने सुझाव दिएका रहेछन् । त्यस्तै, हिलारी आफंैले भारतलाई सुरक्षा परिषद्को स्थायी समिति सदस्यताका लागि 'स्वघोषित अग्रस्थानको उम्मेदवार' भनी व्यंग्य कसेकी रहिछन् । अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईसँगको अप्ठेरो अमेरिकी सम्बन्ध, उत्तर कोरियाको दक्षिण कोरियासँगको सम्भावित एकीकरणबारे दक्षिणका दृष्टिकोण, रुसी प्रधानमन्त्री र राष्ट्रपतिहरू क्रमशः भ्लादिमिर पुटिन र दिमित्री मेदभेदेवलाई होच्याएर गरिएका अमेरिकी प्रतिक्रिया पनि संसारका लागि रुचिमूलक तर अमेरिकाका टाउको दुखाइका विषय बनेका छन् ।
विश्वभरिका २ सय ७४ अमेरिकी दूतावसासँग विदेश मन्त्रालयले सन् १९६६ देखि २०१० सम्म गरेका २ लाख ५१ हजार २ सय ८७ पत्रचार विकिलिक्सको कब्जामा छन् । तीमध्ये एक सातामा केही हजार केबुल मात्र सार्वजनिक भएका छन् । ती केबुल क्रमशः प्रकाशित गर्दै जाने विकिलिक्सले बताएको छ । काठमाडांैस्थित दूतावाससँगका केबुल शुक्रबारसम्म सार्वजनिक भएका छैनन् । कुन दूतावासका पत्रचार ठ्याक्कै कहिले प्रकाशित हुन्छन् विकिलिक्सले भनेको छैन । अफगानिस्तान युद्धका विवरण सार्वजनिक गर्दा अमेरिकी सेनालाई सूचना दिने स्थानीय व्यक्तको नाम नमेटाएकोमा विकिलिक्सको आलोचना भएको थियो । निर्दोष मानिसहरूको बिनाकारण ज्यान खतरामा पारेको दोष विकिलिक्सलाई लागेको थियो । त्यसैले विकिलिक्सले यसपालि हरेक केबुल मेहनतासाथ पढ्दै नाम सार्वजनिक हुँदा ज्यानकै खतरा पर्न सक्ने मानिसहरूको नाम हटाउँदै एकपछि अर्को केबुल प्रकाशित गरिरहेको छ । अमेरिकालाई रिस उठाउने विकिलिक्स बितेका केही दिनयता आफैं समस्यामा छ । अमेरिकी सरकारप्रति मित्रवत् धारणा राख्ने ठानिएका ह्याकरले आक्रमण गरिरहेपछि वेबसाइट शुक्रबार ६ घन्टा इन्टरनेटबाट हरायो । विकिलिक्सको दर्ता कम्पनी अमेरिकी थियो जसले विकिलिक्समाथि ह्याकरले व्यापक रूपमा आक्रमण गरेकाले आफू सेवा उपलब्ध गराउन असमर्थ रहेको जानकारी दियो । शुक्रबारै विकिलिक्स स्विजरल्यान्ड सर्यो ।
को हुन् जुलियन असान्ज ?

असान्ज आफैं पनि साइटजस्तै लगभग असाधारण छन् । अस्ट्रेलियामा सन् १९७१ मा जन्मेका उनी स्कुल कहिल्यै गएनन् । अमेरिकी पत्रिका न्युयोर्करका अनुसार उनकी आमा छोराछोरीलाई स्कुल पठाउँदा उनीहरुमा अधिकारप्रति अस्वस्थ सम्मान सिर्जना होला भन्ने डर मान्थिन् । असान्जका आमा र बाबु डुलिरहने भएकाले निश्चित स्कुलमा शिक्षा सम्भव भएन । घरमै, पत्राचारमार्फत र पछि विश्वविद्यालयका शिक्षकसँग अनौपचारिक रुपमा पढेका र पढ्न भनेपछि हुरुक्कै हुने असान्जले सानैदेखि विज्ञान र कम्प्युटरमा रुचि देखाए । १६ वर्षको हुदाँ उनले सक्षम ह्याकरका रुपमा स्थापित गर्दै आफूलाई 'मेन्ड्याक्स' नाम दिए । लगत्तै असान्जले दुई अरु ह्याकरसँग 'इन्टरनेसनल सवभर्सिभ' समूह खडा गरे । कम्प्युटर प्रोग्राममा असाधारण क्षमताका असान्जलाई क्यानडेडी फोन कम्पनी नोर्टेलको अस्ट्रेलियास्थित कार्यालयको कम्प्युटर सञ्जालमा अनधिकृत छिरेको आरोपमा त्यतिबेलै मुद्दा चलाइएको थियो । उनले ह्याकिङ थाल्दा इन्टरनेट या अन्य कम्प्युटर सञ्जाल सुरुवाती अवस्थामा थियो । अस्ट्रेलियामा प्रहरी पनि त्यस्तो अपराधबारे सिक्दै थिए ।
निश्चित काम नगरेका र १८ वर्षमै बिहे गरे पनि केही वर्षमै छुट्टएिका असान्जले पूर्वपत्नीबाट छोरामाथिको आधिकारका लागि लामो तर सफल कानुनी लडाइँ लड्नुपर्यो ।
२५ वर्षमै एउटा पुस्तक लेखेका उनले सन् २००६ मा विश्वका लुकेका सूचना सार्वजनिक गरेर संसारलाई थप पारदर्शी बनाउन विकिलिक्स खोलेका थिए । साइट चलाउन उनलाई ज्ञात-अज्ञात थुप्रै मानिसले पैसा, समय र सीप सहयोग गरेका छन् । उनी आफूलाई कुनै जासुरी एजेन्सीहरुले फेला नपारुन् भन्नेमा अत्यन्त सजग छन् ।
Tuesday, November 30, 2010
आखिर, मुन्नी किन बदनाम भई?
