Tuesday, July 31, 2012

यातयात व्यवस्था कार्यालयको सास्ति

मिती २०६९ साउन १५ गते सोमवार

स्थानः यातयात व्यवस्था कार्यालय
समयः मध्यान्ह १२: ३० बजे 


सावरीकर तिर्ने र लाइसेन्सको नविकरण गर्ने वेला भइसकेको थियो । फुस्रद नमिलेर तिर्न जान भ्याएकै होइन । यी दुवै कामका लागि माथि उल्लेखित मितीमा साइत जुर्यो । साथी आर। आर। को पनि लाइसेन्स नविकरण गर्ने बेला भइसकेको रहेछ । दुबैजनाले सल्लाह गरेर यातयात व्यवस्था विभाग हिडियो । यातयात व्यवस्था विभागमा हुने अनियमितता र ढिलासुस्तिका बारेमा केहि जानकार हुँदा हुँदै पनि हामी त्याहाँ मध्यान्ह  १२: ३० बजे मात्रै त्याहाँ पुग्यौ । पार्किङमा मोटरसाइकल रोक्नासाथ दलालले हामीलाई घेरे । ल दाई के काम गर्ने हो मिलाएर गरिदिन्छौं प्रायः सबैदलालहरु यस्तै अफर दिइरहेका थिए । हामी उनीहरुका कुरा सुनेको नसुनै गरि यातयात बेबस्था कार्यालय भित्र छिर्यौ । साँढे एक बजेसम्म मात्रै लाइसेन्सको नविकरण हुने रहेछ । हामीले दलाल नलगाई काम गर्ने निधो गर् यौ । आर. आर. जीलाई फारम बुझाउने लाईनमा राखेर म फारम लिन गए । यसपछि शुरु भयो सास्ति । 
एउटा लाईसेन्स नविकरण फारमको दुई रुपैयाँ पर्दोरहेछ । मैले दुईवटा नविकरण फारम मागे अनि पाँच रुपैयाँ दिए । फारम दिने कर्मचारिले खुल्ला छैन भन्दै एक रुपैयाँ फिर्ता गरेनन् । खुल्ला पैसा नलिइ सरकारी कार्यालय आएर मैले गल्ति गरे त म सोच्दै थिए । अर्का एक व्यक्तिले एउटा फारम मागे र उनले पनि पाँच रुपैयाँ दिए । ती कर्मचारीले उनलाई पनि मलाई दिएकै जवाफ दिए । याहाँको त यो रेडिमेड जवाफ पो रहेछ । अब खुल्ला पैसा खोज्न कता जाने फारम बुझाउने समय ढल्किदै थियो । मैले त्यो एक रुपैया छाडिदिए । नजिकै रहेको अर्काे टहरोमा गएर हुलाक टिकट किने । फारममा मेडिकल जाँच गराउनु पर्ने फारम पनि रहेछ । गेटमा रहेको स्वास्थ्य परिक्षण लेखिएको ठाउँमा गएर फारम दिए । फारम भरेर आउनुस भन्ने जवाफ पाए । करिव एक बजिसकेको छ । दौडदै आर आर जी भएका ठाउँमा पुगे । उनी त फारम बुझाउने ठाउँमै पुगीसकेका रहेछन । लाईन छाडेर फारम भर्न थाल्यौ । छेवैमा २ वटी केटी बसिरहेका थिए । तपाईहरुले भ्याउनुहुन्न । साँढे एक बजे काउन्टर बन्द हुन्छ भन्दै हामीलाई विचलित गराउन खोज्दै थिए । उनीहरु दलाल प्रतिनिधि रहेछन् पछि थाहा भयो ।

Wednesday, July 25, 2012

देशलाई फेरी जंगबहादुर चाहियो [Nepal]

नेपाली कांग्रेसका नेता  तथा पूर्व प्रधानमन्त्री  
शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित महल 

प्रधानमन्त्रीको सपथ लिइसकेपछि मिडियामा बोल्दै गर्दा डा। बाबुराम भट्टराईले भ्रष्टचारमा शुन्य सहनसिलता र मितब्ययी मन्त्रि परिषद बनाउने अभिब्यक्ति दिए । विगतका सरकार प्रमुखहरुका रबैयाबाट दिक्क भएका नेपाली जनताले डा। भट्टराईबाट निकै अपेक्षा गरेका कारण उनको यो अभिब्यक्तिको सर्बत्र स्वागत भयो । लगत्तै उनले विगतका सरकार प्रमुखहरुका विलासी गाडी चढ्ने परम्परा तोड्दै मेड इन नेपाल मुस्ताङ म्याक्स चढे । यसले उनको तारिफ झनै बढ्यो । यो उनी प्रधानमन्त्री भएपछिका प्रारम्भिक परिघटना थिए । 
"गरिब राज्यको अर्थतन्त्रले धान्न नसक्ने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका पूर्वपदाधिकारीलाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आवास र सचिवालय सुविधा प्रदान गर्नु मुलुकको हितमा छैन त्यसलाई खारेज गर्न माग गर्दै आन्दोलन  गरौ"

Monday, July 23, 2012

हाइवे हंगामा

म जुन रफ्तारमा हिन्दि चलचित्र हेर्छु त्यो रफ्तारमा नेपाली चलचित्र हेर्दिन । त्यसैले मैले भन्नै पर्छ कि म नेपाली चलचित्रको असल दर्शक होइन । हलमा गएर नेपाली फिल्म नहेरेको करिव ६ बर्ष त भयो होला । तर लुट, ब्याच नंम्बर १६ लगायतका कोहि फिल्म घरमै बसेर हेरेको छु । चलचित्र नहेरी त्यसको आलोचना गर्नु गलत हो । त्यसैले नेपाली चलचित्र यस्तो बन्यो उस्तो बन्यो भनेर म आलोचना गर्दिन । 

"म धेरै वर्ष पछि नेपाली फिल्म हलसम्म गएर हेर्दैछु । हाइवेको हल्लाखल्लाले मलाई हलसम्म त तान्यो तर हल्ला अनुसार चलचित्र रहेन छ भने केहि वर्षसम्म फेरी हलमा गएर नेपाली चलचित्र हेरिन्न यो चै टुंगो हो ।" 
यो ब्लग चलचित्र हाइवेको कारण लेख्दैछु । सम्भवत चलचित्रका बारेमा मैले लेखेको यो पहिलो ब्लग हो । हाइवेको चर्चा अहिले चलचित्र बजारमा मात्रै होइन सामाजिक संजालहरुमा पनि ब्यापक रुपमा चलेको छ । हल्ला सकरात्मक होस वा नकरात्मक यसको प्रत्यक्ष असर देखिन्छ नै । केहि साथीहरुले हाइवे हेरे पछि निकै सकरात्मक प्रतिकि्रया दिए । नयाँ धारको चलचित्र बनेछ भने । अनि केहि साथीहरु वित्थै पैसा तिरेर हेरिएछ यस्तो नि फिल्म हुन्छ भन्दै आलोचनामा उत्रिए । 

Thursday, July 12, 2012

छेपारे प्रवृत्ति उन्मुख नेपाली मिडिया [ Media Trend in Nepal]

हिजो तीनै बाबुरामको जयजयकार गरिरहेका संचार माध्याम आज फेरी तीनै बाबुरामको उछित्तो काडिरहेका छन् । र दिनहुँ उनको सरकार इतिहासकै अलोकपि्रय सरकार भन्ने आशायका समाचार समागि्र पस्किरहेका छन् । यो त छेपारे प्रवृति भएन र ?  
नेपालमा विगत एक दशकमा आम संचार र पत्रकारिता क्षेत्रले सोच्दै नसोचेको गति लिएको छ । एउटा संचारकर्मीका नाताले यसबाट म पनि खुसि छु । संख्यात्मक रुपमा मूलधारे संचार माध्यामको यो विकास राम्रो थियो । तर गुणात्मक रुपमा यो विकासले खासै अर्थ राखेन । त्यसैले होला अहिले संचार माध्यामहरुमा आम नागरिकको आस्था र विश्वास दिन प्रतिदिन खस्किदै गइरहेको छ ।
हुन पनि पछिल्लो समयमा नेपाली संचार माध्यामले यस्ता थुप्रै हत्कण्डा देखाए जुन संचार माध्यामको इथिक्सको वर्खिलाप थियो । अनि केहि घटनालाई यति धेरै बढाइ चढाँइ गरे । नेपालीमा एउटा उखान छ नि हेर्नेलाई देख्नेलाई लाज भन्ने । नेपाली मिडियामा यस्ता प्रवृत्तिहरु धेरै पटक दोहोरिय अनि तेहेरिए । यस्ता प्रवृतिको म खुलेरै आलोचना गरिरहन्छु । त्यसैले केहि साथीहरु मलाई पत्रकार भएर पत्रकारकै विरोध गरिरहन्छस भनेर गालि पनि गर्छन । प्रसंग बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भएपछि नेपाली संचार माध्यामले गरेको उनको बखानको हो । 

