Friday, May 1, 2015

राहत वितरणमा सरकारी यस्तो सास्ति किन ?

राहत वितरण गर्दै डा. रिता गुरुङ
विभिन्न जिल्लाबाट आएका राहातका सामाग्रि धमाधम गोदाममा राख्ने काम भईरहेको थियो । गाउँमा पिडितहरु राहातको प्रतिक्षामा छन् तर सिडियो कार्यालयको गोदाममा राहात राख्ने ठाउँ खाली छैन । यी राहात सिधै पिडित समक्ष पु¥याउन पाएको भए कत्ति राम्रो हुन्थ्यो । 
सुमन जी म नविन राई तिलगंगाबाट ‘बुधबार र विहिबार राहत वितरणको कार्यक्रम छ । सिन्धुपाल्चोक र

धादिङमा जानु पर्छ है ।’ एक महिना अघि मोटर साईकल दूर्घटनामा परेर दाहिने हात राम्ररी चलाउनु हुदैन । व्याण्डेज बाँधेर बसेको छु । राति सुत्दा पनि ब्याण्डेज नखोल्नु होला डाक्टरले यहि सल्लाहा दिएका थिए । तर यो विपत्तीको बेला मेरो त्यो दुखेको हात भन्दा पनि भूकम्पबाट घाईत भएका अनि घरवार विहिन भएर तीन चार दिन देखि केहि खानै नपाई आकाश मुनि बसिरहेका दाजुभाई दिदी बहिनीलाई सहयोग गर्ने कार्यमा म कसरी जान सक्दिन भन्थे । मैले तुरुन्तै जवाफ दिए हुन्छ सर म जान्छु । हुन त शनिवारको भूकम्प पछि  म आफै पनि कपनको बालउद्धार विद्यालय छेवैको चौरमा पालको बास बसिरहेको छु । खानेपानीको समस्या छ । दुई दिनसम्म दालमोट चिउरा र चाउचाउले पेट भरियो । तर अरु भूकम्प पिडितहरुका समस्याका अगाडी मेरा यी समस्या गौण थिए । त्यसैले म विहानै पाँचै बजे तिलगंगा तिर लागे । क्यामरा अनि त्यसको ब्याग बोकि साध्य छैन । विहानै देखि सिमसिम पानी पर्न थाल्यो । सवारी साधन छैन । चावहिलसम्म हिड्दै आए । खालि ट्याक्सि पाइन्छन कि भनेर कुरे सम्भावना थिएन । एउटा हातमा त्यत्ति गरुंगो व्याग बोक्न गाह्रो भइरहेको थियो । चावहिल चोकैमा एउटा ट्याक्सि खाली रैछ । तिलगगंसम्म जान अनुरोध गरे लागेको पैसा दिन्छु भने तर ती ट्याक्सि चालक जान मानेन् । नजानुको कारण पनि खुलाएनन् । म सकिनसकि व्याग बोक्दै तिलगंगा पुगे । 

धादिङको कुम्पुर जाने भइयो तर धादिङवेसि पुगेर सिडियोको स्विकृति लिनु पर्ने भो मोहन सरले भन्नु भो । दुईवटा गाडीमा २ सय बोरा खाद्यन्न लोड गरियो र विहान ७ः ३० बजे धादिङ तिर लागियो । राजमार्गमा काठमाण्डौ बाहिर जाने यात्रुहरुका लागि निशुल्क व्यवस्था गरिएका बस र काठमाण्डौ प्रवेशका लगि आएका भारतिय नम्बर प्लेटका गाडीहरु लर्काे थियो । यात्रुलाई विभिन्न गन्तब्यमा छाडेर काठमाण्डौ छिर्दै गरेका गाडीहरुमा पिउने पानीका बोटलले भरिएका थिए । यो देख्दा माईति गएकी छोरीले घरमा कोसेलि लिएर आएको जस्तै लाग्दैथ्यो । 
विहान करिव ११ बजे धादिङवेसि पुगियो । बजारका कतिपय पुराना घरहरु भत्किएका छन् । विजुली बत्तिको लाईन काटिएको रहेछ त्यसैले चोक चोकमा जेनेरेटर बालेर मोवाइल चार्ज गर्नेहरुको भिड थियो । यी दृष्य हेर्दै जिल्ला प्रशासन कार्यालय पुगियो । विभिन्न जिल्लाबाट आएका राहातका सामाग्रि धमाधम गोदाममा राख्ने काम भईरहेको थियो । गाउँमा पिडितहरु राहातको प्रतिक्षामा छन् तर सिडियो कार्यालयको गोदाममा राहात राख्ने ठाउँ खाली छैन । यी राहात सिधै पिडित समक्ष पु¥याउन पाएको भए कत्ति राम्रो हुन्थ्यो । त्याहा उपस्थित स्थानीय नेता तथा राहात लिएर गएका मानिसहरु यस्तै भन्दै थिए । हामीले लिएर गएको राहत चै सिडियो कार्यालयमा दर्ता गराएर जसो तसो सिधै पिडितहरु समक्ष पु¥याउने चाँजो मिल्यो । झण्डै २ घण्टाको धादिङबेसि बसाई पछि हामी गजुरी फर्कियौं । सदरमुकाम पुगरे गजुरी फर्किन हामी र राहत सामाग्रि बोकेका तीनवटा गाडीले ४०/४० किलोमिटरको यात्रा गर्नु प¥यो । समयको त कुरै नगरौ । 
राहात लिदै कुम्पुरका भुकम्प पिडित
गजुरी पारीको कुम्पुरको माथिल्लो क्षेत्रका भूकम्प पिडितलाई ती सामाग्रि वितरण गर्ने सर्वदलिय निर्णय गराएर झण्डै एक सय जनालाई तिलगंगा आँखा अस्पतालका डा. रिता गुरुङ सहितको टोलिले नै राहात वितरण ग¥र्यौ । र खाद्यन्नले भरिएका बाँकि झण्डै डेढ सय बोरा स्थानीय प्रतिनिधिलाई पिडित समक्ष पु¥याउने सम्यन्त्र बनाएर बेलुका काठमाण्डौ फर्कियौं । 
राहात लिएर फर्किदै पिडित 
आफैले जम्मा गरेको राहत वितरण गर्न जान चाहानेले सरकारको उचित सम्यन्त्र नबन्दा कति सास्ति पाइयो । त्यसको बर्णन गरि साध्य छैन । यो सास्तिा हामीले मात्रै होइन । अहिले मूलुकका विभिन्न स्थानमा राहत वितरणका लागि गएका सबैले खेपिरहेका छन् । त्यसैले राहात वितरणका लागि उचित संम्यन्त्र बनाउन सके कमसेकम पिडितले चाँडै राहात पाउने थिए कि ? 

No comments:

Post a Comment