ध्रुवचन्द्र गौतम-
मुन्नी बदनाम हुई डारलिङ तेरे लिए...मैं झण्डु बाम हुई डारलिङ तेरे लिए। 'दबंग' भन्ने फिल्मको यो गीतका लागि मानिसले पटकपटक फिल्म हेरे भन्ने चर्चा छ। हिन्दी फिल्म 'दबंग' हिट भयो। धेरै दर्शकको भनाइ छ, पत्रपत्रिकाको पनि, यसलाई हिट तुल्याउनमा यही गीतको ठूलो हात छ।

फिल्मी भाषामा यस्ता गीत र नृत्यलाई 'आइटम' भन्छन्। 'आइटम सङ' वा 'आइटम डान्स' त्यस्तो गीत वा नृत्यलाई मानिन्छ जसको कथासँग सम्बन्ध हुन पनि सक्छ, नहुन पनि सक्छ। तर, यसको प्रभाव भने फिल्ममा भएर पनि छुट्टै प्रकारको हुन्छ।
मलाइका, मलाइका अरोडा वा मल्लिका अरोडा पनि भन्छन् तिनीलाई। आज 'आइटम डान्स' गर्ने केटीहरूमा अग्रपंक्तिमै पर्छिन्। उनको शरीरले पनि उनलाई चाहेको परिस्थिति सिर्जना गर्न साथ दिएको छ। छरितो शरीरले कम्मर मर्काउँदै र अंगअंग थर्काएर नाच्दा उनको गतिले बिजुलीको चम्काइसित होड लिएजस्तो लाग्छ। उनी निर्धक्कसँग नाच्छिन्। यिनै कारणले उनका 'आइटम डान्स' प्रायः हिट छन्। उत्तेजनाको लहर उमार्ने गर्छिन् उनी दर्शकमा। केही वर्षअघि उनले 'चल छैंया छैंया' मा नृत्य गरेको सम्झन्छु। त्यसमा शाहरुख थिए, तैपनि मलाइकाले चर्चा कमाएकी थिइन्। यसमा सलमान छन्, तैपनि उनको चर्चा कम्ती भएन। सलमान उनका जेठाजु हुन्। मलाइकाले एक अन्तर्वार्तामा भनेकी थिइन्, जेठाजुका अघि नाच्दा मलाई कुनै संकोच भएन।
'आइटम डान्स'को परम्परा हिन्दी सिनेमामा धेरै पुरानो हो। सिनेमाजत्तिकै पुरानो भने होइन। हाम्रो बाल्यकालमै यस्ता नृत्यले फिल्म चल्ने अवधारणा आइसकेको थियो। अहिले त नायिकाहरू पनि 'आइटम डान्स' मज्जाले गर्छन्। पहिले भने यस्ता नर्तकीको एउटा बेग्लै परिचय हुन्थ्यो। प्रायः ती चुपचाप आउँथे, गीत गाउँदै नृत्य गर्थे र बेपत्ता हुन्थे। कहिलेकाहीँ एकभन्दा बढी नृत्य गर्नुपर्दा पुनः त्यसैगरी प्रकट हुन्थे। पछिपछि, तिनीहरू अलिअलि अभिनय पनि गर्न पाउँथे।
हाम्रो बाल्यकालमा कुक्कु भन्ने एउटी नर्तकी थिइन्। मैले देखेको प्रथम 'आइटम डान्सर' तिनै हुन्। हामी कक्कु भन्थ्यौं। कक्कुको अनुहार त मलाई त्यति सराहनीय लाग्दैन थियो, उनको देहमा भने धेरै कुरा थियो। दुब्लो, छरितो, अहिलेको मलाइका जस्तै। राजकपुरको फिल्म 'श्री चार सौ बीस' आदिमा उनको नृत्यको खुबी देख्न पाइन्छ। कक्कुको जगजगी नै थियो। त्यसपछि तिनको ठाउँ हेलेनले लिँदै गइन्। आजसम्मका यस्ता नर्तकीमा सम्भवतः हेलेन जति उच्चता कसैले पाएन। फिल्मको कथामा व्यवधान आएजस्तो लाग्यो भने, निर्देशक वा निर्माता भन्थे- 'एउटा हेलेनको डान्स हालिदेऊ।' उनी शरीर र सौन्दर्य अनि नृत्यकुशल सबै कुराकी धनी थिइन्। एउटा सिंगो जमानालाई हेलेनका थर्काइले सिनेमाहलसम्म पुर्याउने गरेको थियो।
पछि विन्दु, पद्मा खन्ना, जय श्री टी आदिले पनि आफ्ना नृत्यले दर्शकलाई मुग्ध तुल्याएकै हुन्। तर, हेलेनलाई देखेर रसविभोर भएका दर्शकको ध्यानलाई नाघ्न सक्ने क्षमता कसैले प्रस्तुत गर्न सकेनन्।
...
२००८ सालतिरको कुरो। वीरगन्जमा 'कीर्ति सिनेमा' थियो। त्यो हल बनेपछि वीरगन्जको शैली नै बद्लिएको थियो। अहिले अर्कै प्रसंग। त्यो हलमा 'निशाना' भन्ने फिल्म बरोबर लाग्थ्यो। खासगरी 'एक टिकट मे दो खेल'मा एउटाचाहिँ कि त्यही 'निशाना' भन्ने हुन्थ्यो कि 'जय महालक्ष्मी' भन्ने धार्मिक फिल्म। मैले सबैभन्दा बढी हेरेको फिल्म पनि यिनै दुई हुन्। अरू कारण होइन, एउटा टिकटमा दुई खेल भएकाले।
'निशाना'मा अशोक कुमार र मधुवालाको मुख्य भूमिका थियो भने गीतावालीको सहायक। त्यसमा गीतावालीको नाउँ 'मुनरिया' थियो। कीर्ति सिनेमाका प्रचारक टिनको एउटा 'भोंपु' मा मुख टाँसेर लाउड स्पिकरमै बोलेजस्तो गर्दै आउँथ्यो। उसले कराएर प्रचार गर्दा नायकनायिकाको नाउँ लिँदैनथ्यो। यस्तो पो भन्थ्यो- 'आज के रात कीर्ति सिनेमा मे मनुरियाका डान्स देखिए।'
मुनरियाको डान्स त्यति लोकप्रिय थियो। त्यसबखत 'आइटम डान्स' भन्ने चलन थिएन। हामीले यस्ता शब्द सुनेका पनि थिएनौं। तर, हिसाब गर्दै जाँदा मुनरिया अथवा कक्कुहरू नै प्रारम्भिक 'आइटम डान्सर' थिए। त्यसअघिको मलाई सम्झना छैन।
ती 'आइटम डान्सर'को लोकप्रियताको आफ्नै मापदण्ड, आफ्नै कसी हुन्थ्यो। एउटा अर्को रमाइलो दृश्य पनि देख्न पाइन्थ्यो। मैले केटाकेटी बेलामा देखेको छु, धार्मिक फिल्ममा देवीदेवता देखेपछि कतिजना पैसा फ्याँकेर अर्थात चढाएर दर्शन गर्थे। त्यसैगरी अहिले भनिएका 'आइटम डान्स' लोकप्रिय छ भने अथवा सोझो भाषामा भनुँ उत्तेजक छ भने त्यसको कदर गर्न पनि वीरगन्जका दर्शक चुक्दैनथे। पर्दातर्फ पैसा फ्याँक्थे र सिटी बजाउँथे। हिजोआज समय फेरियो, सिटी र ताली बजाउने मात्र छन्।
यी डान्सरभन्दा अघि अर्थात वीरगन्जमा वा गाउँगाउँमा के थियो त? 'लवण्डा'को नाच हुन्थ्यो। मलाई लाग्छ, सिनेमामा 'आइटम डान्स'को विकास यही 'लवण्डाको नाच'बाट भएको हुनुपर्छ।
त्यसबखत मञ्च वा चौपालमा लवण्डाको नाच हुन्थ्यो। अलि खुला ठाउँ छ भने 'नेटुवाको नाच' हुन्थ्यो। नेटुवा पनि नर्तक नै हुन्। लवण्डा भने अलिक लामो कपाल पालेका युवक वा किशोर हुन्थे। त्यसबखत नर्तकी पाउनु कठिन थियो। त यी लवण्डाहरू नै स्त्रीभेष धारण गरेर नाच्थे र जसजसलाई जुन तुष्टि लिनु छ यसैबाट चित्त बुझाउँथे। कुनैकुनै कार्यक्रममा एउटा कथा अर्थात नाटक हुन्थ्यो। त्यसमा नाटककै पात्र अथवा बीचमा आएर अन्य 'नचनिया' नाच्थ्यो। मैले थालनीमै लेखेको छु- 'आइटम डान्स' फिल्मका पात्रले फिल्म कथासित सम्बद्ध रूपमा पनि गर्छ, स्वतन्त्र रूपमा पनि। 'लवण्डाको नाच' मा नाटक छ भने यी दुवै तरिका अँगालिन्थ्यो। यो सबै हिसाबले हेर्दा यही 'लवण्डा के नाच'बाट 'आइटम डान्स' विकसित भयो भन्न सकिन्छ।
'लवण्डा'लाई गाउँमा अलग किसिमले हेरिन्थ्यो। त्यस हेराइमा तिनलाई विशिष्ट पनि मानिएको हुन्थ्यो। कतैकतै अलिकति 'बिग्रियो' भन्ने भाव पनि हुन्थ्यो। कस्तो होला त्यो हेराइ! 'लवण्डा'लाई 'नचनिया' अर्थात नाच्ने भन्थे। फलाना त लवण्डा बन गइल- हाम्रो गाउँमा यस्तो उक्ति कहिलेकाहीँ सुनिन्थ्यो।
मैले कुनैकुनै केटालाई देखेको छु जो पहिले साधारण किसानको छोरो थियो, एक दिन भागेर गयो र उनी 'लवण्डा' बनेर फर्क्यो। ऊ आफ्नो नचनिया जीवनका कुरा सुनाउँथ्यो। तिनमा पनि कोहीकोही फेरि नचनिया बन्न फर्कन्थ्यो। कोहीकोही भने कपाल छोट्याएर पुनः हलो जोत्ने, 'बेरहटिया' र 'कलेउ' खाँदै सामान्य जीवन बिताउँथे। मलाई लाग्छ- तिनीहरू क्रमशः विस्थापित हुँदै गएका थिए। धनीहरूको भोजभतेरमा उनीहरू नाच्न डाकिन्थे। क्रमशः यो चलन कम हुँदै गएर सहरीक्षेत्रमा लगभग निमिट्यान्न भएको अनुभव हुन थाल्यो। तिनलाई विस्थापित केले गर्यो?
दुई कुरा। एउटा त यी केटी बनेर नाच्ने केटा (लवण्डा)को ठाउँमा 'बाइजी' को नाच आउन थाल्यो। बाइजीहरू भारतबाट मगाइन्थे र फिल्मी अनि अन्य पनि गीतमा कम्मर भाँचीभाँची द्विअर्थी बोल बोल्दै पनि नाच्थे। नगरभरि हल्ला हुन्थ्यो- फलानाको बिहेमा बाइजीको नाच छ। त्यतिले काण्ड पुग्थ्यो। यसरी बजार घट्दै गएपछि लवण्डाको नाच भीड खोज्दै गाउँतिर लाग्यो। अब त त्यतातिरबाट पनि विस्थापित हुँदैछन्। एकदम भित्री गाउँमा भए कुन्नी, मैले त वषर्ौं भयो लवण्डाको नाच नहेरेको। अन्तिम पटक सम्भवतः वीरगन्जमै हेरेको थिएँ। साबुन वा यस्तै कुनै उत्पादनको प्रचार गर्न लवण्डा झिकाइएका थिए। अब प्रचारका आधुनिक तरिकाले त्यो पनि टाढिँदै गयो।
विस्थापित गर्ने अर्को कुरा झन् शक्तिशाली थियो, सिनेमा। सिनेमाले त बाइजीको नाचलाई पनि धक्का पुर्यायो। सिनेमामा सारा कुरा एकै ठाउँमा भेटिने भएपछि अनि लवण्डा वा बाइजीका ठाउँमा मलाइका नाच्ने भएपछि किन चाहियो अर्थोक?
एउटा प्रश्नले भने मलाई अझै पिरोल्छ। बाई हुनु त्यति सम्मानजनक मानिन्न तैपनि तिनलाई सबैले 'बाइजी' भनेर आदरार्थी सम्बोधन किन गर्थे?
यस्तो हुनसक्छ- बाई त्यतिखेर 'मुन्नी' जति बदनाम थिइन् कि? 'मुन्नी' एउटा भर्चुअल रियालिटी हो, बाइजी त लाइभ नै थिए। त्यसकारण पनि स्त्रीका नाताले त्यसलाई सम्मान गरेर 'जी' भनेको हो कि?
अन्त्यमा 'मै झण्डु बाम हुई' सम्बन्धी एउटा रोचक तथ्य। त्यो नृत्यपछि 'झण्डु बाम'ले मुद्दा हाल्यो, मानहानिको हो कि, नृत्य नदेखाइयोस् भनेर हो। अब आज हेरौं, त्यही मुद्दा दायर गरिएकी मुन्नी झण्डु बामकी ब्रान्ड अम्बेसडर बनाइएकी छन्, झण्डुकै तर्फबाट। अनि त्यही मुद्दा हालिएको 'मै झण्डु बाम हुई' भनेर मलाइकाले नाचेको दृश्य देखाउँदै 'झण्डु बाम' बेच्दैछ, झण्डु कम्पनी। झण्डु बामले मानिसलाई आराम पुर्याउँछ भनेर हो कि, मुन्नीले झण्डु र दर्शक दुवैलाई आराम दिन्छे भनेर हो?
यस्तो परिस्थितिमा लवण्डाको नाच के गरी टिक्थ्यो? त्यसै पनि लवण्डा वा बाईको पुरा वस्त्रलाई 'मुन्नी'हरूका झिना वस्त्रले अड्न दिने सम्भावनै थिएन।
लाग्छ- 'मुन्नी' को बदनामी नै उसको शक्ति हो, त्यसकारण दर्शकले स्वागत गरे। 'आइटम डान्स' का थालनीकर्ता भने कहाँ छन् कहाँ अहिले। ती पनि कहिलेकाहीँ सिनेमाको प्रयोजन पुरा गर्न सिनेमैभित्र देखिन्छन्। तर, मुन्नीका सामु ती त्यहाँ पनि टिक्न सक्दैनन्।
वर्णन गरेर साध्य छैन, झण्डु बाम बनेका मुन्नीहरूको...।
Tuesday, November 23, 2010
मुक्ति दिनूस् - देउसिरे !
![]() |
sisnupani deusi |
धेरैले भन्छन् सिस्नुपानी नेपालले तिहारलाई खूब रमाइलो बनाउँछ। विभिन्न संघसंस्था र सञ्चारमाध्यमहरूले तिहार आउनुअगाडिदेखि हाम्रा कार्यक्रमका बारेमा सोधखोज गर्ने र समाचार बनाउने गर्छन्। अन्तर्वात्र्ााहरू लिने गर्छन्। यसो हुनु खुसीको कुरा हुनुपर्ने हो। टेलिभिजनमा अनुहार देखाउन पाउनु, रेडियोहरूमा अन्तर्वात्र्ाा दिन पाउनु, पत्रपत्रिकामा फोटो छापिनु, समाचार छापिनु मजै हुनुपर्ने हो।
यस वर्ष पनि खेल्यौँ हामीले देउसी। यस वर्षको देउसी विगत वर्षहरूभन्दा झनै प्रखर, चर्चित र प्रशंसित भयो। धेरै सञ्चारमाध्यमले हाम्रोे देउसीलाई विशेष प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरे। हामीले खूब स्याबासी पायौँ। यसबाट के प्रस्ट हुन्छ भने देश झन् खत्तम भयो। सरकार झन् निकम्मा भयो। दलहरू अझै खत्तम भए। नेताहरू झन् अक्षम र असफल भए। हामीले हाम्रो देउसीको सफलताबाट अनुमान गर्यौँ हामी दिनदिनै अधोगतितिर उन्मुख छौँ।
हामीलाई थाहा छ, हामी राम्रो काम गररिहेका छैनौँ। उज्यालोको महापर्व तिहारमा वर्षैपिच्छे हामी अँध्यारोको गीत गाउन बाध्य छौँ। देशको दुर्गतिको कथा सुनाइरहेका छौँ, नेताहरूलाई कुरीकुरी गररिहेका छौँ।
हामी पनि 'झिलीमिली झिलीमिली देउसिरे' भन्न चाहन्छौँ। हामी 'भन भन भाइ हो देऊ शान्ति' र 'देऊ सरकार' भन्दै सधैँ तपाइर्ं नेताहरूसँग देशका लागि सुख, शान्ति र स्थायी सरकारका लागि भिख मागिरहन चाहन्नौँ। हामी पनि तिहारमा ताता रोटी खान चाहन्छौँ। 'चिप्लो बाटो, लड्दैपड्दै आयौँ हामी' भनेर मीठो लयमा देउसी खेल्न चाहन्छौँ। हामीलाई पनि आउँछ मादल बजाउन। हामीलाई पनि आउँछ 'यसै घरका परेवा पन्छी उड्दाखेरी आकाशै ढाकून्, यसै घरका गाईवस्तु फुकाउँदा खेरी खर्कै ढाकून्' भनेेर भट्याउन। ती सबै छाडेर रातरातभर िनसुती सरकार, नेता र राजनीतिक दलहरूभित्रका विकृति र विसंगति खोतल्न र छन्द मिलाउन हामीलाई केले प्रेरति गररिहन्छ? तपाईं नेताज्यूहरूकै हर्कतले। आफैँले छानेका, आफैँले मानेका आफ्नै पि्रय नेताहरूलाई यसरी व्यंग्य गर्दै गीत कथुर्ने हामीलाई रहर थियो होला त !
'म त यस्तो होइन दाइ, यै मादलले पागल बनायो' भनेर कणर्ालीका कलाकारहरूले गाएजस्तै हामी पनि यस्ता कहाँ थियौँ र दाइ हो ! तपाईं नेताहरूका कर्तुतहरूले पागल बनाएर यसरी प्रत्येक तिहारमा हामी आफू हाँसेको र दुनियाँलाई हँसाएको अभिनय गर्दैछौँ तर वास्तवमा आफू रुँदै र दुनियाँलाई रुवाउँदैछौँ।
तीन-चारवटा पार्टीका दस-बीस जना नेताहरूलाई बाँधेर सिस्नुपानी हान्न हामी सक्दैनौँ । त्यसैले, हामी ६ सय १ को ताँतीमाथि एकमुष्ठ व्यंग्य सोझ्याउन बाध्य छौँ। 'सिक्रीले बाँध्छन् - सभासद्, बिक्रीमा ल्याउँछन् - सभासद्, सुँगुरभन्दा मोटा - सभासद्, एक करोड गोटा - सभासद्' भनेर सबै सभासद्हरूमाथि कटाक्ष हान्छौँ। कतिपय निरीह र इमानदार सभासद्माथि यसरी अन्याय गररिहँदा हामीलाई पाप लाग्दैन?
देश र जनताको पक्षमा कैयौँ वर्ष भूमिगत बसेर कति नेता-कार्यकर्ताले आफ्नो जीवन बलिदान गरेर देशमा प्रजातन्त्र ल्याउन कत्रो उत्सर्ग गरेको जनताको प्यारो पार्टी एमालेलाई 'भाले हो कि पोथी हो यो पत्ता लगाई हालौँ न, बल्खु दरबार खाली पारी बोइलर पालौँ न !' भनेर छेड हान्दा के हाम्रो मुटु कटक्क भएन होला र !
१२ वर्षसम्म जनयुद्ध लडेर जनताको शासन ल्याउन भनी आपmना असंख्य कार्यकर्ताको बलिदान दिएको, मुलुकबाट राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको देशकै सबैभन्दा ठूलो पार्टीलाई 'राजावादी, फटाहा, जाली माओवादीमै अटाए, गौरवशाली पार्टीको झन् गौरव बढाए' अथवा 'राजावादीे चोखिँदैछन् माओवादी भाँडामा, कुनदिन चढ्छिन् हिमानी नि पेरसि डाडाँमा' भनेर वाण हान्न बाध्य हुँदा हामीलाई चाहिँ पीडा भएन होला?
लेखक/कलाकारको मन त साह्रै कोमल र भावुक हुन्छ। यस्तो मनमा कसरी आयो होला यस्तो क्रूर कल्पना ः 'हत्याराले बालबालिका अपहरण गर्दैछन्, नेता किन कैल्यै अपहरण पर्दैनन्?' के हाम्रा नेता अपहरणमा परे भने हामीलाई चैन हुन्छ होला !
यति मात्रै होइन, सिस्नुपानीका मेरा साथीहरूले तथाकथित हात्तीवन बैठक बसिरहेकै बेला यी पंक्तिहरू पनि गाउन कर गररिहेका थिए। तर, बैठकको निर्णय बाहिर नआई पूर्वाग्रह राख्नुहुन्न भनेर हामीले गाएनौँ। यी पनि गाउनुपरेको भए हामी अझै रुने थियौँ यस वर्षको देउसीमा।
पन्ध्र-सोह्र जुवाडे हात्तीवनमा पसेछन्
चौबीस घन्टै नउठी घुँडा धसेछन्।
म्यारजि खेले, बाघचाल खेले, खेले अरे चेस
पालैपालो गरी अब खान्छन् अरे देश !
कहिले रसिोर्ट धुलिखेल कहिले जान्छन् हात्तीवन
नौटंकी हुन् नाटक गर्न हिँडिरहन्छन्।
पिए होलान् झम्के झोल हाने होलान् घुस्सा
हात्तीवनमा हात्ती आयो हात्ती आयो फुस्सा !
हामी यस्तो कष्टपूर्ण यात्रा रोक्न चाहन्छौँ। हामी मुक्ति चाहन्छौँ यस्तो दुःखद कर्मबाट। नेताहरू हो, हामीलाई मुक्ति दिनूस् ! हामीलाई भोकै मार्नूस्, हाम्रो व्यंग्यलाई भुत्ते पार्नूस्। हाम्रो देउसीलाई प्रभावहीन बनाइदिनूस्। देशको दुर्दशाको वर्णन गर्दागर्दै हाम्रो जुनी यसै खेर जान लाग्यो। हामी मरेपछि पनि हाम्रो आत्माले शान्ति नपाउने भयो। हाम्रो बास नर्कमा हुने भयो। हामीलाई नर्कबास हुनबाट बचाउनूस्। हे नेतागण ! मन्त्रिपरष्िाद्मा, सिंहदरबारमा, सम्मेलन केन्द्रमा, कालापत्थरमा, हात्तीवनमा, ठाउँठाउँमा अपानवायु छाडेर यस देशलाई दुर्गन्धित नबनाउनूस्। यस देशलाई सुमार्ग दिनूस् ।
Tuesday, November 16, 2010
साउदी राजकुमार तलालको आकाशे दरबार
यतिबेला त्रिभुवन विमानस्थलमा विश्वका १९ औं धनी व्यवसायी तथा साउदीअरबका राजकुमार अल वालिड विन तलालका दुई भिमकाय विमान पार्किङ गरिएका छन् । ती विमानभित्रका सुविधा हामीले कल्पना गरेभन्दा पनि बढी सुविधाजनक छन् ।
यी विमानको भुइँ बाक्लो सिसाबाट बनाइएको छ, जहाँबाट भुइँ हेर्न सकिन्छ । जहाजमा कार पनि सँगै बोकेर लैजान सकिन्छ । हरेक जहाजमा तलालका कार्यालय, राजकीय सयन कक्ष, बोर्ड रुम र अनलाइन कारोबार गर्ने सुविधा पनि छन् ।
राजकुमार तलाल जसरी धनले समृद्ध छन्, उनको विलाशी जीवनशैलीले उनको व्यक्तित्वलाई अझै उच्च बनाएको छ । केही महिनाअघि उनले किनेर प्रयोगमा ल्याएको निजी जेट ‘ए ३८०’ लाई विश्वका अरू धनाड्य व्यक्तिले समेत ईष्र्या गर्ने प्रकारको बनाएका छन् ।
तलालसँग चारवटा निजी हवाईजहाज छन्, जसमा एक से एक सुविधा छन् । ‘ए ३८०’, ‘बोइङ ७४७’, ‘एयरबस ३२१’ र ‘ह्वकर सिडिली १२५’ छन् । तीमध्ये ‘ए३८०’ लाई तलालले आकासे दरबार नामकरण गरेका छन् ।
यो हवाईजहाज विश्वको सबैभन्दा ठूलो यात्रुबाहक एयरक्र्याफ्ट पनि हो । जसलाई सन् २००९ मा विश्वको सबैभन्दा ठूलो निजी जेटको रूपमा गिनिज विश्व रेकर्डमा पनि समावेश गरिएको छ । ६ सय यात्रु बोक्न सक्ने क्षमताको यस जेटलाई उनले संसारका धनाड्य व्यक्तिको स्वप्न महलका रूपमा परिवर्तन गरेका छन् ।
आकासमा उड्ने यो जहाजभित्र पाँचतारे होटेलमा भन्दा पनि बढी सुविधा छन् । यात्रुवाहक जहाजलाई नै दुई तले बनाइको छ भने तलालले यसलाई तीन तले बनाएका छन् । संभवतः जहाजमा लिफ्ट प्रयोग भएको यो पहिलो जहाज हो ।
यसको तल्लो तलामा चारवटा सुविधाजनक स्वास्थ्य क्लब छन् जसमा टर्किस बाथलगायका सम्पूर्ण सुविधा छन् । जेटको तल्लो तलाको एकातिर उच्चस्तरीय सुविधाजनक गाडी राख्ने ठाउँ बनाइएको हुन्छ जुन गाडीहरू तलाल जहाँ जाँदा पनि सँगै लिएर जान्छन् ।
बाँकी भागमा विभिन्न प्रकारका आराम गर्ने स्थानहरू बनाइएको हुन्छ । जहाजको बाथरुमका भुइँ सिंगमरमरयुक्त छन् । यद्यपि जेटको तौल हलुको बनाउनु पर्ने भएकाले त्यो सिंगमरमरको मोटाइ भने दुई मिलिमिटर मात्र छ ।
आकासे दरबारको उपमा पाएको यस जेटको सम्पूर्ण भुइँ रातो कार्पेटले ढाकिएको छ । यहाँ पाहुनाहरूका लागि पर्याप्त कोठाको व्यवस्था गरिएको छ । तलालले आफ्ना
इष्टमित्रहरूसहित आनन्दमय हवाई यात्रा गर्नका लागि सम्पूर्ण पूर्वाधारको विकास गरेका छन् ।
दोस्रो तला तलाले आफ्नो कार्यालय बनाएका छन् । एक देशबाट अर्को देशमा हवाईयात्रा गर्ने क्रममा उनले कार्यालयका रूपमा प्रयोग गर्ने तलामा हरेक प्रविधिको प्रयोग गरिएको छ । उनलाई जेटमा नै सम्पूर्ण स्टक कारोबार गर्ने सुविधा छ । विश्वका धेरै बहुराष्ट्रिय कम्पनीमा लगानी गरेका उनले यात्रा गरिरहेको समयमा पनि कारोबार गर्न सक्छन् । बोर्ड रुममा भएको आइटचक्रिनमा सम्पूर्ण स्टक कारोबारको बारेमा सूचना प्रत्यक्ष रूपमा आइरहेको हुन्छ । जसले उनलाई केवल उक्त सूचनाको आधारमा जमिनमा रहेका अन्य व्यापारिक साझेदारहरूसँग सजिलै बैठक एवं छलफल तथा कारोबार गर्न सक्छन् ।
तेस्रो तलामा तलालका लागि राजकीय सयन कक्ष, पर्याप्त मनोरन्जन प्रणाली र कम्प्युटर प्रविधियुक्त प्रार्थना सुकुल छ । जुन सुकुलको शिर जेट संसारको जुनसकै स्थानमा भए पनि जहिलेसुकै मक्कातर्फ नै फर्किएको हुन्छ ।
तीन तले जेटको सबै तला फरक–फरक स्वरूपले भरिएको हुन्छन् । जेटमा माथिल्लो तलामा निजी आवास, बीचको तलामा कन्सर्ट हल र भुइँतलामा कार पार्क गर्ने लगायतका सुविधा छन् ।
तलालको पछिल्लो निजी जेट ३२ करोड अमेरिकी डलरमा किनेका थिए । यस जेटमा तलालले थप सुविधा थप्न १७ करोड ९० लाख डलर अत्तिरिक्त खर्च गरेका थिए । त्यसको साथै ६ करोड डलर बराबरकोे विभिन्न बुट्टाहरूयुक्त सुनौलो पात पेन्टिङ गर्न पनि खर्च गरेका थिए ।
Friday, November 5, 2010
नेपाल तीब्र मानव विकास गर्ने मुलुक
काठमाडौं, कात्तिक १९ -शिक्षा र स्वास्थ्यमा भएको विकासका कारण नेपाल ४० वर्षमा मानव विकासका क्षेत्रमा चाँडो प्रगति गर्ने १० मुलुकभित्र परेको छ। मानव विकासका क्षेत्रमा चाँडो प्रगति गर्ने मुलुकमध्ये नेपाल तेस्रो नम्बरमा आएको हो। तुलनात्मक रुपमा आयस्रोत नबढेकाले गरिबी भने घट्न सकेको छैन।
![]() |
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले बिहीबार सार्वजनिक गरेको 'मानव विकास प्रतिवेदन २०१०' मा सन् १९७० देखि २०१० सम्ममा नेपालीहरुले शिक्षा, स्वास्थ्य, आयआर्जनलगायतमा उल्लेख्य प्रगति गरेको उल्लेख छ। प्रतिवेदनको २० औं वार्षिक संस्करणका लागि नया" मापदण्ड र तथ्यांकका आधारमा मानव विकास सूचकांकको मूल्यांकन गरिएको थियो।
समग्र मानव विकास सूचकांकमा प्रगति गर्ने हिसाबले नेपाल तेस्रो स्थानमा छ भने गैरआय सूचकांकमा नेपाल दोस्रो स्थानमा पर्छ। यसमा आयलाई समेत जोड्ने हो भने नेपाल उत्कृष्ट १० मा नै पर्दैन।
राजनीतिक अस्थिरता र द्वन्द्व रहेका बेला पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विकास भएकाले नेपालको मानव विकास सूचकांकमा प्रगति राम्रो देखिएको हो। समग्र मानव विकास सूचकांकका आधारमा सबैभन्दा चाँडो प्रगति गर्ने मुलकको सूचीमा ओमन र चीनपछि नेपाल परेको छ। आयबाहेकका सूचकांकका आधारमा भने नेपाल ओमनपछि दोस्रो स्थानमा छ।
विभिन्न १० प्रकारका मापदण्डका आधारमा तय गरिएको मूल्यांकनअनुसार नेपाल मानव विकास सूचकांकमा कुल १ सय ६९ मुलुकमध्ये १ सय ३८ औँ स्थानमा छ। मानव विकासमा चाँडो प्रगति गरेको भए पनि ४० वर्षअघि निक्कै दयनीय अवस्था रहेकाले अझै नेपालको गरिबी सन्तोषजनक रुपमा नघटेको प्रतिवेदनले औंल्याएको छ।
राष्ट्रिय योजना आयोगले आय आर्जनका आधारमा गरिबी घटेको जनाए पनि समग्र मानव विकास र सेवा सुविधाका आधारमा गरिबी कम नभएको प्रतिवेदनले देखाएको छ।
चालीस वर्षअघिको तुलनामा नेपालीको सरदर आयु, विद्यालय जाने बालबालिकाको संख्या, स्वास्थ्य सेवालगायतमा उल्लेख्य सुधार भएको छ। सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले मानव विकासमा चाँडो प्रगति भए पनि नेपाल अझै विकासमा धेरै पछाडी रहेको देखिएको बताए।
'यो प्रतिवेदनले अझै हामी राम्रो अवस्थामा छैनांै भन्ने देखाएको छ,' उनले भने, 'आय बढे पनि सबैखाले सूचकांकका आधारमा गरिबी घटेको छैन भन्ने यसले देखाउँछ।' उनले यो प्रतिवेदन र योजना आयोगले तयार गरेको प्रतिवेदनका मापदण्ड फरक भएकाले तुलना गर्न नमिल्ने बताए। पोखरेलले प्रतिवेदनले देखाएका विभिन्न क्षेत्रको विकास प्रगतीलाई आधार मानी आगामी योजना बनाइने जानकारी दिए।
कार्यक्रममा युएनडिपीकी कन्ट्री डाइरेक्टर आन इजाबेलले प्राथमिक शिक्षा निःशुल्क गरिनु र समुदायको सहभागितामा शिक्षा क्षेत्रको विकास हुनुले मानव विकासमा नेपालले चाँडो प्रगति गरेको देखिएको बताइन्। उनले अझै पनि खाद्य सुरक्षा, भोकमरीजस्ता समस्याले गर्दा नेपालको उल्लेखनीय प्रगति हुन नसकेको दाबी गरिन्।
