Wednesday, June 30, 2010

मेची-महाकाली विद्युतीय रेलमार्गको तयारी गर्ने सरकारको निर्णय

भोजराज भाट, काठमाडौँ, असार १६- सरकारले मेची महाकाली विद्युतीय रेलमार्गका लागि तयारी सुरु गर्ने निर्णय गरेको छ। सिंहदबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले रेलमार्गको प्वाइन्ट पहिचान गर्ने निर्णय गरेको छ। बैठकले अत्तरिया, भालुवाङ, बुटवल, माडी, पथलैया, ढल्केबार, कोशी ब्यारेज, इटहरी र काकडभिट्टामा प्वाइन्ट पहिचान गर्ने निर्णय गरेको छ।

त्यसैगरी बैठकले चार महिनाका लागि वन फँडानी र कटानी रोक्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यकामा जीवित देवीका रुपमा पुजिने कुमारी, गणेश र भैरको २५ प्रतिशत तलब वृद्धि गर्ने र पढाइ खर्च व्यहोर्ने निर्णय गरेको छ।
त्यस्तै, जिल्ला सडकका लागि स्वीस सरकारबाट ८४ करोड अनुदान प्राप्त गर्न स्वीकृति सरकारले दिएको छ।

1 comment: