सन १८७५ मा टेलिफोनको आविष्कार भैसकेपछि चर्चित पत्रिका टेलिग्राफमा पहिलोपल्ट यस सम्बन्धि सम्पादकीय प्रकाशित भएको थियो जसमा सर एड्विन आर्नोल्डले लेखेका थिए... "टेलिफोनको आविष्कारले टाढाटाढाका मानिससमक्ष पनि सन्देश पुर्याउन सकिने भएकोले अबका दिनमा मानवजीवन अझै सजिलो बन्दै जानेछ । अहिले यसो भन्दा अपत्यारिलो लाग्न सक्छ तर अब त्यो दिन छिट्टै आउने जब संसारका प्रत्येक ठूला शहरमा एक लाईन टेलिफोन हुनेछ ।"
Friday, January 3, 2014
Friday, October 4, 2013
हल्लै हल्लाको देश
- भूपि शेरचन
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको, र खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
Monday, September 2, 2013
भर्चुअल दुनियाँका सेलिब्रेटीहरू
Thursday, August 15, 2013
स्वतन्त्रताका लागि नरक रोज्न तयार छौँ कमरेड !
पानी हो भन्दैमापोखरी र नदी एकै हुँदैन
एकै हुँदैन उसको कञ्चनपनार प्राण दिने अक्सिजन
कैदी जीवनको अभ्यासमा रमाउने पानीहरुले
पोखरीमा आफूलाई अभ्यस्त गरे भन्दैमा
म नदी हुन पाउन्न र कमरेड ?
विचारको पोखरी भिर्ने तिम्रो झोलालाई गाली गरिनँ मैले
आँखै बिझाउने गरी अँकित विदेशी नामहरुलाई सरापिनँ
साहित्यका नाममा कोचाइएका पार्टीका सुखा नाराप्रति गुनासो रहेन
अपशब्द र अनावश्यक विशेषणले बद्नाम गरिनँ तिमी र तिम्राहरुलाई
तिमी आफैँ फुट्यौ कतिपल्ट, आपसमा टुक्रियौ
ती टुक्रामा कहिल्यै नूनचूक छरिनँ र तिमीलाई टुक्रे उस्ताद पनि भनिनँ
आफैँ नयाँ कार्लमाक्र्सझैँ सत्तोसरापको कारखाना खोल्यौ
आँखै बिझाउने गरी अँकित विदेशी नामहरुलाई सरापिनँ
साहित्यका नाममा कोचाइएका पार्टीका सुखा नाराप्रति गुनासो रहेन
अपशब्द र अनावश्यक विशेषणले बद्नाम गरिनँ तिमी र तिम्राहरुलाई
तिमी आफैँ फुट्यौ कतिपल्ट, आपसमा टुक्रियौ
ती टुक्रामा कहिल्यै नूनचूक छरिनँ र तिमीलाई टुक्रे उस्ताद पनि भनिनँ
आफैँ नयाँ कार्लमाक्र्सझैँ सत्तोसरापको कारखाना खोल्यौ
Tuesday, June 11, 2013
अनुभव एसएलसिको
मलाई लाग्छ एसएलसि पास गरे पछि धेरैलाई एउटा जिम्मेवारी र दायित्व बोध हुन थाल्छ । सायद उमेर र पढाइको स्तर बढ्दै जाँदा त्यो अनुभूति स्वभाविकै हो । भविष्यको योजना बनाउने देखि आफनो लक्ष्यको निर्धारण गर्ने लगायतका थुप्रै कुराहरु जोडिन्छन् । तर एसएलसि परिक्षा पार गर्नु मात्रै पढाईको पूर्णता होइन । यसले एक कदम अगाडी धकेल्ने मात्रै हो, जसरी आठ र नवौं कक्षा पार गरिन्छ एसएलसि पनि त्यहि परिक्षाकै निरन्तरता हो । नवौ कक्षा पास नभइ एसएलसि दिने हैसियत हुँदैन भने नौ कक्षा चै आइरन गेट हो कि होइन ? त्यसैले मेरा लागि विद्यालयमा हुने हरेक बार्षिक परिक्षा आइरन गेट हुन् । तर पनि किन यसलाई आइरन गेट भनियो मैले बुझ्न सकेको छैन ।
यहि एसएलसि परिक्षाको नतिजाले हरेक मान्छेको जीवनमा निकै महत्व राखेको पाइन्छ । परिक्षामा चिट चोराउन अग्रसर हुने शिक्षक र अभिभावक देखि परिक्षाको नतिजाबाट असन्तोष भएर विभिन्न हरकत गर्न उद्य्त विद्यार्थी सबैको लागि चासोको विषय बनेको एसएलसिको नतिजाको बारेमा केहि साथीहरुले ट्वीटरमा शेयर गर्नुभएको एसएलसि अनुभव :
म त फष्ट डिभिजनमा पास भएछु !
![]() |
| सिम्बोल नं ०२९९५४७ "ए " अर्थात म |
सेकेण्ड डिभिजनमा नम्बर नअटेर थर्ड डिभिजन तिर हालिदिएकी मैले थर्ड डिभिजनको लिष्ट हेरें । त्याहाँ पनि मेरो सिम्बोल नंम्बर थिएन ।
भोली तेरो एसएलसिको रिजल्ट आउँदै छ रे ! माइजुले भन्नु भा'को, जनक शिक्षामा काम गर्ने विनिता माइजुको हवाला दिदै मंमिले भन्नु भो । अघिल्लो दिन दिउँसो यो कुरा सुनेदेखि परिक्षाको रिजल्ट नहेरुनजेल मलाई कम्ति छटपटी चलेन । म औसत विद्यार्थी, पढाइ र मेरो कहिल्यै ठ्याक नमिल्ने । त्यसैले नतिजा जहिले पनि मैले सोचेभन्दा फरक आउथ्यो । तर विद्यालयका अन्य परिक्षामा भन्दा एसएलसिको परिक्षामा मैले जीन्दगीमा नगरेको मेहनत गरेको थिए । मैले पढेको देखेर हजुर आमा पनि छक्क पर्नु हुन्थ्यो । हुन पनि परिक्षा अवधिभर दिनमा मुस्किलले एक घण्टाको फुर्सद र रातमा त्यस्तै ३ देखि ४ घण्टासम्मको सुताई हुन्थ्यो । नत्र ओछ्यानको विचमा पंलेटी कसेर म बस्थे अनि छरपष्ट कितावले मलाई घेर्थे । यति मेहनत गरेर पढेको नतिजा भोलि हुँदैछ भन्ने सुने पछि मलाई छटपटि नचल्ने त कुरै थिएन । कतिखेर विहान होला र नतिज हेर्न पाइएला ? म विहानको प्रतिक्षामा अत्यन्तै व्यग्र थिए ।
Sunday, June 9, 2013
Sunday, June 2, 2013
बाह्र वर्षमा नि खोला फर्किएन
विहान करिव ६ बजेको हुँदो हो, हामी (मात्रिका दाई, राजेश दा, बैनि र म ) निन्द्रामा थियौ । मंमि पसल जानु भएको रहेछ । कराउँदै आउनु भयो । लौ राजा रानीलाई मारि सके रे तिमिहरु चै सुति राख । मंमिको यो कुरा सकिन नपाउँदै हामीहरु जाराक जुरुक उठ्यौ । रेडियोमा समाचार आउने वेला भएको थियो । रेडियो खोलियो । टु...... गरेको धुन मात्रै बजिराछ । टेलिभिजनमा नि दृष्य हैन सप्तरंगि धर्का र एक तमासको सितार वादनको धुन छ ।
घटनाबारे थाहापाउन दाइहरु बानेश्वर जाने भए । मिनभवन क्याम्पस नजिकै हाम्रो कोठा थियो । हतार हतार मुख धोएर चिया समेत नखाई दाजुहरुसँगै म नयाँ बानेश्वर चोक तिर हान्निए । चोकमा सवारी साधन कमै मात्र देखिन्थे । सयौ मानिसहरु चोकमा जम्मा भएका थिए । सुरक्षा कर्मीको तैनाथी पनि उल्लेख्य थियो । वास्तविक घटनाका बारेमा सुरक्षा कर्मि पनि बेखवर थिए । मानिसहरु मmुण्ड झुण्ड बनाएर अनुमान लगाउँदै थिए । माओवादी जनयुद्धको चरमोत्कर्ष वेला थियो त्यो । त्यसैले धेरैले माओवादीले दरवार कब्जा गरेर यो वितण्डा मच्चाएको तर्क अगाडी सारे ।
Tuesday, May 28, 2013
Happy Anniversary Dad & Mom ...
"यो वैबाहिक सम्वन्ध सायद स्वर्गमै तय भएको थियो । त्यसैले सम्भव भयो । नत्र एक अर्काको फोटोसम्म पनि नहेरी र एक अर्कासँग एक शब्द पनि कुरा नगरी गाउँका सम्पन्न र पढेलेखेका परिवारका युवा युवतीको विबाह कसरी सम्भव हुन्थ्यो र ?"
![]() |
| ड्याडी मंमि राजेश दा म बैनी सुस्मिता अनि भाइ प्रेरित |
"Marriage is made in heaven"अंग्रेजीको यो भनाईमा विश्वास गर्ने हो भने हरेक मानिसको विवाह पूर्व निर्धारित व्यक्तिसँग हुन्छ । जहाँ र जोसँग लगनगाँठो लेखिएको छ त्यसैसँग उसको (केटा/केटीको) विवाह निश्चित छ । सबैको सवालमा त होइन तर धेरैको विबाह हेर्दा चै सायद यो अंग्रेजी भनाई पनि सहि हो कि भन्ने भान हुन्छ मलाई । आज भन्दा करिव ४० वर्ष अगाडी अर्थात वि.सं. २०३० साल जेठ १४ भगवानको त्यहि पूर्व निर्धारित कार्यक्रम अनुसार नै एक युवक र युवती बैबाहिक सम्बन्धमा गाँसिन्छन् । मैले यो विबाहालाई पूर्व निर्धारित यस अर्थले भने कि जसको विवाह हुँदै थियो ती दुवैले एक अर्कासँग कुरा गर्न त परै जाओस अनुहार पनि विबाहाको मण्डपमा पुगेपछि मात्रै देखेका थिए ।
Saturday, May 11, 2013
Subscribe to:
Posts (Atom)