युएनडिपीको बिहीबार सार्वजनिक प्रतिवेदन अनुसार नेपालीको सरदर आयु साढे ६७ वर्ष पुगेको छ। यो सबैभन्दा राम्रो स्वास्थ्य सूचकांक भएका जापानीहरूको सरदर आयुको तुलनामा १५.७ वर्षले कम हो। प्रतिवेदनले सन् १९७० को तुलनामा अहिले नेपालीको सरदर आयु २५ वर्ष बढेको देखाएको छ।
अहिले नेपालका प्रत्येक ५ जना विद्यालय उमेरका बालबालिकामध्ये ४ जना प्राथमिक स्कुल भर्ना हुने गरेका छन्। चालीस वर्षअघि प्रति ५ बालबालिकामा १ जनामात्र हुन्थे। प्रतिवेदनले नेपालीको प्रतिव्यक्ति आय २०१० मा १ हजार २ सय १ अमेरिकी डलर पुगेको देखाएको छ। लैंगिक असमानता सूचकांकमा नेपाल १ सय १० स्थानमा छ। प्रति १ लाख जीवित जन्ममा ८ सय ३० नेपालीको मृत्यु हुने गरेको छ।
प्रतिवेदनले १७.९ प्रतिशतमात्र २५ वर्षमाथिका नेपाली महिलाले माध्यमिक तहको शिक्षा लिएको देखाएको छ भने मात्र १९ प्रतिशत नेपाली बालबालिकाको जन्म दक्ष स्वास्थ्यकर्मीको रेखेदेखमा हुने गरेको छ।
समग्र मानव सूचकांकमा प्रगति भएको देखिए पनि युएनडिपी आफैले बनाएको अन्तर्राष्ट्रिय मापण्डअनुसार दैनिक १.२५ अमेरिकी डलर खर्च गर्न नसक्ने नेपालीको संख्या कुल जनसंख्याको ५५.१ प्रतिशत छ। अझै १५.६ प्रतिशत नेपालीहरु सबैखाले मापदण्डको गरिबीको जोखिममा छन्।
प्रतिवेदनले नेपालका मात्र नभई संसारभरकै मानिसहरु पहिलेभन्दा स्वस्थ, शिक्षित र धनी भएको देखाएको छ। प्रतिवेदनअनुसार नर्वे, अस्ट्रेलिया र न्युजिल्यान्ड मानव विकास सूचकांकमा सबैभन्दा अगाडि छन् भने नाइजर, कंगो र जिम्बाबे सबैभन्दा पछाडि छन्।
समग्र मानव विकास सुचकांकमा दक्षिण एसियाली मुलुक मध्ये श्रीलंका सबैभन्दा अगाडी रहेको छ। श्रीलंका पछि क्रमसः माल्दिभ्स, भारत, पाकिस्तान, बंगालादेश, नेपाल र अफगानिस्तान रहेका छन्। भुटानको मानव विकास सुचकांकको भने युएनडिपीले अध्ययन गरेको छैन।
मुलुक मानव विकास सुचकांकका आधारमा स्थान
श्रीलंका ९१
माल्दिभ्स १०७
भारत ११९
पाकिस्तान १२५
बंगालादेश १२९
नेपाल १३८
अफगानिस्तान १५५
-नागरिक-
Tuesday, November 2, 2010
जनता बैंकद्वारा जनता ठगिए
सानिमा विकास बैंकमा जम्मा भएको रकमको ब्याज आठ लाख ६९ हजार एक रुपैयाँ रिलायबल इन्भेस्टमेन्टमा जम्मा भएको रकमको ब्याज चार लाख १२ हजार ६ सय ७९ रुपैयाँ रिलायबलको अर्को खातामा जम्मा भएको रकमको ब्याज ३३ लाख ५१ हजार एक सय ३२ रुपैयाँ ग्लोबल बैंकमा जम्मा भएको रकमको ब्याज ४० लाख २९ हजार आठ सय ३४ रुपैयाँ सर्वसाधारणबाट जम्मा रकमको ब्याज जम्मा एक करोड ४९ लाख ६२ हजार ६ सय ४७ रुपैयाँ हिसाबमा छैन
नयाँ पत्रिका
काठमाडौं, १५ कात्तिकसञ्चालनमा आउनु चार वर्ष अघिदेखि नै जनता बैंकद्वारा जनता ठगिएको आरोप लागेको छ । बैंक सञ्चालनमा आएको सात महिना मात्र भएको छ ।
बैंक सञ्चालनमा आउनु चार वर्ष अघिदेखि नै सञ्चालकले सर्वसाधारणलाई पनि लगानीकर्ता बनाउने भन्दै पैसा संकलन गरेका थिए । मंसिर ०६३ बाट पैसा उठाए पनि चैत ०६६ बाट मात्र बैंक सञ्चालनमा आयो । तर, यसबीचमा सर्वसाधारणबाट उठाइएको पैसाको ब्याज नै बैंकले दिएन । तर, विभिन्न बैंकमा पैसा राखेबापत आएको एक करोड ४९ लाख ६२ हजार ६ सय ४७ रुपैयाँ भने अध्यक्षलगायतका सञ्चालकले कुनै पनि हिसाबमा देखाएका छैनन् ।
सञ्चालक हुने आशामा पैसा बुझाएका आठ सय ३६ ले ब्याजविना सेयरधनी प्रमाणपत्र पाएका छन् । तर, दुई सय सर्वसाधारणले त प्रमाणपत्र पनि पाएका छैनन् । उनीहरूको त ब्याज मात्र होइन, साँवाकै हिसाब बैंकमा छैन ।
दुई सयजनाको सूचीभित्र प्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपालसमेत छिन् । प्रधानमन्त्री नेपालले सम्पत्ति विवरणमा जनता बैंकमा दुई लाख ६० हजारको संस्थापक सेयर हालेको उल्लेख गरेका छन् । तर, उनी अथवा उनकी श्रीमती बैंकको संस्थापक सेयरधनीमा सूचीकृत छैनन् । प्रधानमन्त्रीले अहिलेसम्म विरोध गरेका छैनन्, सर्वसाधारणको विरोध सुनिएको छैन ।
'लगानीकर्ताहरूले भए सेयरको प्रमाणपत्र नभए आफूले बुझाएको रकम ब्याजसहित फिर्ता गर्न माग गर्छन् तर बैंकका अध्यक्षसहित सञ्चालकहरू मौन बस्छन्,' बैंक स्रोतले भन्यो । 'बैंकमा बुझ्दा सेयरधनीमा तपाईंको नाममा सूचीकृत भएको छैन भन्छन्, अध्यक्षलाई सोध्यो कुनै जवाफ दिँदैनन्, बैंक खोल्ने नाममा सर्वसाधारणको रकम जम्मा गरेर ठगी गर्ने काम भएको छ,' बैंकमा रकम जम्मा गरेका एक लगानीकर्ताले भने । बैंक स्रोतले भने केही लगानीकर्ताले प्रमाणपत्र पाऊँ भन्दै दिएको निवेदन अध्यक्षले लुकाउने गरेको दाबी गरेको छ ।
