Sunday, January 30, 2011

सुइना कणर्ालीका

नेपाली भाषाको उद्गमस्थल कणर्ाली क्षेत्र धेरै दृष्टिले धनी छ। प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधताले सम्पन्न भएर पनि राज्यको प्राथमिकतामा यो क्षेत्र कहिल्यै परेन। शासक वर्गले कणर्ालीलाई मागी खाने भाँडो बनाए। तर, यहाँको विकास र प्रगतिमा ध्यान दिएनन्। सधैँ शोषित भइरहे कणर्ालीबासी। यही पीडा र कणर्ालीको भोक, रोग र शोक राजधानीवासीलाई सुनाउन २३ जना नाट्यकर्मीहरू काठमाडौँ आइपुगेका छन्।

सुइना कणर्ालीका -सपना कणर्ालीका) नाम दिइएको नाटकमा सुमन मल्लको लेखन र सुनील पोखरेलको निर्देशन छ। जसले सिंगो कणर्ालीवासीको तीतो पीडा र यथार्थ बोल्छ। अनेकौँ सम्भावना बोकेको कणर्ालीलाई शासकहरूले बेवास्ता गरेपछि तीव्र आक्रोश मात्र होइन, तीखो व्यंग्यसमेत प्रहार गरेका छन्, कलाकर्मीले। जडीबुटी, जलस्रोतले सम्पन्न मानिएको यस क्षेत्रमा स्कुल, कलेज, विश्वविद्यालय र अस्पताल खोल्ने सपना बुनेका छन् तमाम कणर्ालीबासीहरूले। नाटक हेर्दा विकट कणर्ालीको पीडाले जति नमीठो अनुभूति गराउँछ, पात्रहरूको संवाद, कुशल अभिनय शैली र स्थानीय शैलीको बोलाइले अझ मौलिकता थप्छ। यसले ठाउँठाउँमा थुप्रै दर्शकलाई हसाउँछ र मन छुन्छ। राजनीतिकर्मीहरूले यो नाटक हेरे र साँच्चिकै व्यवहारमा उतारे भने कणर्ालीको रूपान्तरणमा हुन सक्नेमा दुईमत छैन। सानातिना स्वार्थ र झगडामा अल्भिरहेका राजनीतिक नेताहरूले एकपटक हेर्नैपर्ने नाटक हो, सुइना कणर्ालीका।

No comments:

Post a Comment