Tuesday, July 10, 2012

मूलधारे संचार माध्याममा सामाजिक संजालका समाचार [Social Media]

मानिसको आफनो व्यक्तिगत स्वतन्त्रता हुन्छ । तर धेरैको नजरमा पर्ने मानिसले गर्ने व्यक्तिगत कि्रयाकलाप सबैका लागि चासोका विषय बन्छ । प्रचण्ड पुत्र प्रकाशको पछिल्लो हत्कण्डा पनि यसैको उदाहरण बन्यो । घरमा श्रीमती र एक छोरा समेत रहेका उनले अर्काकी श्रीमति भगाए । उनको यो तेश्रो विवाहा थियो । जुन घटनाका बारेमा फेसबुक र टवीटर जस्ता सामाजिक संजालमा निकै बहस भयो । सामाजिक संजालमा हुने यस्ता बहसलाई पछिल्लो समयमा नेपाली मुलधारे संचार माध्यामले समेत प्राथमिकता दिने चलन शुरु भएको छ । सामाजिक संजालका प्र्रयोगकर्ताहरुका लागि यो पक्कै पनि खुसिको कुरा हो ।

Sunday, July 1, 2012

जनता यस्तो चाहान्छन नेता ज्यू [Leader]

तेह्रथुमका 'सोम खनाल' ले एमालेका नेता तथा जनजातीका नेता " बिजय सुब्बा " लाई अनलाइन खबरमा लेख्नुभएको पत्र

बिजय सुब्बा ज्यू,

नमस्कार । तपाईले मलाई नचिन्नु स्वाभाबिक छ,तर म तपाईलाई चिन्दछु किनकि तपाईलाई तेह्रथुमबाट चूनाव जिताउन भोट दिने मात्र हैन अहोरात्र खटेर भोट माग्दै गाउ गाउ डुल्ने अभागि “शासक” बाहुन हु म । मैले जुनबेला तपाईलाई कुनै जात या थर नसम्झी भोट खसाल्दै थिएं, ठिक त्यहि बेला मेरा जातका मात्र हैन मेरै नाता भित्रका डोलेश्वर गौतमको जमानत जफत हुदै थियो । तर मैले त्यसको किमार्थ चिन्ता गरिन किनकि तपाई र मेरो बर्गिय नाता जातिय नाता भन्दा कता हो कता नजिक थियो । तपाईले जित्दा मैले आफै जिते जसरी खुशी मनाएको थिए । हुन त तेह्रथुमका जनताले आज सम्म कुनै पनि गैर लिम्बु सभासदको मुख देख्न पाएका छैनन् तथापि त्यहाका बाहुनहरूलाई कुनै पछुतो थिएन र छैन पनि । मैले तपाईकाबारेमा जाने बुझेको कुरा गलत हैन भने तपाई पनि उही म्याङलुङ्गे तुम्बाहम्फे कुलको पुत्र हुनुहुन्छ जसका जिल्लाका धेरै गाउहरूमा अध्यापी कयौ धन्सारहरू छन्  ।

जहा गरीब किसानहरू मंसीरको पहिलो फसल दाखिल नगराई न्वागी सम्म खादैनन् । तपाई मैले कुरा बुझ्ने हुदा अर्थात २०४६ सालपछिको तेह्रथुमको शासक जस्तै हुनुहुन्छ, तर अहिले गाउ गाउका सोझा गरीब छेत्री बाहुन र दलित हरूमा शासक को अनुहार खोज्दै हिड्नुभाछ रे भन्ने सुन्दा छक्क परेको छु । तपाई भन्दा अघि बिष्णुकुमार तुम्बाहाम्फे र तुलसी सुब्बाहरूको शासन थियो तेह्रथुममा भने यता मेरो गाऊमा ललित बहादुर सोदेम्बा “राजा” जस्तै थिए । तपाई हामीलाई लिम्बुवान छेत्रमा अतिक्रमण गरेर बस्न
आएका परजीबी भन्ठान्नु हुदोहो, तर इतिहासले त्यस्तो बताउदैन । हाम्रा जिजुबाजेलाई पृथ्वीनारायण शाहले जबरजस्ती पाल्पा राज्यबाट घोक्र्याएर तत्कालिन किरात को अनकन्टार जंगलमा बस्न हुकुम दिए । बाध्य भएर हाम्रा पुर्खाहरु जंगलमा खेत बारी बिराएर गाउ स्थापना गरेर स्थानिय लिम्बुहरूलाई सुब्बा मानी ईज्जत दिएर बसे जुन अहिले सम्म दिएकै छन् ।