यस विषयमा अध्यक्ष गुरुप्रसाद न्यौपानेसँग जिज्ञासा राख्दा उनी आक्रोशित भए । 'तपाईंले सबै थाहा पाइहाल्नुहुन्छ नि, नाटक नगर्नुहोस्, राष्ट्र बैंकलाई सोध्नुहोस्,' उनले आक्रोशित हुँदै भने । उनी विगतमा वाणिज्य बैंकको एलसी काण्डमा मुछिएका व्यक्ति हुन् ।
बैंक सञ्चालनका लागि सर्वसाधारणबाट संकलित रकम बैंकको संस्थापक खातामा जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरिएको थियो । त्यही माध्यमबाट ब्याज पनि सञ्चालकले खल्तीमा हालेको सर्वसाधारणको आरोप छ । अझ संस्थागत खातामै जम्मा भएको ब्याज पनि बैंकको आयमा नराखी व्यक्तिले नै खल्तीमा हालेका छन् ।
आफ्नो रकम, ब्याज र साँवा नै ठगी भएको थाहा पाएपछि सञ्चालकहरूले अध्यक्ष गुरुप्रसाद न्यौपाने र सञ्चालक चिरञ्जीवी द्वालाई पत्र लेखेका थिए । उनीहरूले बैंक सञ्चालनपूर्व उठाएको रकमको ब्याजमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । बैंकको सञ्चालक समितिमा न्यौपाने, द्वा, केशवबहादुर रायमाझी, धर्मध्वज पराजुली, निर्मलज्योति तुलाधर छन् ।
सञ्चालनमा आउनुअघि अध्यक्ष न्यौपानेसहित तीनजनाले काठमाडौंमा तीनवटा र पोखरामा एउटा गरी चारवटा बैंकमा पाँचवटा खाता सञ्चालन गरेका थिए । त्यसमध्ये रिलायबल वित्तीय संस्थामा दुईवटा, ग्लोबल, एभरेस्ट, सानिमा र कास्की फाइनान्समा एक/एकवटा खाता सञ्चालनमा थिए ।
पाँचवटा खातामध्ये तीनवटा खाता सञ्चालकहरूले संयुक्त रूपमा सञ्चालन गरेका थिए भने एभरेस्ट बैंक र पोखराको कास्की फाइनान्सको खाता व्यक्तिगत रूपमा सञ्चालन गरिएको थियो । पाँचवटै वित्तीय संस्थामा चार वर्षसम्म जम्मा भएको एक अर्ब ४० करोडको साँवा जनता बैंकमा देखाइए पनि ब्याजको भने कुनै हिसाब छैन ।
बैंकका अध्यक्ष गुरुप्रसाद न्यौपाने, सञ्चालकहरू शैलेन्द्र गुरागाईं र केशवबहादुर रायमाझीको संयुक्त सञ्चालनमा रहेको सानिमा विकास बैंक (खाता नं ०४७९५०७) बाट आठ लाख ६९ हजार रुपैयाँ, रिलायबल इन्भेस्टमेन्ट वित्तीय संस्था (खाता नं. ००१००००३६१०) चार लाख १२ हजार ६७९ र (खाता नं. ००१००७९६०९) बाट प्राप्त भएको ३३ लाख ५१ हजार १४२ रुपैयाँ, ग्लोबल बैंक (खाता नं. ०१०७०१०००५२४४) बाट प्राप्त भएको ४० लाख २९ हजार ८३४ रुपैयाँ ब्याज जनता बैंकको आम्दानीमा समावेश गरिएको छैन ।
त्यसैगरी अध्यक्ष न्यौपानेले दुई सय २० जना सेयरधनीबाट जम्मा गरेको २९ करोड ९१ लाख रुपैयाँ एभरेस्ट बैंकमा व्यक्तिगत खातामा जम्मा गरी ब्याज नदेखाएको सञ्चालकहरूको आरोप छ । त्यस्तै सञ्चालक द्वाले ८० जनाभन्दा बढी सेयरधनीबाट जम्मा गरेको १६ करोड रुपैयाँ कास्की फाइनान्समा व्यक्तिगत खाता खोली ब्याज हिसाब नदेखाएको आरोप पनि बैंक सञ्चालकहरूले लगाएका छन् ।
'एभरेस्ट बैंकबाट अध्यक्ष न्यौपानेले सात प्रतिशतका हिसाबले ४० लाख २९ हजार रुपैयाँ र द्वाले कास्की फाइनान्सबाट साढे सात प्रतिशतका हिसाबले २२ लाख ४० हजार रुपैयाँ ब्याज हिनामिना गरेको सञ्चालकहरूले बैठकमा उठाउने गरेका छन्,' स्रोतले भन्यो । तर, अध्यक्षको दबाबबीच यस विषयमा औपचारिक रूपमा छलफल हुन सकेको छैन । 'यही विषयले गर्दा बैंक-सञ्चालकहरूबीच विवाद चर्केको छ,' बैंक स्रोतले भन्यो ।
सञ्चालनपूर्वको हिसाब गोलमाल भएको भन्दै यसलाई पारदर्शी बनाउन केही सञ्चालकले माग गरेपछि ४ मंसिरमा हुने साधारणसभामा अध्यक्षले पेस गर्ने वाषिर्क प्रतिवेदन अहिलेसम्म टुंगो लागेको छैन । 'सञ्चालकहरूबीचको विवाद चर्किएको छ, यस्तो अवस्थामा बैंकको वाषिर्क साधारणसभा कसरी बस्न सक्छ ?' स्रोतले भन्यो ।
बैंक स्रोतका अनुसार सेयरधनीले जम्मा गरेको रकम अध्यक्ष न्यौपानेले श्रीमती, छोरा, बुहारीकोे नाममा बैंकमा लगानी गरेका छन् । 'सर्वसाधारणबाट रकम असुलेर आफ्नो परिवारको नाममा बैंक हत्याउने प्रयासमा अध्यक्ष लागेका छन्,' स्रोतले भन्यो, 'बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने राष्ट्र बैंक थाहा हुँदाहुँदै पनि यस विषयमा मौन बसेको छ ।' गभर्नर युवराज खतिवडाका छोरा तिलकराज खतिवडा बैंकका संस्थापक लगानीकर्ता हुन् ।
राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेले बैंकमा अनियमितता भएको विषयमा कुनै जानकारी नभएको बताए । 'बैंक तथा वित्तीय संस्थाले नियममा रहेर काम गर्नुपर्छ, यस विषयमा हामी छानबिन गर्छौं,' उनले भने ।
Subscribe to:
Posts (Atom)