Wednesday, March 31, 2010

जाजरकोट फेरी नदोहोरियोस- एक करोड नेपालीले आज पनि फेरी खुल्ला ठाउँमा हगे

एक करोड नेपालीले आज पनि फेरी खुल्ला ठाउँमा हगे काठमाण्डौका ब्यस्त चोक र गल्लिमा केहिदिन अघि देखि यो नारा लेखिएका होडिङ बोर्ड देखिन थालेका छन् । खुल्ला ठाउँमा दिसा लगायतका फोहोर गर्दा विभिन्न रोगबाट बर्षेनी धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन् । केहि समय अघि जाजरकोटमा यस्तै दुखद घटना भयो जसको बारेमा हामी बेखवर छैनौ । त्यसैले सरसफाइको बारेमा जनचेतना फैलाउन राखिएका यी होडिङ बोर्डका बारेमा अहिले विभिन्न खाले टिका टिप्पणि पनि भैरहेका छन् । जसमध्ये केहि टिप्पणी यस्ता थिए -काठमाण्डौमा यस्ता बोर्ड राख्नुको सट्टा शौचालय नभएका ठाउँमा त्यहि पैसाले शौचालय बनाउन सकिन्थ्यो । बोर्डमा प्रगोग गरिएको हगे भन्ने शब्दले नकरात्मक सन्देश दिन्छ । यसमा सभ्य भाषा प्रयोग गर्न सकिन्थ्यो ।
यी दुवै कमेन्टमा मेरो समर्थन छ तर आखामा कालो पट्टि लगाएर कानमा तेल हालेर कुसर्ि र सत्ताको लागि लुछाचुडि गरिरहेका मूलुकका नेता भनाउँदाहरु यहि सभ्य भनाउदो काठमाण्डौ खाल्टोमा विराजमान छन । जो विहान सबैरै लाखौ खर्चेर बनाइएका एटेच ट्वाइलेटमा शौच गर्न बानि परेका छन् । त्यस्ता नेताहरुलाई सरसफाईको उचित ब्यवस्था नभएर जनता मरिरहेको खबर दिन मलाई लाग्छ यो भन्दा राम्रो अभियान अरु हुनै सक्दैन । तर काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने नेपाली उखान यो अभियानमा पनि लागु त हुने होइन भन्ने चै डर छ ।

No comments:

Post a Comment