Thursday, December 16, 2010

अबको युद्धमा बलबहादुरको काम छैन बुद्धिबहादुरको काम छ

तॆश्रो विश्व युद्ध कहिले होला  परमाणु बमका निर्माता बैज्ञानिक अल्वर्ट आइन्सटाइनलाई यो प्रश्न सोधिएछ जवाफमा उनले भनेछन् ुतेश्रो विश्वयुद्ध कहिले हुन्छ भन्ने चै थाहा छैन तर चौथो विश्वयुद्धमा चाहिँ ढुंगामुढाको हतियारमात्र प्रयोग हुनेछ ।ु आइन्सटाइनको आसय थियो तेस्रो विश्वयुद्धले मानव सभ्यता वैज्ञानिक आविष्कारहरु सबै तहसनहस पार्नेछ चौथो विश्वयुद्धचाहिँ ढुंगामुढाको भरमा लड्नु पर्ने अवस्था आउने गलत ठहरिएजस्तो आइन्सटाइनको यो भविष्यवाणी किन भने तस्रो होस या चौथो विश्वयुद्ध मानिसका दसआलाले लडिने तीऔलाले हतियारचाहिँ के चलाउँछ होला रु उही हो नि माउस किबोर्ड अर्थात् अवको युद्ध होस् या विश्वयुद्ध कम्प्युटरको पर्दामा हुनेछ भविष्यको कुरै नगरौ अहिलेकै कुरा गरौ अहिले पनि युद्ध चलिरहेकोछ कम्प्युटरकेा पर्दामा यस्तो युद्धलाई हाम्ले साइवर वार नाम दिएका छौ विकिलिक्स वेबसाइटले गोप्य अमेरिकी दस्तावेज सार्वजनिक गरिदिएपछि उत्पन्न विवादको सेरोफेरोमा साइवर वार सुरु भइसकेको यो लडाइ बढ्दै गएर तेस्रो विश्वयुद्ध होला   यो वाहानामा नभए अरु कुनै वाहानामा होला अहिले नभए भविष्यमा कुनै दिन होला तर तेस्रो विश्वयुद्ध अवश्य हुनेछ त्यस्तो युद्धलाई प्रथम साइबर वार भनिएला विज्ञान प्रविधिले क्या चमत्कार गर्यो है  युद्धको परिभाषा नै फेरिदियो युद्धको आयाम तौरतरिका नै फेर्यो अनि युद्धको पात्र वाहाना कला नै फेर्यो पहिले देशदेशका वीच युद्ध हुन्थ्यो अबको युद्ध एक पक्ष कुनै देश हुनुपर्छ भन्ने रहेन लौ अब अनुमान गरौ तेस्रो विश्वयुद्ध कहिले होला  पहिलो दोस्रो विश्वयुद्धमा नेपाल सहभागी थिएन तर लाखौ नेपालीले लडाई लडेका थिए हजारौँ नेपाली मरेका थिए दुईवटा विश्वयुद्धमा बहादुरी देखाएर नेपालीले दामको कुरा त्यस्तै हो नामचाहि मनग्ये कमाएका थिए त्यही बहादुरीको हिङको टालो देखाएर अहिले पनि हामी आफूलाई बहादुर भन्छौ तर तेस्रो विश्वयुद्धमा भने हाम्ले भाग लिन पाउने छाँट छैन तेस्रो विश्वयुद्ध अर्थात् प्रथम साइबर वारमा हाम्लाई भाडाको सेनाको रुपमा पनि कसैले लिन्छजस्तो छैन अबको युद्धमा बलबहादुरको काम छैन बुद्धिबहादुरको काम   प्रविधिमा जो अगाडी अबको दुनियाँमा उही बहादुर ठहरिन्छ अबको युद्धमा बलबहादुरको काम छैन बुद्धिबहादुरको काम त्यसैले हामी नेपालीले पनि बुद्धिबहादुर बन्ने अभियान थाल्ने कि 

No comments:

Post a Comment