Wednesday, April 29, 2015

त्यो काहालीलाग्दो दिन !

भुकम्प पछिको अवस्थाका बारेमा सर्वसाधरणसँग कुरा गर्दै 
स्पताल परिसर विरामीहरुले खचाखच भरिएको थियो । एम्बुलेन्स, ट्याक्सि, ट्याम्पो देखि ट्रकमा समेत हालेर घाइतेहरु ल्याइदै थिए । उपचारका लागि ल्याउँदा ल्याउँदै मृत्यु भएकाहरुको 
शव छेवैको सटरमा राखिदै थियो । क्यामरामा ती दृष्य कैद गर्दै गर्दा म थरथर कामी रहेको थिए । कस्तो विपत्ति, कस्तो पिडा अनि कत्ति धेरै मानविय क्षति आखिर प्रकृति आज किन यत्ति धेरै कठोर भइन । 
 निवार नेपालमा सार्वजनिक विदाको दिन तर न्यूज २४ टेलिभिजनमा हरेक शनिवार अभियान कार्यक्रम प्रशारण हुन्छ । त्यसैको तयारीका लागि प्रायः शनिवार अफिसमै हुन्छु । विगत २ वर्ष देखिको दैनिकी नै यस्तै छ मेरो । २०७२ साल बैशाख १२ गते शनिवार पनि कार्यक्रम निर्माणकै शिलसिलामा कार्यालयमै व्यस्त थिए । कार्यक्रम निर्माणको अन्तिम चरणमा थियो । सहकर्मी रामराजा पाठक पनि कार्यालयमै थिए । म कार्यक्रम सम्पादन कक्षमा थिए । अचानक ठूलो कम्पन आयो, भुकम्प आएको अनुमान लगाउन गाह्रो भएन । म बाहिर दौडिए, सहकर्मी पाठक पनि लगत्तै बाहिर दौडिए । कार्यालय रहेको घरमा प्रसस्त कम्पाउण्ड थियो । हामी दुई भाई र घरमा बस्ने अर्काे एक जना भाई चौरमा थियौ । तर हामी सिधा उभिन सकिरहेका थिएनौ । https://www.youtube.com/watch?v=jCwZTonjyG8&feature=youtu.be
आफू त बाँचियो तर परिवारका अन्य सदस्यको स्थिती थाहा हुन सकिरहेको थिएन । मोवाईलले काम गरिरहेको थिएन । टेलिभिजनमा कार्यक्रम पठाउने भन्दा पनि राजधानीका विभिन्न स्थलमा भुकम्पको अवस्था कसरी बुझने भन्ने चिन्ता भइरहेको थियो । केहि दिन अघि मोटरसाइकल दूर्घटनामा परेर दाहिने हात राम्ररी चलाउन नमिल्ने भएको छ । हातमा ब्याण्डेज छ । तर सूचना संकलन गर्ने आफनो पेशाका अगाडी मेरो हातको चोट केहि जस्तो लागेन । हातमा मुभि क्यामरा बोके र नजिकै रहेको शिक्षण अस्पताल तिर दौडिए । 
अस्पताल परिसर विरामीहरुले खचाखच भरिएको थियो । एम्बुलेन्स, ट्याक्सि, ट्याम्पो देखि ट्रकमा समेत हालेर घाइतेहरु ल्याइदै थिए । उपचारका लागि ल्याउँदा ल्याउँदै मृत्यु भएकाहरुको शव छेवैको सटरमा राखिदै थियो । क्यामरामा ती दृष्य कैद गर्दै गर्दा म थरथर कामी रहेको थिए । कस्तो विपत्ति, कस्तो पिडा अनि कत्ति धेरै मानविय क्षति आखिर प्रकृति आज किन यत्ति धेरै कठोर भइन । म मन मनै यो प्रश्नको जवाफ खोजिरहेको थिए । कोलाहालपूर्ण अस्पतालको अवस्था म शब्दले वर्णन गर्न सक्दिन । पत्रकारिताको यो १२ वर्षमा पहिलो पटक यस्तो अनुभव गर्दै थिए । करिव २ घण्टा अस्पतालमा बसेपछि म क्यामरा बोकेरै घर तिर लागे । बाटोमा निन्याउरा अनुहार, भत्किएका पर्खाल र चर्किएका घरका भित्ता, जो असामान्य थिए तर जता ततै त्यस्तै दृष्य देख्दा सामान्य लागिरहेका थिए । करिव १ घण्टाको पैदल यात्र पछि म कपन स्थित साततले पुगे जाहाँ झण्डै डेढ सय ब्यक्तिहरु हताहाति भएको समचार सुनेको थिए । त्याहाँ पनि अवस्था सामान्य थिएन । केहि समय त्यहाँको अवस्था छायकन गरेपछि भूकम्प आएको ५ घण्टा पछि मात्रै म परिवार भएको ठाउँमा पुगे । घर नजिकैको खुल्ला ठाउँमा सबै जना सकुसल बसिरहेका रहेछन् ।
दिनभरीको थकान अनि भूकम्पको त्यो काहाली लाग्दो पिडाले थलथलिएको म राती चौरमै बस्ने व्यवस्था मिलाउन सुरक्षित स्थान र पालको खोजीमा लागे ।    
  

No comments:

Post a Comment